राष्ट्रिय समाचार

एनआरएनए नागोया क्षेत्रीय समिती नागोयाद्धारा बाढी प्रभावितलाइ राहत पठायो

एनआरएनए नागोयाले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित नागरिकलाइ राहत प्रदानका लागि आर्थिक सहयोग रकम पठाएको छ ।एनआरएनए जापान क्षेत्रीय समिती नागोयाले बाढीबाट ठूलो जनधनको क्षति हुन पुगेकोले प्रवासमा रहेका नेपालीहरु पनि दुःखको घड़ीमा संगसंगै रहेको अनुभूत गराउनका लागि पहिलो चरण स्वरुप आर्थिक सहयोग पठाउने निर्णय गरेको एनआरएनए नागोया क्षेत्रीय समितीका संयोजक गंगा घर्तिमगरले बताएका छन । गतहप्ता भिषण वर्षातका कारण आएको बाढीले अत्याधिक क्षति पुर्याएको हेलम्बु गाऊँपालिकामा हालका लागि एकलाख एकाउन्न हजार सहयोग रकम पठाउने निर्णय भएको समितिका संयोजक घर्तीमगरले जानकारी… पुरा पढौ

बागलुङ बजारमा खानेपानीको हाहाकार

बागलुङ- सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन थालेको छ । अविरल वर्षासँगैको बाढीपहिराले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पु¥याएपछि पाँच दिनयता बागलुङ बजारमा खानेपानी आपूर्ति हुन सकेको छैन । बागलुङ नगर खानेपानीले आवश्यकताभन्दा कम खानेपानीको आपूर्ति गर्दै आएको सो बजारमा अहिले खानेपानीको हाहाकार नै भएको छ । अहिले खानेपानी आयोजनाको पानी सदरमुकाम ल्याउने पाइपका ठाउँठाउँमा क्षति पुगेको छ । खानेपानीको मर्मतमा प्राविधिक र बागलुङ नगर खानेपानी तथा उपभोक्त संस्थाका कर्मचारी खटिए पनि हालसम्म पानी आपूर्ति… पुरा पढौ

५ दिनपछि संचालनमा आयो कालीगण्डकी कोरिडोरको पुल

बागलुङ - अबिरल वर्षा लसंगै आएको बाढीले बगाएको बागलुङ जिल्लाकको दक्षिण भेग कालीगण्डकी कोरिडोर सडकमा रहेको काठेखोला माथिको पुल मर्मत कार्य सम्पन्न भए संगै संचालनमा आएको छ । कालीगण्डकी काेरीडाेर अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर १ काँठेखाेलाकाे पुल क्षति भएको खबर संचार माध्यमबाट  प्रशारण भएपछि पुल मर्मतकाे कामले अग्रता लिएको हाे । सडक विभागले बागलुङको काँठेखाेलामा क्षति भएको माेटरेवल पुल स्काभेटर प्रयोग गरि पुलको मुख भागमा आएको ठूलो चट्टान फाेडेर पुल मुनि बाट पानी बग्ने बनाइ पुल संचालनमा ल्याइएको सडक विभागले… पुरा पढौ

बाढीबाट विस्थापितहरुले राहत नपाएको गुनासो

मनाङ जिल्ला सदरमुकाम लगायत तल्लो मनाङमा भिषण वर्षाका कारण गएको बाढी पहिरोका दुई सय भन्दा बढि स्थानीयहरू विस्थापित हुन पुगेका छन । जिल्लाका तलेखुमा चामे गाउपालिकाका वाड नम्बर ५ र पिसाङ गाउपालिकाको वाड नम्बर १ मा परेको वर्षाका कारण गएको बाढि र पहिरोकाबाट सो क्षेत्रका स्थानीयबासी विस्थापित हुन पुगेको टासी लामाले जानकारी दिनुभयो । विस्थापितहरुलाइ शिविर निर्माण गरेर राखिएता पनि उचित राहतको व्यवस्थापन नहुदा उनीहरुको दैनिक जीवन कष्टकर बन्न पुगेको छ ।वडा अध्यक्षले नै विस्थापितहरुको राहत व्यवस्थापनमा ध्यान नदिएकोले सो… पुरा पढौ

संस्थालाइ कानुन तथा विधि सम्मत स‌चालनका लागि दिलिप कंडेलकाे उम्मेदवारी

जापानको कान्साइ क्षेत्रमा बिभिन्न समाजिक कार्यमा क्रियाशील रहदै सामाजिक व्यक्तित्व बनाउनु भएका सफल व्यवसायी दिलिप कंडेलले आगामी २०२१–२०२३ कार्यकालको लागि एनआरएन जापानको केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । स्टार ग्रुप, एनआरएनए कान्साई क्षेत्रीय समिति तथा गलकोट समाज जापानका तर्फबाट समाजका हरेक क्रियाकलापमा सक्रिय रहनु भएका कडेलले जापानमा रहेका नेपाली समुदायलाई सहयोग पुर्याउनका लागि सो पदमा उम्मेदवारी दिएको कडेलले बताउनु भयो ।२००६ सालमा जापान प्रबेश गर्नु भएका कंडेल २०१० साल देखी एन आर एन कान्साइको बिभिन्न गतिबिधिमा… पुरा पढौ

