राष्ट्रिय समाचार

प्रदेश पदाधिकारीको संख्या बढाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो । प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । त्यस्तै बैठकले हाल कायम रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल… पुरा पढौ

सन् २००८ पछि जन्मिएकाले चुरोट किन्न नपाउने!

एजेन्सी- न्युजिल्यान्डमा सूर्तिजन्य पदार्थको विक्रीमा प्रतिबन्ध लगाइने भएको छ । धुमपानलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सूर्तिजन्य पदार्थ किन्न नपाउने कानुन ल्याउन लागिएको हव । सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । सरकारले युवाहरुलाई धुमापनबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,’ स्वास्थ्यमन्त्री डा.आयसा भरलले भने । सरकारले विस्तारै सम्पूर्ण उमेर समूहका मानिसहरुलाई धुमपानमा प्रतिबन्ध लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । सरकारको कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत… पुरा पढौ

कांग्रेस महाधिवेशनका सम्भावना र चुनौती

लामो रस्साकस्सीबीच नेपाली कांग्रेसले चौधौँ महाधिवेशन सम्पन्न गर्दैछ । नेपालका मुख्य तीन ठूला दलले झण्डै एउटै समयमा महाधिवेशन गरेजस्तो देखिए पनि नेपाली कांग्रेसको महाधिवेशन अन्य दलको भन्दा चर्चामा छ । दलहरुको सांगठनिक संरचनामा सबैभन्दा तल्लो तह मानिने वडा अधिवेशन नै कांग्रेसको सन्दर्भमा अन्य दलको महाधिवेशन सरह हुन पुग्यो । नेकपा एमाले र माओवादीले एकै दिनमा सकेको वडा तहको निर्वाचन कांग्रेसले तीन महिनामा पनि सल्टाउन सकेको छैन । ठूलो र पुरानो दल कांग्रेसमा सहमति खोज्नेभन्दा बढी आफ्नालाई सदस्यता दिलाउनेमै होडबाजी देखिएपछि… पुरा पढौ

नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात

पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिकमा पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो । क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत… पुरा पढौ

जापानमा ‘इ पासपोर्ट’ बनाउँदा १५० देखि २०० अमेरिकी डलरसम्म लाग्ने,अन्य मुलुकमा कति लाग्ने ?

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) बन्द गरी इ–पासपोर्ट (विद्युतिय राहदानी) जारी गर्न सुरु गरिसकेको छ ।  विभागका अनुसार पासपोर्टलाई अझ बढी सुरक्षित बनाउन एमआरपीबाट इ–पासपोर्टमा गइएको हो । एमआरपी जारी गर्न बन्द गरिएको भएपनि यसअघि जारी गरिएका एमआरपी जसको म्याद अझै बाँकी छ । ती प्रयोगमा आउनेछन् ।  यसकारण एक वर्षभन्दा बढी समय बाँकी रहेका एमआरपी वहाकलाई इ–पासपोर्ट जारी नगर्ने नीति विभागले लिएको छ । तर अन्तरिम समयमा इ–पासपोर्टको माग धेरै भएमा र बुकिङको समय लिन नसकिएको अवस्थामा… पुरा पढौ

हालकै खोपले ओमिक्रोनबाट जोगाउन सक्छ: डब्ल्यूएचओ

एजेन्सीः विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले हाल प्रयोगमा रहेका खोपहरूले नै ओमिक्रोन भेरियन्टविरुद्ध काम गर्न सक्ने बताएको छ।दक्षिण अफ्रिकाको एक ल्याबमा गरिएको परीक्षणपश्चात् यस कुराको पुष्टि भएको हो। दक्षिण अफ्रिकी अध्ययनका अनुसार फाइजरको खोपले ओमिक्रोनविरुद्ध पहिलो भेरियन्टको तुलनामा ४० प्रतिशत कम प्रभावकारी काम गरेको निष्कर्ष निकालेको छ। अनुसन्धानकर्ताहरूका अनुसार फाइजरको अत्याधिक मात्राले भने नयाँ भेरियन्टलाई निष्क्रिय बनाएको छ। डब्ल्यूएचओका आपत्कालीन निर्देशक माइक रायनका अनुसार खोपले ओमिक्रोनको विरुद्ध काम नगर्ने कुनै संकेत फेला नपरेको पनि बताए। उनले डेल्टा वा अन्य भेरियन्ट जस्तो ओमिक्रोनले… पुरा पढौ

