एनआरएनए नागोयामा लफडा, समानान्तर समिति गठन

-


     कविकिरण न्यौपाने    
     जेठ २९ गते २०७८


नागोया-एनआरएनए जापान नै भष्ट्रचार अनि अनियमिताको दलदलमा फसेको बेला क्षेत्रीय समितिको र्निवाचनलाई लिएर लफडा उत्पन्न भएको छ।

यस अघि नै र्निवाचन गर्नका लागी एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी संयोजक रहने गरि ३ सदस्यीय निर्वाचन कमिटी समेत गठन गरिएको थियो। अन्य सदस्यहरु एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहेका छन्। क्षेत्रीय समिति नागोयामा संयोजकमा ३ जनाको उमेदवारी परेकोमा मनोजवम मल्लको उमेदवारीलाई लिएर विवाद भएको हो ।

उनी विरुद्ध निर्वाचन समितिमा उजुरी समेत परेको छ। उनी विरुद्ध संयोजकका प्रत्यासी उमेदवार गंगा घर्तीमगर र अर्जुन केसी ( रामवहादुर खत्री ) ले उजुरी गरेका हुन्। क्षेत्रीय समितिको संयोजकको उमेदवार हुन बिधान को ५.४ नम्बर बुदाँमा रासपको कुनै पनि पदमा रहेर एक कार्यकाल कार्यसम्पादन गरेको र क्षेत्रको हकमा क्षेत्रीय समितिको पदाधिकारी रही कम्तिमा एक कार्यकाल पुरा गरेको हुनुपर्दछ भनिएको र मनोजवम मल्लले उक्त नियम पालना नगरेको केसी र घर्तीमगरको तर्क छ। अझ विधानको २. २७ मा कार्यकाल भन्नाले पदमा नियुक्ती वा निर्वाचित भएर सपथ खाएको मितिले न्यूनतम ३६५ दिनको अबधीलाई भनि प्रष्ट पारेको बताउँछन् ।

आफ्ना माग सुनुवाई नभएको भन्दै केसी र घर्तिमगर सहित उमेदवारी दिएका धेरैले निर्वाचन नै बहिस्कार गर्दै कपटपूर्ण निर्वाचनमा सहभागी नहुन सबैलाई अनुरोध गरेका छन् । निर्वाचन बहिस्कार गर्ने उमेदवारहरुमा संयोजक रामबहादुर खत्री(अर्जुन),संयोजक गंगा घर्तीमगर,सह-संयोजकः इन्द्र पराजुली ,सचिव राम कु थापा ,सहसचिव शिब न्यौपाने ,सह-सचिव गोविन्द भुसाल रहेका छन्। सदस्यहरु रमेश श्रेष्ठ ,नरेश राई यसअघि नै बाहिरी सकेका थिए।

उता निर्वाचन समितिका संयोजक बिमल अधिकारीले पूर्वनिर्धारित तालिका अनुसार ११ तारिक शुक्रवार बेलुका ९ बजेदेखि अनलाईन भोटिङ्ग द्वारा निर्वाचन शुरु भएको बताए । भोटिङ्ग १२ तारिक बेलुका १० बजेसम्म हुने उनको भनाई छ। केन्द्रका डा नेत्रप्रसाद भण्डारीको समन्वयमा निर्वाचन कार्य भई रहेको अधिकारीले बताए। किन यस्तो लफडामा पर्नु भयो भन्ने प्रश्नमा निर्वाचन हुनु पूर्व विधान समितिका पदाधिकारीहरु एवं सरोकारहरु संग राय सुझाव लिई आफुहरु अघि बढेको निर्वाचन समिति सदस्यहरू डा सुदिप अधिकारी र डा विश्व कँडेलको भनाई छ।

नागोयाको क्षेत्रीय अधिवेशनमा निर्वाचन समितिले सहि निर्णय नगरेको प्रवासी नेपाली मञ्चका सचिव डा सरोज कँडेलको भनाई छ। ओकिनावाको क्षेत्रीय समितिमा र नागोया क्षेत्रीय समितिमा एउटै मुद्दा थियो । ओकिनावामा विधान संभत निर्णय भयो भने नागोयामा विधान विपरित । एउटै संस्थामा पनि कसरी अलग -अलग निर्णय हुन सक्छ, उनको तर्क छ।