वडा कार्यालयद्वारा फ्रन्टलाईनर पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

वडा कार्यालयद्वारा फ्रन्टलाईनर पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरस कोभिड १९ को दोस्रो लहरले बिश्वनै आक्रान्त बनेको सन्दर्भमा गलकोट नगरपालिकाका नागरिक पनि प्रभावित बने । नागरिकको स्वास्थ्य उपचार र र कोरोना नियन्त्रणमा नगरपालिका देखि वडा कार्यालय, सामाजिक संघ सस्था सक्रिय बन्दै नियन्त्रणमा अग्रसरता देखाए । गलकोट नगरपालिकाले कोरोना अस्पताल निर्माण तथा ब्यवस्थापनमा सहयोग गर्न स्थानीयलाई सहकार्य गर्न आग्रह समेत ग¥यो । सामाजिक संघ सस्था सहयोगि व्यक्तीको सहयोगले कोरोना उपचार र रोकथाममा सहयोग पुगेको छ । नगरपालिकाले… पुरा पढौ

करेन्ट लागि बागलुङ ओडारचौरमा एकको मृत्यु

राजेशचन्द्र राजभण्डारी बागलुङ -बागलुङ बजारकाे उपल्लाचाैरकाे ग्यारेजमा बाढिले ल्याएकाे माटाे सफा गर्ने क्रममा करेन्ट लागेर एक युवाकाे मृत्यु भएकाे छ ।   मृत्यु हुने युवा जलजला गाउपालिका ६ धाइरिङ घर भई उपल्लाचाैर बस्ने १९ बर्षका सागर नेपाली रहेकाे प्रहरीले जनाएकाे छ ।उपल्लाचाैरस्थित राजकुमार शर्माकाे ग्यारेजकाे माटाे सफा गर्दा करेन्ट लागेर ज्यान गएकाे ससुरा याम बहादुर विकले बताए । करेन्ट लागि अचेत भएर लडेका नेपालीलाइ धाैलागिरी अस्पताल लगिएकाे थियाे । अस्पतालले मृत घाेषित गरेकाे थियाे । पुरा पढौ

पूर्व प्रधानन्यायाधीशको वैराग्य जीवन

यी व्यक्ति अरु कोही नभई पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा हुन । शर्मा- खिलराज रेग्मीपछि नेपालको प्रधानन्यायाधीश भएका थिए । हाल शर्मा भारतमा सन्न्यासी जीवन बिताइरहेका छ्न । पुरा पढौ

जापानद्वारा टोकियोमा सोमबारदेखि आपतकाल हटाउने निर्णय, ७ प्रान्तमा अर्ध आपतकाल लागू गर्ने

जापान - ओकिनावा प्रान्तमा मात्र आपतकाल यथावत राख्दै जापान सरकारले अन्य नौ प्रान्तमा जुन २० तारिखबाट आपतकाल अन्त्यको घोषणा गरेको छ ।बिहिबार साँझ प्रधानमन्त्री योसिहिदे सुगाले, पत्रकार सम्मेलन आयोजना गरि हाल आपतकाल कायम १० प्रान्तहरु मध्ये ओकिनवा बाहेकका नौ ओटा प्रान्तहरुमा कायम आपतकाल यहि २० तारिखबाट रद्द गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।प्रधानमन्त्री सुगाले अर्थतन्त्र पुनरुत्थान मन्त्री निशिमुरा तथा स्वास्थ्य मन्त्री तामुरासंगै अन्य सरोकारवालाहरुसंग गरेको बैठक पश्चात सरकारले २० तारिखबाट आपतकालिन अवस्था हटाउने निर्णयमा पुगेको थियो । यद्यपी आज विज्ञहरुसंगको… पुरा पढौ

नागोयामा र्निवाचन समितिले मुख खोल्यो ,दुवै समितिले लिए सपथ

नागोया-एक पक्षले र्निवाचन समितिले निधान विपरित संयोजकको उमेदवार मनोजवम मल्ललाई उमेदवारी दर्ता गराएको भन्दैं र्निवाचन बहिस्कार गर्यो। उनीहरूले समानान्तर समिति गठनपछि भएको र्निवाचन पश्चात निवाचन समितिले मुख खोलेको छ। र्निवाचन समितिले प्रेस विज्ञप्ति मार्फत आफ्नो धारणा राखेको हो। विज्ञप्तिमा भनिएको छ विवाद उत्पन्न भए पछि आ-आफ्ना ढंगबाट तर्क-वितर्क आऊनु र आफू पक्षीय लबिंगहरु आ-आफ्नै ढंगबाट आऊनु स्वभाविक नै हो । निर्वाचन समितिको आपसी छलफलबाट समस्याको समाधान होस् भन्ने चाहना मुताबिक सम्बन्धित पक्षहरुसंग पटक पटक छलफल नभएका होईनन । तर सम्बन्धित… पुरा पढौ