राष्ट्रिय समाचार

बागलुङ नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

बागलुङ –बागलुङ नगरपालिकाले  कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बागलुङ सदरमुकाममा आयाेजित  नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ । आधारभूत स्वास्थ्यको जिम्मेबारी लागु गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, कालोढुसीको नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताए । ‘गरिबसँग मेयर ऋषिराम’ कार्यक्रम सञ्चालनमा ल्याएर कोरोना महामारीका कारण आयआर्जन गुमाएकालाई सहुलियत… पुरा पढौ

काेराेनाकाे खाेप लगाइदिन माग गर्दै ग्यास बिक्रेता

बागलुङ–काेराेना भाइरस काेभिड १९ काे जाेखिम माेल्दै आम उपभोक्ताकाे घर घरमा ग्यास ढुवानी गर्दै आएको एल ,पी ,ग्यास विक्रेता संघ बागलुङले काेराेना खाेपकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । बागलुङका प्रमुख अधिकारी शिव कुमार कार्की लाई एलपी ग्यास बिक्रेता संघका अध्यक्ष हरि प्रसाद आचार्यले तत्काल काेराेना भाइरस बिरूद्वकाे खाेप उपलब्ध गराउने ब्यबस्था गरि दिन माग गरेका छन्  ।काेराेना जाेखिम माेलेर काेराेना संक्रमित बिरामीको घरमा समेत एलपी ग्यास ढुवानी गर्दा आफुहरू प्रत्यक्ष रूपमा जाेखिममा परेको भन्दै काेराेना… पुरा पढौ

प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

बागलुङ–प्रेस सङ्गठन नेपाल, बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार÷सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामल वितरण गरिएको हो । शाखा संयोजक थम्मन थापा, सदस्य बिमल खड्का र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका सदस्य सरीता खत्रीले आज गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट सञ्चालित सञ्चार संस्थामै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । पाँच वटा रेडियोसहित पत्रिका र अनलाइन माध्यममा… पुरा पढौ

एनआरएनए जापानको अध्यक्षमा खड्काको उमेदवारी

जापान-गैर आवासीय नेपाली संघ जापानको आगामी २०२१-२०२३ को कार्यकालका लागि निर्वाचनको माहौल गरमागरमी बन्न थालेको छ । बिभिन्न पदका लागि उमेदवारी घोषणा गर्ने क्रम पनि जारी नै रहेको छ । यसै क्रममा करिब तीन दशक लामो जापानको बसाई गरि सामाजिक कार्यमा आफूलाई परिचित बनाइसक्नु भएका ददिवाल खड्काले अध्यक्ष पदमा आफ़नो उमेदवारी घोषणा गर्नुभएको छ ।निश्वार्थ निरन्तरता र निष्पक्षता, एनआरएनएमा मेरो प्रतिवद्दता भन्ने मान्यताका साथ जापानमा रहेका नेपाली समुदायको अभिभावकीय भूमिका निर्वाह गर्नका लागि एनआरएनए जापानमा आफूले योगदान गर्न आवश्यकता महशुस… पुरा पढौ

लट्टेको साग

लट्टेको साग पाहुनालाई दिंदा अपमानित गरेको ठान्दा रहेछन् । तर त्यही लट्टे अंग्रेजी नाम ‘अमरान्थ’ भनेर ठूला होटलमा मीठो मानेर खाइन्छ । तराई तथा भित्री मधेशमा यसलाई चौलाई वा रामदाना, वा लुँडे पनि भनिन्छ ।उच्च पहाड, कर्णाली र सुदूरपश्चिमतिर यसलाई ‘मार्से’ भनिन्छ । त्यतातिर लट्टेको तरकारी मात्र नभई दानाको सुप, पीठो, खीर बनाएर खाने चलन छ । लट्टेमा सूक्ष्म पोषण, विशेषगरी फलाम प्रचूर मात्रामा पाइन्छ । रगतको कमी भएका महिलालाई लट्टेको साग अति उपयोगी हुन्छ । लट्टेको पात पिसेर आँटामा… पुरा पढौ

देश बिगार्नेले आरक्षणको विरोध गर्ने ?

