
जापान-एनआरएनए जापान क्षेत्रीय समिती नागोयाको ८औँ अधिबेशनबाट समानान्तर गठन गरिएको निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ ।
नागोयाको साकायस्थित चिनारी रेष्टुरेन्टमा भएको सो सपथ ग्रहण कार्यक्रममा एनआरएनए नागोयाका संरक्षक अर्जुन केसीले निर्वाचित संयोजक गंगा घर्तिमगरको समूहलाइ सपथ ग्रहण गराईएको हो ।
नागोया क्षेत्रीय समितिमा मनोज मल्लको संयोजक पदमा दिएको उमेद्धवारी विधान विपरित रहेको विषयलाई लिएर तिव्र विवाद सृजना भएपछि संयोजक पदमा उमेद्धवारी दिएका घर्ती र रामबहादुर खत्रीले निर्वाचन समितिले तोकेको निर्वाचन प्रक्रियाबाट बाहिरिएर समानान्तर समिति गठन गरेका थिए । सोही समानान्तर समितिलाई संरक्षक केसीले सपथ ग्रहण गराउनु भएको हो ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै संरक्षक केसीले बिधानमा प्रष्ट भएको बिषयलाइ निर्वाचन समितिले अतिरन्जित गरि सिंगो नागोया र सस्थालाई नै खलल पुग्ने जुन काम भयो त्यो सारै निन्दनीय छ, यसको बिरोधका निम्ति यो समानान्तर समितिलाई सपथ गराउनु परेको बाध्यात्मक परिस्थतिको उपज रहुको बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै संयोजक पदका प्रत्यासी तथा संरक्षक खत्रीले अधिबेशनले तोकेको निर्वाचन प्रक्रियामा बिधान मान्ने कि बिधान मिच्ने भन्ने बिषयमा तिब्र बिबाद बढेपछि हामीले सयुक्त रुपमा निर्वाचनका सम्पूर्ण प्रक्रिया बहिस्कार गरि बिधानसम्मत आफुहरुले समिति बनाएको र बिधान बिपरित भएको निर्वाचन प्रक्रीयामा सहभागि नभएको दाबी गर्नुभयो । उहाँले यो समितिले बिधान सम्मत रहेको र नागोयामा सामाजिक काममा सक्रिय हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
आइसिसी मानार्थ सदस्य डिलाराम खरेलले, बाहिर आएजस्तो राजनीति लगायतका अनेक कुराहरु केहि नभएर बिधानको कुरा भएको र बिधानमा स्पष्ट लेखिएको बिषय भएकोले बिधान अनुसारको समितिलाइ आफुले खुलेर साथ दिएको बताउनु भयो । को कहाँ सख्यामा भन्दा पनि बिधानको पक्षमा को छ भन्ने महत्वपूर्ण हुने उहाँको भनाइ छ । यो बिबाद जति बढाएपनि बिधान अनुसार रहेको यो समिति भएकोले यसैले आधिकारिकता पाउने खरेलको दाबी छ ।
समाजमा बसेर मिलाउने ठाउमा पर्दा पछाडी बसेर समाज भाड्ने खेल खेल्ने र समाजलाइ थप अन्योल र बिबादित गराउनेमा जाने बुझेकाहरु नै लागेकोले यो अबस्था आएको र बिधानले मिल्दै नमिल्ने उमेद्धवारको उमेद्धवारी निर्वाचन समितिले सदर गरी बिधानको अपब्याख्या गरेर निर्वाचनमा सहभागि गराउनु प्रमुख कारक बनेको डा. सरोज कंडेल बताउनुहुन्छ । यसको सम्पूर्ण जवाफदेहिता निर्वाचन समिति हुनुपर्ने उहाँको बुझाई छ ।
