राज्य प्रणाली कसले चलाईरहेको छ भन्ने कुरा यतिबेला कसैलाई थाहा छैन। राष्ट्रपति कार्यालयले आफूले गरेका नियुक्तिहरु सर्वोच्च अदालतले बदर गर्न नसक्ने वक्तव्य जारी गर्छ। सर्वोच्च अदालतले ओलीका नियुक्तिहरु बदर गर्छ। ओलीका प्रवक्ताले यसलाई आश्चर्यजनक भन्दै यसबाट ठूलो दुष्परिणाम निस्कने भाषण गर्छन। आफ्नो ईच्छा अनुसारको निर्णय नआउँदा सबैतिरका दलालहरुले सेटिङमा खेल भैरहेको दाबी गर्छन्। न्यायमूर्तीको पोशाकमा ठाँटिएका घुस्याहा फटाहाहरुले जताबाट ठूलो दबाब पर्छ त्यसै अनुसारका विरोधाभाषपूर्ण निर्णयहरु गर्दै जान्छन्।
लोकतान्त्र नामको पापतन्त्र कसले हाँकिरहेको छ ? ओलीले ? चोलेन्द्रले ? मोदीले ? रअ ले ? एनजिओहरुले वा विदेशी दूताबासहरुले ? यो कुरा दलालहरुमध्ये कसैलाई पनि थाहा छैन। यसको कारण स्पष्ट छ- विदेशी दूताबासहरु र पश्चिमा एनजिओहरुका सर्तैसर्तको खिचडीका रुपमा बनाईएको संविधान जस्ले तान्न सक्यो, त्यसैले निर्धारण गरेको दिशामा तानिने खालको छ। संविधान यसरी जारी गर्न लगाईएको छ कि दलालहरुले पनि ठोस दिशामा काम गर्न नसकुन, विवादास्पद मुद्दामा ठोस निष्कर्ष निकाल्ने ठाउँ नहोस् र कमारा कमारीहरु विरोधाभाषको गोलचक्करमा घुमिरहुन्।
लोकतान्त्र नामको पापतन्त्र कसले हाँकिरहेको छ ? ओलीले ? चोलेन्द्रले ? मोदीले ? रअ ले ? एनजिओहरुले वा विदेशी दूताबासहरुले ? यो कुरा दलालहरुमध्ये कसैलाई पनि थाहा छैन।
एउटा दलाल एउटा मालिकका लागि नेतागिरी गरिरहेको छ, अर्कोले अर्को मालिकका लागि। ईण्डियनहरुलाई नागरिकता दिएर, कोशी नदि बुझाएर र त्रिभूवन विमानस्थलमा ईण्डियन सैनिकहरु राखेर कुर्सि जोगाउने अपराधमा उद्दत ओली गिरोह मर्नेबेला सबै नेपालीका मुखबाट थुकि माग्ने अवस्थामा पुगेको छ। ईण्डियनहरुलाई बोकेर देशमाथि घात गर्न खोज्नु नै ओलीको पतनको निर्णायक कारण बन्ने संभावना बलियो बन्दैछ।
ओलीको विरोध गर्ने गिरोह झनै निच चरित्रको देशद्रोही छ। अपराधिहरु देश विरुद्ध थापेको धरापमा आफै फसेका छन्। यी सबै लुटेराहरुको सामुहिक दाहसंस्कार देशको निकासको एक मात्र बाटो हो। परिस्थिथि अन्तिम चरणतिर अग्रसर भैसकेको छ। यतिबेला आम नेपालीहरुले देशमाथि लादिएको पापको पिण्डलाई विसर्जन गर्न एकजुट हुनु पर्दछ।
यो आलेख दाहालको फेसबुक वालबाट लिइएको हो र उहाँको निजी विचार हो ।