यो देशमा दलित कहिल्यै मूलधारमा छैनन् । त्यसैले देश बन्नु र नबन्नुको गुण दोष सीधै बाहुनलाई जान्छ । त्यसपछि अन्य गैरदलितलाई जाला । देश कति बन्यो र बनेन, त्यो तपाई हाम्रो अगाडि छर्लङ्गै छ । आरक्षणको विरोध गर्ने तपाईजस्ता क्षमतावानहरुकै हातमा छ यो देश । किन सक्ने जति पनि विकास नगरेर जताततै भ्रष्टाचार र नातावादको जालो फिँजाएको ? किन गरिवीको सूचका‌ंकलाई माथि उठाउन नसकेको ? किन भटाभट हरियो पासपोर्ट बनाउँदै युवा र बृद्ध/बृद्धालाई विदेश पठाएको ? किन कसैले दिनभर काम… पुरा पढौ

विदेशी दूताबास र एनजिओहरुको संविधानको दुष्परिणाम

राज्य प्रणाली कसले चलाईरहेको छ भन्ने कुरा यतिबेला कसैलाई थाहा छैन। राष्ट्रपति कार्यालयले आफूले गरेका नियुक्तिहरु सर्वोच्च अदालतले बदर गर्न नसक्ने वक्तव्य जारी गर्छ। सर्वोच्च अदालतले ओलीका नियुक्तिहरु बदर गर्छ। ओलीका प्रवक्ताले यसलाई आश्चर्यजनक भन्दै यसबाट ठूलो दुष्परिणाम निस्कने भाषण गर्छन। आफ्नो ईच्छा अनुसारको निर्णय नआउँदा सबैतिरका दलालहरुले सेटिङमा खेल भैरहेको दाबी गर्छन्। न्यायमूर्तीको पोशाकमा ठाँटिएका घुस्याहा फटाहाहरुले जताबाट ठूलो दबाब पर्छ त्यसै अनुसारका विरोधाभाषपूर्ण निर्णयहरु गर्दै जान्छन्। लोकतान्त्र नामको पापतन्त्र कसले हाँकिरहेको छ ? ओलीले ? चोलेन्द्रले ? मोदीले… पुरा पढौ

देश भड्खालोमा जान लाग्यो परिवर्तनकारी शक्ति एक हौ- माधवकुमार नेपाल

संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक भै मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन एमालेका वरिष्ठ नेता माधवकुमारले आह्वान गर्नु भएको छ । केपी शर्मा ओलीको सरकारले गरेको मन्त्री नियुक्तिलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतलेफिर्ता बोलाएको केही घण्टापछि सामाजिक संजालमार्फत वरिष्ठ नेता नेपालले सो आह्वान गर्नुभएको हो । संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो । तर, संसद्, सरकार र… पुरा पढौ

ताराखोलामा खोलाले बगाउँदै गरेको पुरुषको शव फेला

ताराखोखोला गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ताराखोला गाउँपालिका वडा नं ४ का ३९ वर्षिय टेक बहादुर खत्री खोलाले बगाउँदै गरेको अवस्थामा मृत फेला परेका छ । मंगलबार बिहान खोलाले बगाउँदै गरेको अवस्थामा उहाँको शव फेला परेको थियो । प्रहरीले शवको पहिचानका लागि अनुरोध गरेपछि परिवारका सदस्यले उहाँको पहिचान गरेको प्रहर।ीले जनाएको छ ।  खेतबारीमा बाँदर धपाउँदै गरेका टेक बहादुर खत्री खोलामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । चिप्लिएर खसेपछि खोलाले बगाएर मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय… पुरा पढौ

२० मन्त्री पदमुक्त, काम नगराउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुध्द अन्तरिम आदेश दिएको छ। प्रधानन्यायधीश चोलेन्द्रसमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलाशले यस्तो आदेश जारी गरेसँगै जेठ २१ र २७ गते ओली क्याबिनेटमा थपिएका २१ मन्त्री स्वत: पदमुक्त भएका छन् । १२ दिन अगाडि जसपाका आठ मन्त्री दुइ राज्यमन्त्री, एमालेका दुइ मन्त्री थपेर ओलीले क्याविनेट विस्तार गर्नुभएकाे थियाे । अदालतको आदेशसँगै अब ओलीको क्याबिनेटमा कृष्णगोपाल श्रेष्ठ,लीलानाथ श्रेष्ठ,विष्णु पौडेल र बसन्त नेम्वाङ्ग मात्र रहनेछन् । प्रधानमन्त्री… पुरा पढौ