गायक खत्रीको सालैजो एल्बम ‘संगैका साथी‘ सार्वजनिक

- भिडियो सहित

-


     जनहित न्युज    
     जेठ ३० गते २०७८


नेपाली लोक दोहोरी क्षेत्रका एक कुशल नक्षेत्रको रूपमा रहनु भएका बाग्लुङको गलकोटका सुपरिचित लोक गायक विष्णु खत्रीले मौलिक लोकभाका सालैजो अन्तर्गत ‘’ संगैका साथी’’ नामक लोक दोहोरी एल्बम बजारमा ल्याउनु भएको छ ।
लोक दोहोरीको फाँटमा आफ्नो छुट्टै पहिचान कायम गर्नु भएका खत्रीले यस एल्बममा पनि आफनै स्वर, संगीत र शब्दमा लोपोन्मुख सालैजो भाकालाई समेटेर सो एल्बम सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक गरिएको एल्बममा स्वरमा साथ जुना श्रीसको रहेको छ भने ग्रामिण परिवेशमा छायांकन गरिएको भिडियोमा लोमश शर्मा रुविना अधिकारी र सारिका केसी तथा स्वयम खत्रीको मुख्य भूमिका रहेको छ ।
नेपाली लोकदोहोरीको क्षेत्रमा जनपक्षीय गीत गाउने परिचय समेत बनाउनु भएका खत्रीका हरेक एल्बममा केही न केही समाज रूपान्तरणका लागि सकारात्मक सन्देश छर्ने क्रममा यस एल्बममा पनि वर्तमानमा रमाउन सिक्नुपर्ने भोलिको जीवनलाई कल्पेर दुखित हुनु राम्रो नभएको सन्देश प्रदान गर्ने प्रयास गर्नुभएको छ । बागलुङको चर्चित मेला चैते दशैंको मौलिकता भनेको पनि सालैजो भाकालाई प्रस्तुत गर्ने भएकोले हुनसक्छ यस एल्बममा पनि सोही प्रसंगलाई उल्लेख गर्दै हासेर जीवन बिताउनु पर्ने र कसैको पनि कुभलो कसैले नचिताउन आग्रह गरिएको छ ।
मेरो भने पेशा गीत गाउनी हो
कोहिलाई दुःख परे गुन लाउनी हो
एल्बममा समावेश यी शब्दहरु मार्फत आफूले दीनदुखीलाई अप्ठारोमा पारेको बखत सहयोग पुर्याउदै आएको जानकारी पनि दिने प्रयास गरिएको छ । एल्बमको बाजर व्यवस्थापन सुमधुर क्रियशन प्रा. लि. ले गरेको छ भने Bishnu khatri युट्युब च्यानलबाट बजारमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?