राष्ट्रिय समाचार

जापानमा फेरि चार जनामा ओमिक्रोन संक्रमित भेटियो, हालसम्म १७ जना पुगे

यसै महिनाको ६ देखि ९ गतेसम्म संयुक्त राज्य अमेरिका र अन्य देशबाट जापान प्रवेश गरेका चारजना पुरुष र महिलामा नयाँ कोरोना भाईरसको म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ बाट संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ओमिक्रोन स्ट्रेनबाट संक्रमण पुष्टि भएको होयहि महिनाको ६ तारिखमा नाइजेरियामबाट नारिता एयरपोर्ट हुदै जापान आएका ४० वर्षीय पुरुष सहित ८ तारिक कान्साइ एयरपोर्टमा आएका २० वर्षीय अमेरिकी नागरिक, सोहि दिन नारिता एयरपोर्टमा केन्याका ३० वर्षीय अर्कों नागरिक त्यस्तै संयुक्त राज्य अमेरिकाबाट… पुरा पढौ

एमालेको संसद् अवरोध संविधानसम्मत् छैन : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले एमालेले गरिरहेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताएका छन् । आफूले नेपालको संविधान र प्रतिनिधि सभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको सापकोटाले बताए । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै उनले भोलि (मंगलबार) सुरू हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने पनि बताए। एमालेले संसद अवरोध गरेको प्रसंगमा सापकोटाले भने,‘उहाँहरूले जे गरिराख्नु भएको छ त्यो संविधान, नियम, कानुन अनुसार छैन। नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन् ।… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिबेशन सम्पन्न, अध्यक्षमा भवानी पन्त निर्वाचित

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिबेशन आईतबार जापानको टोकियोमा सम्पन्न भएको छ । सम्पन्न अधिबेशनबाट सन २०२१-२०२३ को कार्यकालका लागि भवानी पन्त अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।अधिवेशनले बरिष्ठ उपाध्यक्ष मोहन पौडेल, उपाध्यक्षमा श्यामहरी पाण्डे, श्रवण सत्याल, जनक सुबेदी, आर एच गौतम,र नवराज गौतम निर्वाचित भएको निर्वाचन समन्वय समितिका संयोजक हर्क थापाले जानकारी दिए । मंचको महासचिब बाबुराम पौडेल, उपमहासचिबमा दावा शेर्पा, शिबु थापा र रामकृष्ण भण्डारी चयन भएका छन भने सचिवमा खगराज गौतम, अर्जुन अंगाई, बेनुका खड्का, गौरी… पुरा पढौ

आईफोनले रेकर्ड गर्नसक्छ तपाईंको गोप्य गतिविधि, थाहा पाउने कसरी ?

काठमाडौं । कतै आफूले प्रयोग गरिरहेको फोनले आफैंलाई रेकर्ड गरिरहेको त छैन भन्ने प्रश्न हामीमध्ये धेरैलाई आउन सक्छ । किनभने पछिल्लो समय यस्ता धेरै घटना सार्वजनिक भएका छन् । प्रयोगकर्ताको जानकारी बिनै मोबाइलमा विभिन्न सफ्टवेयर इन्स्टल गरिदिने र प्रयोगकर्तालाई निगरानी गर्ने गरेको पाइन्छ । यस्ता समस्या एन्ड्रोइड, आईओएस लगायतका सम्पूर्ण डिभाइसमा हुनसक्छ । तर, यहाँ हामी तपाईंले आईओएस, त्यसमा पनि आईफोनमा कुनै एपले तपाईंलाई रेकर्ड गरिरहेको त छैन ? त्यो कसरी पत्ता लगाउने भन्ने विषयमा जानकारी दिँदैछौं । हुन त… पुरा पढौ

जापान राम्रो रेकर्ड भएका चालकहरूलाई इजाजतपत्र नवीकरण गर्दा अनलाइनद्वारा प्रशिक्षित गरिने

