राष्ट्रिय समाचार

एक महिना १ सय साङ्लो घरमा राख्नुहोस, साढे दुई लाख रकम बुझ्नुहोस !

उत्तरी क्यारोलिनाको किट नियन्त्रण कम्पनीले घरधनीहरूलाई २००० डलर तिर्ने प्रस्ताव राखेको छ । तर यसका लागि घरधनीले आफ्नो घरमा सयवटा अमेरिकी साङ्लो छोड्न भने सहमत हुनुपर्छ । उक्त कम्पनीले आफ्नो नयाँ प्रविधिको परीक्षणका लागि यस्तो प्रस्ताव राखेको हो । यदि तपाईं महाद्वीपीय संयुक्त राज्य अमेरिकामा बस्नुहुन्छ र घरमै बसीबसी साढे दुई लाख कमाउन चाहनुहुन्छ भने  ‘द पेस्ट इन्फर्मर’ वेबसाइटमा जानुहोस् र उनीहरुको चलिरहेको प्रयोगात्मक कार्यक्रमको लागि साइन अप गर्नुहोस् । पेस्ट कन्ट्रोल कम्पनीले वास्तविक जीवनमा  साङ्लो विनाशको नयाँ प्रविधिको परीक्षण… पुरा पढौ

सपना जापानको : संघर्ष गर्न आत्मविश्वास चाहिन्छ, अपेक्षा धेरै नराखौ

जापानमा दुई साताको अवधिमा चार जनाको दुखद निधन भयो। दुईजनाले आफैँ मृत्यु रोजे भने अरू दुईजना बाँच्ने रहर हुँदाहुँदै पनि संसारबाट विदा भए। भाइ सुरेश गौतमको कति सपना थिए होलान्। फोटोग्राफीमा रूचि भएका भाइ सुरेशलाई बचाउन पाएको भए! परिवारले बचाउन र भाइ आफैँले पनि लाख प्रयास गर्दा उपाय लागेन। चारैजना नेपालीको आत्मालाई शान्ति मिलोस्। हार्दिक श्रद्धाञ्जली! यो बेला मेरो जापान बसाइको २४ वर्षको अवधिमा मित्र, छिमेकी, अभिभावक सबै नेपाली सम्झिएँ जसले जापानमै प्राण त्यागे। आज सबैलाई सम्झँदै लेखिरहेको छु– यसको अर्थ… पुरा पढौ

एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको चुनौती केहि घण्टापनि टिकेन, बाहिरियो एसपीपीलाई उनकै कार्यकालमा लेखेको पत्र

नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बखत २०७२ कात्तिकमा नै अमेरिकालाई पत्र लेखेको रहस्य बाहिरिएको छ । एसपीपी सम्झौतामा नेपालले हस्ताक्षर गर्न लागेको विषयले राजनीति तरङ्गित भइरहेका बेला उक्त पत्र बाहिरिएको हो । सन् २०१५ अक्टोबर २७ अर्थात् २०७२ कात्तिक १० गते तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई पत्र लेखेर नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा एसएसपीमा सहभागी हुन अनुरोध गरेको तथ्य बाहिर आएको हो… पुरा पढौ

गाउ गाउमा बिजुलीको उज्यालो भनेर चिनाउने लघुजलविद्युत् अहिले आफै अध्यारोमा

लघुजलविद्युत् आयोजनाको केन्द्र भनेर चिनिएको बाग्लुङका सबै साना तथा लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुली मिनिग्रिडमा जोड्ने योजना सात वर्षदेखि अलपत्र छ । लघुजलविद्युत् आयोजनालाई मिनिग्रिड बनाएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना कार्यान्वयन नहुँदा अधिकांश लघुजलविद्युत् आयोजनाको बिजुली खेर गइरहेको छ ।  गलकोट नगरपालिका–१ दुदिलाभाटीमा रहेका छ आयोजनालाई मिनिग्रिडमा जोड्ने लक्ष्यका साथ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २०७२ सालमा प्राविधिक अध्ययन तथा सर्वेक्षण गरेको थियो । केन्द्रीय प्रसारण लाइनको विस्तारसँगै गाउँमा सञ्चालित लघुजलविद्युत् आयोजनाको दिगो व्यवस्थापन हुने देखेर उपभोक्ता पनि हौसिएका थिए ।… पुरा पढौ

