राष्ट्रिय समाचार

बेलायतका चार पत्रकारलाई बिएनसिसी सम्मान

लन्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) ले बेलायतमा कार्यरत चार नेपाली पत्रकारलाई सम्मान गरेको छ । बिहीबार बेलुका लन्डन इलिङस्थित हिल्टन होटेलमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो। बिएनसिसीको सम्मान प्राप्त गर्नेहरुमा पत्रकारहरु ध्रुवराज अर्याल, नवीन पोखरेल, शिव भण्डारी र डा जगन कार्की छन् । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल र बिएनसिसी अध्यक्ष डा कपिल रिजालले सम्मानपत्रसहित सम्मान गरेका थिए ।बेलायतमा रहेर मिडियाको क्षेत्रबाट नेपाल र नेपाली समुदायमा पुर्‍याएको योगदानको कदर… पुरा पढौ

एक वर्षपछि कांग्रेसको मञ्चमा ओली-प्रचण्ड संवाद, देउवा साक्षी

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिए। तत्कालीन नेकपा रहँदा माधव नेपाल समेतको साथ लिएर प्रचण्डले २०७७ वैशाखदेखि नै ओलीसँग शक्ति संघर्ष गरिरहेका थिए। यो शक्ति संघर्ष २०७७ असोजमा प्रचण्डले ओलीविरुद्ध पार्टीमा दस्तावेज दर्ता गरेसँगै चुलिएको थियो।  प्रचण्डकै भाषामा उक्त दस्तावेज ओलीको हेडक्वार्टरमा एउटा बमबार्ड थियो। आफूलाई किनारा लगाइ छाड्ने प्रचण्डको योजना विफल बनाउन पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएका थिए। त्यसपछि फागुन ११ मा प्रतिनिधिसभा विघटन रद्द भयो। तर… पुरा पढौ

कांग्रेस महाधिवेशनमा कम्युनिस्ट पूर्व सहयात्री : थोरै आलोचना, धेरै नजरअन्दाज, ओली र प्रचण्डलाई नमस्कार साट्न लगाए देउवाले

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा एउटा संयोग देखियो - एक अर्काका कटु आलोचक पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल एकैसाथ देखिए।  वर्ष दिन अघिसम्म एकै पार्टीमा रहेका र अहिले दलको नेतृत्व गरिरहेका नेताहरु एउटै मञ्चमा उभिए। तर, एक र अर्कालाई नजरअन्दाज गरे।  सबै राजनीतिक दलका नेताहरु उपस्थित उद्घाटन सत्रमा झण्डै वर्ष दिनपछि यी तीन नेताले एकै मञ्च सेयर गरे। कार्यक्रम सुरु हुनु अगावै प्रचण्ड र नेपाल मञ्चमा पुगिसकेका थिए। उद्‌घाटन कार्यक्रममा सबैभन्दा पछाडि आइपुगे नेकपा… पुरा पढौ

कांग्रेस महाधिवेशनमा के के भयो ? कस कसले के भने ?

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौँको भृकुटीमण्डमा दिउँसो १ बजे सुरु हुने भनिएको थियो । तर, निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भयो । कांग्रेस सभापतिदेखि केन्द्रीय सदस्यसम्म मञ्चै बोलाइएको उद्घाटन सत्रमा प्रमख राजनीतिक दलका नेतादेखि भारतका दुईवटा पार्टीका प्रतिनिधिले समेत शुभकामना दिए । नेताहरूबीच शुभकामना आदान प्रदानको क्रममा विगतमा जस्तो चर्को घोचपेच नभए पनि केही रोचक दृश्यहरु भने देखिएका छन् । १ महाधिवेशन उद्घाटनस्थलमा आयोजक कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा पहिला लोसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र… पुरा पढौ

देउवाले भने : ओली जस्ता तानाशाहीलाई हटाइयो, अब कांग्रेसलाई बहुमत ल्याउने जिम्मा मेरो

