जापान-गैर आवासीय नेपाली संघ जापानको आगामी २०२१-२०२३ को कार्यकालका लागि निर्वाचनको माहौल गरमागरमी बन्न थालेको छ । बिभिन्न पदका लागि उमेदवारी घोषणा गर्ने क्रम पनि जारी नै रहेको छ । यसै क्रममा करिब तीन दशक लामो जापानको बसाई गरि सामाजिक कार्यमा आफूलाई परिचित बनाइसक्नु भएका ददिवाल खड्काले अध्यक्ष पदमा आफ़नो उमेदवारी घोषणा गर्नुभएको छ ।
निश्वार्थ निरन्तरता र निष्पक्षता, एनआरएनएमा मेरो प्रतिवद्दता भन्ने मान्यताका साथ जापानमा रहेका नेपाली समुदायको अभिभावकीय भूमिका निर्वाह गर्नका लागि एनआरएनए जापानमा आफूले योगदान गर्न आवश्यकता महशुस गरि उमेदवारी घोषणा गरेको खड्काले बताउनुभयो ।
सामाजिक संजालमार्फ़त मंगलवार आफ़नो उमेद्दवारी प्रस्तुत गर्नुभएका खड्का एनआरएनएको आभियानमा हाल आईसीसी सदस्य रहनुभएको छ भने जापानमा सल्लाहकारको रुपमा रहेर कार्य गरिसक्नु भएको छ । त्यसै गरि खड्का मोना म्याग्दीको ज़िम्मेवार पदमा समेत रहेर समाजलाई योगदान पुर्याइसक्नु भएको छ ।
“लगनशील र मेहनती भएर कार्य गरेमा अवश्य पनि एकदिन सफलता हासिल हुन्छ।”
नेपाली समुदायमा आफुलाइ समाजसेवी र अपठ्यरोमा परेका स्वदेशमा होस कि परदेशमा होस सहयोगीको रुपमा परिचित गराइसक्नु भएका खड़काले एनआरएनए जापानलाइ आर्थिक पारदर्शिता र समाजसेवी गर्नका लागि मात्र उपयोगी फोरमको रुपमा विकास गराउने आफ़नो मुख्य ध्येय रहेको बताउनुभयो ।
पछिल्लो समय एनआरएनए जापान र त्यससँग सम्बन्धित पदाधिकारीका बिषयमा आएका आरोपप्रत्यारोपका बिचमा आफुलाइ तटस्थको भूमिकामा उभ्याउनु भएका खड़काको स्पष्ट मान्यता दोषीले कारवाही भोग्नुपर्ने, आर्थिक पारदर्शितालाई कायम राख्नुपर्ने विधान अनुसार कार्य हुनुपर्ने र सामाजिक संस्थालाई कमाई खाने भाडोको रुपमा उपयोग गर्न नहुने रहेको छ ।
एनआरएनए जापानको आगामी कार्यकालको लागि खड्का संगै शिवप्रसाद पौडेल, अनिता गुरुङ लामा लगायतको अध्यक्ष पदमा दाबी रहेको बताइन्छ । तर एनआरएनए जापानमा देखिएको आन्तरिक किचलोका कारण बहुमत कार्यसमिति सदस्यले तोकिएको मितिको निर्वाचनलाई स्थगित गर्ने निर्णय गरेकोले केही अन्यौलता देखिएको छ ।