जापानको नेशनल पुलिस एजेन्सी (NPA) ले प्रशासनिक डिजिटलाइजेसनलाई व्यवस्थित गर्ने उद्देश्यले होक्काइडो, चिबा, क्योटो र यामागुची प्रान्तहरूमा आगामी वर्षको फेब्रुअरी १ तारिकदेखि राम्रो रेकर्ड भएका चालकहरूलाई इजाजतपत्र नवीकरण गर्दा अनलाइनद्वारा प्रशिक्षित परीक्षण गर्ने तयारी गरेको छ।यस परीक्षणले ६९ वर्षभन्दा माथि उमेर समूहका चालकहरूलाई मुख्य प्रभाव पार्ने एनपीएले बताएको छ । उसका अनुसार माई नम्बर कार्ड जारी गरिएको आधारमा प्रति महिना करिब ३५ हजार जनालाई अनलाइनमार्फत लेक्चरहरूको लिनका लागि योग्य हुने र परिक्षणको राम्रो नतिजा प्राप्त भएपछि आर्थिक वर्ष २०२४ को… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लव टोकियोको चौथो अधिवेशन हुने

"स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल"भन्ने मान्यताका साथ ल स्थापना भएको गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानको चौथो अधिबेशन हुने भएको छ।जापानमा रहेरका नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि आवश्यक योगदान पुर्याउने उद्देश्यले सन २०१५ मा स्थापना भएको क्लबको चौथो अधिवेशन यहि डिसेम्बर २१ तारिकका दिन टोकियोको ओमोरी स्थित सारंगी नेपाली रेष्टुरेण्टमा हुने क्लबका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए ।जापानमा विभिन्न पेशा ब्यावसाय अध्ययन र रोजगारीका लागि रहेका नेपाली समुदायमा रहेका खेलाडीको संरक्षण र नेपालको… पुरा पढौ

दुवै मृगौला फेल भएर अस्पतालको बेडमा छटपटाई रहेकी मुनालाई गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिले ५ लाख ३५ हजार सहयोग गर्यो ।

दुवै मृगौला फेल भएर अस्पतालको बेडमा छटपटाई रहेकी छोरीको उपचारका लागि गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिले संकलन गरेको रकम बुझ्दा उनका आखा आशुले भरिए । उपचारार्थ रकम हस्तान्तरणका लागि शनिबार बागलुङ ज़िल्लाको गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डवखानीमा आयोजित कार्यक्रममा मलिन अनुहार लिएर १९ वर्षीय छोरी मुना सुनारको जीवन रक्षाको याचना गरेकी लालमाया सुनारले ५ लाख ३५ हज़ार समात्दा भक्कानो छुटाउदै भनिंन मेरो छोरीको जीवन बचाउन भगवान बनेर आउनुभयो अब केहि आशा पलाएको छ ।लाऊँ लाऊँ खाऊँ खाऊँ भन्ने… पुरा पढौ

माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैनः प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको दावी गरेका छन्। पार्टीको सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै प्रचण्डले माओवादी राष्ट्र र जनताका लागि काम गर्ने पार्टी भएको भन्दै माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको टिप्पणी गरे। उनले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए। अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बिचमा रहेको भन्दै स्पष्ट… पुरा पढौ

कांग्रेसमा १३४ पदका लागि ५३८ जनाको मनोनयनः पदाधिकारीमा ३९ को भीडन्त, कुनमा कति उम्मेद्वारी?

काठमाडौँ– नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो । अपरान्ह पौने ५ बजेसम्ममा १३ पदाधिकारीका लागि ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयनका लागि दिएको समयमा सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । उपसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार… पुरा पढौ

प्रमुख निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा, निर्वाचन कार्यपालिकामा हेरफेर गर्दै उम्मेदवार मनोनयन १६ तारिक

गैर आवासीय नेपाली संघमा डेलिगेट्स छनोटमा अनियमितता भएको पाईएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले आफ्नो पदबाट राजीनामा दिएका लगत्तै अध्यक्ष कुमार पन्तले स्विकृत गरिदिएका छन् । निर्वाचन आयुक्तमा नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लिलामणी पौडेल थिए । पौडेलले आज नेपाल बार एसोसिएसनले सर्बोच्च अदालतका प्रमुख न्यायधिश चोलेन्द्र शमशेर राणाबिरुद्दको आन्दोलन चर्काउनुपर्ने र अत्यन्त ब्यस्तताका कारण एनआरएनए निर्वाचन आयुक्तकारुपमा समय दिन नसकेको कारण देखाउँदै राजिनामा दिएको एनआरएनए अध्यक्ष कुमार पन्तले बताए । उनले भने “पौडेलजीले नेपाल बार एसोसिएसनको आन्दोलनमा… पुरा पढौ