ब्राजिलियन फुटबलर पेले अस्पताल भर्ना

ब्राजिलका चर्चित फुटबलर पेले अस्पताल भर्ना भएका छन्। कोलोन ट्युमरको उपचार गर्न उनी अस्पताल गएका हुन्। तीन पटकका विश्वकप विजेता पेले साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका हुन्। यसअघि पनि गत सेप्टेम्बरमा ८१ वर्षीय पेलेको ट्युमरको शल्यक्रिया भएको थियो।  पेलेले सामाजिक संजालबाट उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिएका छन्।  सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो। सन् २०१९ मा पिशावमा संक्रमण देखिएपछि उनको उपचार गरिएको थियो। पेले आफ्नो फुटबल जीवनकालमा ब्राजिलका ९२ खेलमा ७७ गोल गरेका थिए।… पुरा पढौ

एनआरएनए भित्रको विवाद समाधान गरेर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव

काठमाडौं (जीएनएन) -- गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकारहरुले संघभित्रको जारी विवाद समाधान गरेर मात्र दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् । हाल काठमाडौँमा जम्मा भएका लगायत सात जना सल्लाहकारहरुले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडि बढाउन जोड दिएका हुन् । गैरआवासीय नेपाली संघ आइसीसी सल्लाहकारहरू विश्व आदर्श पण्डित, कुल आचार्य, जमुना घले, यम कुमार गुरुङ (त्रिलोक), सोम सापकोटा, एसी शेर्पा र हरिबोल भण्डारीले निर्वाचनको शुद्धता र विश्वसनीयता… पुरा पढौ

जापानले १८ वर्षभन्दा कम उमेरको लागि दिन लागेको एक लाख येन रकम स्थानीय सरकारको राय अनुसार गर्ने

१८ वर्षभन्दा कम उमेर समूहका लाई एक लाख येन नगद वा कुपन भुक्तानी गर्ने सम्बन्धमा मन्त्रिपरिषद् उपमुख्य सचिव किहराले यस वर्षको पूरक बजेटको तर्जुमा भएपछि स्थानीय सरकारले पूरै रकम नगदमा भुक्तानी गर्न सक्ने विशिष्ट अवस्था देखाउन चाहेको बताएका छन् । उपमुख्य मन्त्रिपरिषद् सचिव किहाराले बिहिबार पत्रकार सम्मेलन गर्दै कस्ता अवस्थामा नगद सुविधा दिन सकिन्छ भन्ने कुरा स्थानीय सरकारको राय बुझेर रकम उपलब्धताका विशेष विधिमार्फ़त प्रदान गरिने विचार गरिरहेको र स्थानीय सरकारको समर्थनमा काम गरिने बताए ।त्यसैका आधारमा उनले यो वर्षको… पुरा पढौ

जापानी वैज्ञानिकहरूले कोरोनाभाइरस पत्ता लगाउन चम्किलो मास्क विकास

पश्चिमी जापानको एक विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले अस्ट्रिचहरूको अण्डाबाट निकालिएको एन्टिबडीहरू प्रयोग गरेर कोरोना भाईरस पराबैंगनी प्रकाशको सम्पर्कमा आउँदा चम्किने मास्कहरू विकास गरेको छन ।क्योटो प्रिफेक्चरल युनिभर्सिटीको वैज्ञानिकहरूको टोलीका अध्यक्ष ५२ वर्षीय यासुहिरो त्सुकामोतोको नेतृत्वमा तयार पारिएको सो मास्कले प्रयोगकर्ताहरूलाई भाइरस संकुचित गरेको छ कि छैन भनेर परीक्षण गर्न सजिलो बनाउने गरि विकास गरिएको र यसले कोरोना भाईरस रोकथाममा थप टेवा पुर्याउने समेत आशा राखिएको छ।वैज्ञानिकहरूको टोलीले कोरोना भाइरसबाट संक्रमित ३२ जनालाई १० दिनसम्मको अवधिमा प्रयोग गर्दा उनीहरूले लगाएका सबै मास्कहरू… पुरा पढौ