निर्वाचन प्रक्रियाबाट बाहिरिएका प्रत्यासीहरुले भने –हामीले विधान बिपरित निर्वाचन सहभागी हुदैनौ र बिधान बिपरित निर्वाचन गराउने निर्वाचन समिीतलाइ खारेजको माग गर्दै निवेदन गरिरहदा हामीलाइ किन मत पत्रमा सहभागी गराइयो भनी प्रति प्रश्न निर्वाचन समितिलाई गरेका थिए । उनीहरुको आरोप थियो – आफुहरु असफल हुने निश्चित देखेपछि जबरजस्ती प्रक्रियामा सहभागि गराएको र यसले हामीहरुको मानहानी भएको छ ।
सपथ लिनुहुनेमा संयोजक गंगा घर्तिमगर, उप–संयोजक ईन्द्र पराजुली र पदम गुरुङ ,उप–संयोजक महिलामा सबित्री गुरुङ ,सचिब भैरवप्रसाद अधिकारी ,सहसचिब बिनोदकुमार सापकोटा ,कोषाध्यक्ष रोशन गुरुङ ,सह – कोषाध्यक्ष सञ्जय तामाङ मेन्दोला रहेका छन्।् । सपथ लिनेहरमा कार्य समितिका सदस्य बिकाश आलेमगर ,रमेश श्रेस्ठ ,शिब खडका ,खडानन्द सापकोट ,मनोज ढुङ्गना ,हरीकृष्ण काजी बिकास राना रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सन्तोशी गुरुङ, चिना रोक्का ,रुपेश चोचाङ्गी पुन ,डम्मर क्षेत्री ,पुजन ओझा ,आशिष दाहाल ,सुशान घताने र नरेश राई रहेका छन्।् ।
कार्यक्रममा प्रवासी नेपाली एकता मंचका सचिब डा. सरोज कंडेल, पत्रकार महासंघ जापानका पूर्व उपाध्यक्ष बिनोद कुमार सापकोटा, सुरज मल्ल, राजेन्द्र श्रेष्ठ, जनजाति महासंघका प्रतिनिधी, चितवन समाजका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
निर्वाचन समितिले घोषणा गर्यो निर्वाचन परिणाम
यता निर्वाचन समितिले ११ तारिक बेलुका ९ बजेबाट १२ तारिक बेलुका १० बजेसम्म भएको अनलाइन भोटिङ प्रक्रियाबाट मनोज मल्ल निर्वाचित भएको जनाएको छ । निर्वाचन समितिद्धारा जारी सूचनामा आफूहरुले नियम, विधि विधान र सम्पूर्ण प्रक्रिया पुरा गरी राष्टिय समितिको निर्देशानुसार कार्य गरी औपचारिक घोषणा गर्न लागिएको बताएको छ ।

NRNA नागोयाको फेसबुक पेजमार्फत दिइएको जानकारी अनुसार निर्वाचन प्रक्रियामा ६२९ जनाले मतदान गरेका र कुल मतदाता संख्या १३०५ रहेको जनाएको छ । खसेको मतमध्य ५२९ मल्लले, ३२ गंगा घर्तीमगर र २८ रामबहादुर खत्रीले प्राप्त गरेको उल्लेख गरिएको छ । तर घर्ती र खत्रप्ले निर्बाचन प्रक्रियालाई बहिस्कार गरेर विज्ञप्ती सार्वजनिक गर्दा पनि आफूहरुको नाम समावेश गरेकोमा आपत्ती जनाएका छन् । निर्बाचन समितिले गराएको जानकारी अनुसार उप–संयोजकमा भेषनाथ गौतम कृष्ण, सचिवमा विष्णुबहादुर कार्की, सहसचिवमा निलम राउत, सहकोषाध्यक्षमा सरोज बडाल निर्वाचित भएको उल्लेख गरिएको छ ।

त्यसैगरि कुशल पौडेल, दलबहादुर कार्की। मित्रलाल सिग्देल, रमेश श्रेष्ठ, विप्लब श्रेष्ठ, राजेश अधिकारी, सागर थापा र नरेश राई निर्वाचित भएको भनिएको छ । स्मरण रहोस समानान्तर समिति घोषणा गरेका अधिकांश प्रत्यासीहरुले निर्बाचन प्रक्रियाबाट असहमति राखी बाहिरिएका थिए ।