राष्ट्रिय समाचार

नेकपा माओवादी केन्द्र गलकोट नगरको अध्यक्षमा रेग्मी चयन

नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले पार्टी नेतृत्वमा जिम्मेवार हेरफेर गरेको छ ।आज दरमखोला एग्रिकल्चर एण्ड अर्गानिक भान्साघर मजुवामा आयोजित बैठकले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले जानकारी दिनुभयो । जस अन्तर्गत नगर समितीको अध्यक्षमा चन्द्रदत्त रेग्मी, उपाध्यक्षमा विष्णु खत्री, गंगा भुजेल र कौशीला घर्ती मगर, सचिवमा भिम बहादुर विश्वकर्मा, सहसचिवमा सरस्वती कार्की र कोषाध्यक्षमा छुम बहादुर थापालाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै माओवादी केन्द्रले गलकोट नगरमा सचिवालय समिती समेत… पुरा पढौ

बिमामा ठगीको नया रूप: आफैं प्रिमियम तिरेर साढे २ करोडको बीमादेखि नक्कली बिहेसम्म 

२०७८ वैशाख २ गते बेलुका ११ बजे बाँकेको बैजनाथ गाउँपालिका– ६ को भित्री सडकमा भे १० प १७२७ नम्बरको मोटरसाइकललाई भे १ ख २४९१ नम्बरको मिनी ट्रकले ठक्कर दियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्जन बिकको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।  प्रहरीले मिनी ट्रक चालक टोपबहादुर राना क्षेत्रीलाई नियन्त्रणमा लियो । अनुसन्धान पूरा गरेर केस अदालतसम्म पुग्यो । अदालतले सवारी ज्यान मुद्दामा ट्रक चालक टोपबहादुर राना क्षेत्रीलाई ३० दिन कैद र २ हजार जरिवाना गर्‍यो । सर्जन… पुरा पढौ

जनार्दनमाथि छानबिन प्रकरण: ‘बाहिरबाट अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्न सकिने अवस्था देखिएन’- प्रतिवेदन

तत्कालीन अर्थमन्त्रीले अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक रहेका लक्ष्मणलाल कर्णले प्रतिवेदन पेस गरेका हुन् । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । पूर्व अर्थमन्त्री… पुरा पढौ

मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा

पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भु-भागमा मोवाईल सेवा पुराए सँगै जिल्लाले सञ्चारको क्षेत्रमा फडको मार्न सफल भएको हो । टेलिकमले आफनो सेवालाई त्यहाँ तिव्र रुपमा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपुर्ण गन्तव्यको रुपमा परिचित कागबेनी देखि मुक्तिनाथ मन्दिर सम्मको सडकलाई मध्यनजर गर्दै आफनो सेवा विस्तार गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं १ खिङगामा २५ मिटर स्थायी संरचना सहितको टावर निर्माण गरेर एकैसाथ… पुरा पढौ

जापानमा १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उदघाटन गर्ने

जापानमा नेपाली संस्कृति खानाबारेमा चिनाउने उदेश्यले टोकियोमा आयोजित नेपाल फेस्टिवलको उदघाटनका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना गर्ने भएका छन ।जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको र सो कार्यक्रमको उदघाटनका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना ले गर्ने निश्चित भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले जानकारी दिएको छ । फ़ेस्टिवलका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना नेपाल र जापानका बिचमा स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै… पुरा पढौ

जापानी कम्पनीहरूले कामदारहरूलाई ‘मुद्रास्फीति भत्ता’ दिन थाले

जापानका कम्पनीहरूले खाद्यान्न, बिजुली र पेट्रोलको बढ्दो मूल्यको बारेमा कामदारहरूको चिन्तालाई कम गर्न र उनीहरूलाई काममा ध्यान केन्द्रित गर्न उत्प्रेरित गर्नका लागि कर्मचारीहरूलाई "मुद्रास्फीति भत्ता" प्रदान गर्न थालेका छन्।कम्प्युटर सफ्टवेयर विकासकर्ता साइबोजुले जुलाई र अगस्टमा जापान र विदेशमा कार्यरत रहेका कर्मचारीहरूलाई विशेष भत्ता स्वरूप एकमुष्ट रकम भुक्तानी गर्ने निर्णय गरेको छ।यो रकम जापानमा काम गर्ने कामदारहरूको लागि ६० हजार देखि १ लाख ५० हजारसम्म भुक्तानी गरिने छ अर्थात् काम गरेको घण्टाको संख्यामा रकम निर्भर हुनेछ। इलेक्ट्रोनिक्स रिटेलर नोजिमा कम्तिमा चालु… पुरा पढौ

नेपाल टेलिकमले निःशुल्क एसईई स्टुडेन्ट सिम उपलब्ध गराउने, ३० दिनसम्म निःशुल्क डेटा, कल र एसएमएस

नेपाल टेलिकमले एसईई उत्तीर्ण विद्यार्थीहरुका लागि एसईई अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले निःशुल्क सिम (एसईई स्टुडेन्ट सिम) उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुने जनाइएकाे छ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम… पुरा पढौ

एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस, हेर्ने तारिक सहित

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिए । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरूले परीक्षा दिएका थिए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि… पुरा पढौ

अ ग्रेट सनः जसले बुबालाई कलेजो उपहार दिए 

‘कलेजो दान दिएर छोराले बुवाको जीवन बचाए, उनी यति धेरै भाग्यमानी रहेछन्, निलेश भगवानको अर्को रुप बन्न सके । जीवनमा यस्तो मौका कम मान्छेले मात्र पाउँछ र उपयोग गर्छ । अब उनले आफ्नो बाबालाई सम्झेर जीवनभर मुस्कुराइ रहन पाउनेछन् ।’ आजको दुनियाँमा सन्तानले केवल पैसा कमाएर दिए सन्तोष मान्ने अभिभावक अधिक छन् । र छन् आफ्ना आमा बुबालाई पैसा पठाइदिए सम्पूर्ण दायित्व, अभिभारा पुरा भएको ठान्ने सन्तानहरु । र त विभाजित मन सहित भौतिक दुरीमा बाँचिरहेका छन् सगोलका परिवार पनि… पुरा पढौ

गलकोट समाज जापानका क्षेत्रीय समिति कान्तो र नागोयाको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा राजु बस्नेत र अजय थापा कालु निर्वाचित

गलकोट समाज जापानका क्षेत्रीय समिति कान्तो र नागोयाको छैठौ अधिवेशन सम्पन्न भै आगामी कार्यकाल २०२२-२०२४ को लागि कान्तोमा राजु बस्नेत र नागोयामा अजय थापा कालु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । मंगलबार जापानको टोकियोस्थित शिन ओकुबोमा सम्पन्न कान्तो क्षेत्रीय समितिको अधिवेशनबाट उपाध्यक्षमा दिनेश थापा, प्रकाश निउरे मित्र, इश्वर बस्नेत र गगन खत्री झकास लेखा संयोजकमा हिमाल कंडेल, सचिवमा दिपक सुबेदी, सह सचिवमा गोविन्द केसी र पवन बोहोरा, कोषाध्यक्षमा गोम बुढाथोकी, सह कोषाध्यक्षमा सुरज केसी र गोविन्द खड्का निर्विरोध निर्वाचित भएका… पुरा पढौ