एनआरएनए एसिया प्यासिफिकका संयोजक रोविन्द्र श्रेष्ठ गोविन्दले तत्कालका लागि निर्वाचन रोक्न गरेको आदेश एनआरएनए जापानले अस्विकार गरेको छ । समितिको बहुमत निर्णयले निर्वाचन नरोक्ने निर्णय गरिएको एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीले बताए।

निर्वाचन समितिले नै गल्ती गर्यो-श्रेष्ठ

बिधान सम्मत निर्वाचन गराउने गरि तत्काल निर्वाचन स्थगन गर्नको लागि आफुले दिएको निर्देशन भोटिंगमा गराएर अर्को गल्ती गरेको एनआरएनए एशिया प्यासिफिक संयोजक रोबिन्द श्रेष्ठ गोबिन्द बताउनुहुन्छ । मैले तत्काल स्थगन गरी यो बिबादलाइ छलफल मार्फत बिधान सम्मत समाधान गर्नको लागि निर्देशन दिएको हो तर मेरो निर्देशनमा केन्द्रीय समितीमा भोटिंग गर्न भनेको होइन र त्यो प्राबधान पनि नरहेको संयोजक श्रेष्ठ बताउनुहुन्छ । संगै बिधानको प्रश्न र यसले गरेको बिबाद भएकोले हिजो गरेको केन्द्रीय समितिको भोटिंग पनि बिधान मान्ने र नमान्ने बिचको भोटिंग कै रुपमा लिन सकिने र बिधान कमिटि कै संयोजक महासचिब रहेको हुदा उहाँनै यस्तो संबेदनशील बिषयमा भोटिंग गराउन लाग्नले बर्तमान समितिप्रति नै गम्भीर प्रश्न खडा गरेको उहाँको भनाइ छ ।

श्रीमान अध्यक्ष ज्यू,
राष्ट्रीय समन्वय परिषद् जापान

विषयः निर्वाचन प्रकृया स्थगित गर्नुहुन ।

उपरोक्त सम्बन्धमा, क्षेत्रिय समिति नागोयाका उमेदवार श्री राम बहादुर खत्री र श्री गंगा बहादुर घर्ती मगर ले “विधानको रक्षा गरिपाँउ “भनि राष्ट्रीय समन्वय परिषद जापानलाइ निवेदन दिएको र उक्त निवेदन उपर समितिले क्षेत्रिय अधिवेशन नियमावली २०२१ तथा संसोधित विधान २०२१ मा रहि निर्वाचन गराउन यस अघिनै तपाइहरुले पत्राचार गरि सकेको अबस्थामा पनि निर्वाचन समितीले विबादित बिधानको बुदा बारे सम्बोधन नगरी प्रक्रीया अगाडी बढाएको कुरा यहाँहरु बाट पत्र मार्फत जानकारी प्राप्त भयो ।

दुवै उमेदवारले दावि बिरोध गरेको, राष्ट्रीय समन्वय परिषद् जापानले बिधान भन्दा बाहिर नजान निर्देश गरेको अबस्थामा पनि यो बिषय समाधान नहुनु र एन आर एन ए जापानको संसोधित विधान तथा नियमावली लाइ विपरित निर्वाचन प्रकृया अगाडि बढाइ अन्तिम नामावलि प्रकाशन गर्दै भोटको लागि अपिल समेत गरेको अबस्थालाइ हेर्दा यो गतिविधी सस्थाको मर्यादा तथा मुलभाव बिपरित भएको ठहर गर्दै तत्कालको लागि नागोया क्षेत्रको निर्वाचन प्रक्रीया रोकि विधान अनुसार अगाडी बढ्ने बातावरण तयार गरि अगाडी बढ्न बढाउनुहुन अनुरोध सहित निदेशन गर्दछु ।

संयोजक
रोबिन्द प्रसाद श्रेष्ठ
गैर आवासिय नेपाली संघ
अन्तरास्ट्रीय समन्वय परिषद
एसिया प्यासिफिक

बोधार्थः
-अध्यक्ष ज्यू, एनआरएनए आइसिसी
-अध्यक्ष ज्यू, एनआरएनए जापान क्षेत्रीय समिती नागोया
-संयोजक, निर्वाचन समिती २०२१-२०२३ नागोया क्षेत्र