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए । 'म प्रधानमन्त्री भएका दिन जनताले मुक्ति पाए। ओलीको शासनबाट मुक्ति पाए', उनले भने, 'हाम्रा अगाडि अब जुन मुक्ति पाएका छौँ, बचाउने कि नबचाउने भन्ने छ।' देउवाले कांग्रेसको महाधिवेशनबाट आफूले जितेपछि डर त्रासमुक्त समाज बन्ने पनि बताए।  'यो… पुरा पढौ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले महाधिवेशनका लागि डेलिगेट्स सम्बन्धी विवाद नसुल्झिंदासम्म शुल्क नबुझाउने चेतावनी

काठमाडौँ (जीएनएन)-- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) सम्बन्धी विवाद नसुल्झिंदा सम्म एनसीसीहरुले केन्द्रलाई बुझाउने शुल्क नबुझाउने चेतावनी दिएका छन्। टिम कुलद्वारा बिहीबार आयोजित खुला डबलीलाई सम्बोधन गर्दै राष्ट्रिय समन्वय परिषद (एनसीसी) युकेका अध्यक्ष प्रेम गाहा मगरले एनसीसी युकेले विधान सम्मत ढंगले १७७ जना प्रतिनिधिको सूची अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) लाई पठाएको र केन्द्रले त्यसलाई स्वीकार्नु पर्ने बताए। "यदि हाम्रो सूचीलाई जस्ताको तस्तै स्वीकारिएन भने हामीले पनि सदस्यता शुल्क केन्द्रलाई पठाउने छैनौं," उनले… पुरा पढौ

जापानमा कोरोनाभाइरसको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२ पुग्यो, सचेत रहन डब्लुएचओको चेतावनी

जापानमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमणबाट शुक्रवार थप आठ जना संक्रमित भएको पुष्टि भएसंगै जापानमा ओमिक्रोन संक्रमितको संख्या १२ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन। संक्रमित आठ जना सबै विदेशबाट नोभेम्बरको अन्त्यदेखि यसै महिनाको सुरुमा जापान प्रवेश गरेको ती अधिकारीले बताए ।जापानमा नोभेम्बर ३० मा पहिलो पटक नामिबियाका ३० वर्षीय कूटनीतिज्ञलाई ओमिक्रोन भेरियन्टको देखापारेको पुष्टि भएको थियो भने दोस्रो केस पेरुबाट यात्रा गरेका २० वर्षीय मानिसमा संक्रमित भएको पुष्टि भएको थियो । नारिता एयरपोर्टमा आएका ती दुवै पुरुषमा पोजेटिभ देखिएको थियो ।… पुरा पढौ

विदेशमा कोसेली दरमखोलाको असला माछा

जिल्लाको गलकोटमा पाईने असला माछाको मूल्य बढेर गएको छ । दरमखोलाको चिसो पानीमा पाईने असला माछा निकै स्वादिलो हुने हुँदा यसको माग बढ्दो छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोलामा पाइने ‘असला’ माछाको माग विदेशमा बढेपछि यसको मूल्य विगत केही वर्ष यता ह्वात्तै बढेको हो । गलकोटबाट विश्वका विभीन्न मुलुकमा पुगेका प्रदेशीहरुलाई गाउँघरबाट कोसेली पठाउनका लागि चर्को मूल्य तिरेर माछा किन्न थालिएपछि अहिले असला माछाको मूल्य बढेको हो । अहिले दरमखोलामा पाईने सुकेको असला माछाको मूल्य प्रति किलो पाँच हजार… पुरा पढौ

कांग्रेस महाधिवेशन: तीन स्टेपको मञ्च, तयारी ९० प्रतिशत सकियो

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । बिहीवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राति १० बजेसम्मका सकिने बताए । संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपरेको कारण काम केही… पुरा पढौ

गगन थापाको अवधारणामा सम्मानित नेपालीको परिकल्पना ( पूर्णपाठ/भिडियो)

काठमाडौँ– नेपाली कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् । काठमाडौंमा बिहीबार कार्यक्रम आयोजना गरेर उनले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को संकल्पसहित अवधारणापत्र सार्वजनिक गरेका हुन् । शिक्ष, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । १५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल : सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने बताए । तर, यसका लागि… पुरा पढौ