नोबेल कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा आजदेखि लगाउन सुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको हो ।
नेपालमा ६० देखि ६४ वर्षको साढे आठ लाख जनसङ्ख्या रहेको छ । हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने गौतमले जानकारी दिनुभयो ।