त्यस्तै शुक्रवार नागोयामा सम्पन्न भेलाले सर्वसहमत रुपमा एन आरएनए क्षेत्रीय समिति गठन गरिएको बताइएको छ। समितिमा संयोजक गंगा घर्तीमगर, उप – संयोजक ईन्द्र पराजुलि र पदम गुरुङ ,उप -संयोजक (महिला ) सबित्री गुरुङ ,सचिब भैरभप्रसाद अधिकारी ,सहसचिब बिनोदकुमार सापकोटा ,कोषाध्यक्ष रोशन गुरुङ ,सह – कोषाध्यक्ष सञ्जय तामाङ ( मेन्दोला) रहेका छन्। कार्य समितिका अन्य सदस्यहरुमा बिकाश आलेमगर ,रमेश श्रेस्ठ ,शिव खडका ,खडानन्द सापकोट ,मनोज ढुङ्गना ,हरीकृष्ण काजी बिकास राना ,सन्तोशी गुरुङ, चिना रोक्का ,रुपेश चोचाङ्गी पुन ,डम्मर क्षेत्री ,पुजन ओझा ,आशिष दाहाल ,सुशान घताने र नरेश राई रहेका छन्। उनीहरूको आजै सपथ ग्रहण कार्यक्रम रहेको बताइएको छ।

कार्यक्रम एनआरएनए नागोयाका संरक्षक अर्जुन केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा एनआरएनए आइसिसिका मानार्थ सदस्य डिलाराम खरेल, प्रवासी नेपाली मञ्चका सचिव तथा एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल, व्यवशायीहरु सुरज मल्ल, राजेन्द्र श्रेष्ठ , झुक्कु वहादुर मगर , नेपाल पत्रकार महासंघ, जापान साखाका पूर्व उपाध्यक्ष विनोदकुमार सापकोटा लगाएतको उपस्थिति थियो।

निर्वाचन प्रकियालाई सामुहिक बहिस्कार सम्बन्धमा

एनआरएनए जापान नागोया क्षेत्रीय समिती २०२१-२०२३ कार्यकालको अधिबेशनका लागि एनआरएनए जापानको संसोधित बिधान २०२१ अनुसार निर्वाचन गर्नका लागि पटक पटक गरिएको लिखित अनुरोध लाई निर्वाचन समितीले बेवास्ता गरी बिधानलाई मिचेर मनोमानित ढंगले गराउन लागेको निर्वाचन प्रती घोर आपत्ती जनाउदै बिधी बिधान अनुरुप निर्वाचन गराउन निर्वाचन समिती तयार नरहदा सम्मका लागि हामी उमेद्वारहरुद्वारा संयुक्त रुपमा निर्वाचन बहिस्कार गरिएको कुरा सम्बन्धित पक्षमा जानकारी गराउदै तत्काल यस् निर्वाचन समितीलाई बिघटन गरी नयाँ निर्वाचन समिती गठन गरी एनआरएनए जापानको संसोधित बिधान अनुरुप निस्पक्ष ढंगले निर्वाचन गर्न गराउन अनुरोध गर्दछौँ।
साथै नागोयाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा निर्वाचन समितीले गर्ने भनेको कथित मतदानमा हामी सहभागि नहुने जानकारी गराउदै, हामिहरु कसैलाइ पनि भोट नहाल्नुहुन हार्दिक अनुरोध समेत गर्दछौ ।
यसरी मनोमानि ढंगले निर्वाचन समितीले कसैबाट प्रभावित भइ चालेको कदमको घोर बिरोध समेत गर्दछौ ।
उमेद्वारहरुः
संयोजकः राम ब. खत्री(अर्जुन)
संयोजकः गंगा ब. घर्तिमगर
सह-संयोजकः इन्द्र पराजुलि
सचिवः राम कु थापा
सहसचिवः शिब न्यौपाने
सह-सचिवः गोविन्द भुषाल
सहकोषाध्यक्षः जिबनाथ घिमीरे
-उपसंयोजकका अर्का उम्मेदवार योमन देवान पनि यस अघि नै बाहिरीएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?