राष्ट्रिय समाचार

६२ देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाउन शुरू

बागलुङ , बागलुङ नगरपालिकाले मंगलबारदेखि सञ्चालन हुने कोभिडविरुद्धको खोप लगाउन १४ वटै वडामा केन्द्र तोकेको छ । ती केन्द्रहरूमा मंगलबार ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन शुरू गरिएको  छ ।  यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यसपटक खोप दिन लागिएको हो । खोप कार्यक्रममा भिड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको बागलुङ नगरपालिका स्वास्थ शाखाका प्रमुख  रामप्रसाद खनालले बताए । नगरपालिकाअन्तर्गत सहरी… पुरा पढौ

खनाल–नेपाल समूहको जवाफ : ओलीले गलत बाटो परित्याग गरेमात्र एकता (पूर्णपाठ)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को असन्तुष्ट समूह (खनाल-नेपाल पक्ष)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गलत बाटो परित्याग नगरेको र ६ बुँदेका नाममा अनेकता सिर्जना गर्न खोजेको भन्दै एकता प्रस्ताव, शर्त अस्वीकार गर्ने बताएको छ । सोमबार स्थायी कमिटीको बैठक बसेर ओलीको प्रस्ताव छलछामपूर्ण भएकाले अस्वीकार गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् बताइएको छ । “अध्यक्ष केपी ओलीद्वारा जारी वक्तव्यको बुँदा नं. १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यही बुँदामा,… पुरा पढौ

नेपाल समूहले भन्यो : तल्लो गह्राको पानी माथिल्लोमा उक्लन सम्भव हुन्‍न

काठमाडौँ : एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई तल्लो गह्राको पानी माथिल्लो गह्रामा जान असम्भव हुने जवाफ फर्काएको छ ।ओलीले आइतबार राति पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार  रहेको भन्दै पार्टीमा पुनर्मिलनका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । त्यो प्रस्तावबारे छलफल गर्न बसेको नेपाल–खनाल समूहका नेताहरूको बैठकले ओलीले अल्मल्याउनलाई आफूहरूको प्रस्तावविपरीत पासा फ्याकेको निकष्र्ष निकालेको हो । नेपाल समूहले २ जेठ २०७५ को एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित समितिमा फर्किए एकता सम्भव… पुरा पढौ

जन्मभुमिका लागि जापानबासी गल्कोटेले पठाए स्वास्थ्य सामाग्री

बागलुङ / जापानमा कृयाशील तीन नेपाली संस्था मिलेर धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा र जापानस्थित हार्मोनी प्रिस्कुल इन्टरनेशनलको संयुक्त सहकार्यमा सङ्कलित ती सामग्री आज अस्पताल र पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । गलकोट समाज बागलुङका अध्यक्ष राज थापाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर र ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापा मगरलाई सामग्री प्रदान गर्नुभएको थियो । सीमित… पुरा पढौ

एनआरएनए जापानमा अनियमितताको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो

जापान ÷ एनआरएनए जापानको विभिन्न चरणमा भएका अनियमितताहरुको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले जापानमा ८ सय ४३ मान भन्दा बढि रकम अनियमितता भएको प्रतिवेदन आइसीसी केन्द्रलाई बुझाएको छ ।एनआरएनए जापानमा अनियमितता भएको बहसबाट विवादमा तानिएपछि छानबिनका लागि गठित उच्च स्तरीय समितिले ६ महिना लामो छानबिन पछि एनआरएनए जापानले सो रकम बेरुजुका रुपमा देखिएको आर्थिक अनियमितता भएको निष्कर्ष सहितको प्रतिबेदन आइसिसि एसिया प्यासिफिकका संयोजक गोबिन्दप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।एनआरएनए जापानमा २०१७ देखि २०२० सम्ममा भए गरेका अर्थिक क्रियाकलापलाई सुक्ष्म… पुरा पढौ

राष्ट्रिय जनमोर्चाले सांसदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो । सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश जारी भएको हो । जुन मितिमा ह्वीप जारी गरेको र थापाले उल्लंघन गरेको भनेर कारवाही गरिएको हो त्यसबेला मतदानको कुनै प्रयोजन नरहेको ठहर समेत अदालतले… पुरा पढौ

रिसाउदै प्रधानन्यायाधीश राणाले प्रधानमन्त्रीका वकिललाई मानहानीको मुद्दा चलाउने दिए चेतावनी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जंगिएर प्रधानमन्त्री केपी शर्मा ओलीका वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् । संवैधानिक इजलासमा ओली पक्षका वकिल राजाराम घिमिरेले न्यायाधीशहरूले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि राणाले निवेदन फिर्ता लिन आग्रह गर्दै नलिए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका हुन् । प्रधानमन्त्री ओलीलाई धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेसहित यज्ञमणि न्यौपाने र दीपक मिश्रले अहिलेको इजलासमा रहेका न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी निवेदन दर्ता गरेका थिए… पुरा पढौ

एनआरएनए जापान क्युस्यु क्षेत्रको संयोजकमा अर्जुन थापा निर्विरोध चयन

फुकुओका /जापान । एनआरएनए जापान क्युस्यु क्षेत्रको संयोजकमा अर्जुन थापा निर्विरोध चयन भएका छन् ।शनिबार (जुन ५ तारिख)भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति (२०२१ -२३) निर्विरोध निर्वाचित भएको हो । संयोजक थापा यसअघि को समितिमा सचिव पदमा कृयाशिल थिए ।त्यस्तै गरि, उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सह-कोषाध्यक्षमा रिपु हरि सापकोटा चयन भएका छन् भने सदस्यहरुमा -अमृत भट्ट, प्रदीपकुमार राई, सुवास बहादुर बोहोरा, दिपक बहादुर… पुरा पढौ

एनआरएनए जापान चिबाको अधिवेशन जुन २० तारिख

नयाँ कार्यकाल (२०२१—२३ वर्ष)को नयाँ पदाधिकारी चयनका लागि क्षेत्रीय समितिले गायक रामकृष्ण बम मल्लको संयोजकत्वमा निर्वाचन समिति समेत चयन गरेको छ।आगामी जुन २० तारिक चिबाको फुनावासीमा हुने अधिवेशनका लागि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ्ग, एनआरएनए जापानका सल्लाहकार तथा पत्रकार आनन्द कोइराला सहित ३ सदस्यीय निर्वाचन समिति चयन गरिएको छ।एनआरएनए जापान चिबा क्षेत्रीय समितिका संयोजक विश्व सुवेदीका अनुसार अधिवेशनले नयाँ नेतृत्व चयनसंगै दुई वर्षे कार्यकालको समिक्षा सहित आर्थिक तथा सांगठानिक प्रतिवेदन पारित गर्ने छ।निर्वाचन कार्यतालिका सार्वजानिकयसैबीच नवगठित निर्वाचन… पुरा पढौ

पर्वत समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा श्याम न्यौपाने निर्वाचित

पर्वत समाज कतारको पाचौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरिको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यम बाट शुक्रबार सम्पन्न अधिवेशनले श्याम न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गिरिले अन्तर्राष्ट्रिय पर्वत समाज स्थापना गर्दा पर्वत समाज कतारको महत्त्वपूणर् भुमिका रहेको बताउनुभयो । दुई दशक देखि समाज सेवा सक्रिय संस्थासङ्ग आगामी दिनमा पनि सहकार्य जारी रहने बताउनुभयो । समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित अन्तर्राष्ट्रिय पर्वत… पुरा पढौ