कतारमा नोभेम्वर २१ बाट हुने विश्वकप फुटबलको नेपाली समय तालिका सार्वजनिक 

कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गो लागि सकेको छ । विभिन्न ८ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ ।  कतारको राजधानी दोहामा हुने प्रतियोगिता नोभेम्वर २१ बाट सुरु हुने छ । पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्नेछन् । यद्दपी उद्धघाटन खेल कतार र इक्युडरबीच हुनेछ ।  यस्ता छन् समूह चरणसमूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्ससमूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबियासमूह ‘डी’… पुरा पढौ

लोकप्रिय लोकगायक बिष्णु खत्रीको ‘बर्खामास’ सार्वजनिक

असार लागेसँगै लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘बर्खामास’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान सार्वजनिक गरिएको छोटो समयमा नै गीतलाई धेरै मन पराइएको छ । गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीत पनि गायक खत्रीले नै दिनुभएको छ । कजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा कलाकार तुलवीर थापा र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियो छाँयाकन जिल्लाको गलकोट, हरिचौरमा गरिएको गायक खत्रीले बताउनुभयो । गलकोट उहाँको जन्मथलो पनि… पुरा पढौ

थाइल्याण्ड र म्यानमारमाबाट नेपाल पढ्न जाने विद्यार्थीहरूको सहजीकरणका लागि एनआरएनए थाइल्याण्डको शिक्षामन्त्रीलाई आग्रह

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डले शिक्षामन्त्री देवेन्द्र पौडेल सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा थाइल्याण्ड र म्यानमारमा बाट नेपाल पढ्न जाने विद्यार्थीहरूको सहजीकरणको लागि शिक्षामन्त्रीमार्फत पहल गर्न एनआरएनए थाइल्याण्डले शिक्षा मन्त्री समक्ष माग गरेका छन्। अन्तरक्रियालाई सम्बोधन गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले भविष्यमा गर्न सकिने शिक्षा सम्बन्धी कामहरुको नेपाल सरकार समक्ष पहल गर्ने र त्यसको लागि सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि शिक्षा नै महत्वपूर्ण पूर्वाधार भएकाले यसकै… पुरा पढौ

जापानमा मंगलबार निधन भएका सुरेशको शुक्रबार चिवा प्रान्तको उरायासु सिटीको चिदोरीमा अन्तिम संस्कार गरिने

जापानमा मंगलबार निधन भएका सुरेश गौतमको आगामी शुक्रवार अर्थात् जुन १७ तारिक चिवा प्रान्तको उरायासु सिटीको चिदोरीमा अन्तिम संस्कार गरिने भएको छ ।पारिवारिक स्रोतका अनुसार मृतक गौतमको शुक्रवार बिहान १० बजेदेखि २७९-००३२ चिवा प्रान्त उरायासु सिटी १५-३ चिदोरिमा अन्तिम संस्कार गरिने भएको हो ।स्थायी घर बागलुङ ज़िल्ला गलकोट नगरपालिका वार्ड नम्बर ९ टिमुरबोट भै हाल चिवाको उरायासुमा बसदै आएका २७ वर्षीय मृतक गौतमको लामो समयदेखिको ब्रेनट्यूमरको रोगका कारण मंगलबार साँझ शिनोजाकीको साकुरा अस्पतालमा उपचार कै क्रममा असामयिक निधन भएको हो… पुरा पढौ

अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताबारे प्रधानमन्त्रीले तत्काल जवाफ दिन गगन थापाको माग

सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरूले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ । ‘केही दिनदेखि संसद्को समितिमा, संसद्को बैठकमा माननीयज्यूहरूले एसपीसी सम्झौताबारेमा गम्भीर विषय उठाइरहनु भएको छ । यो विषय सरकारसँग सम्बन्धित छ ।… पुरा पढौ

बागलुङ गलकोटका २७ वर्षीय युवाको जापानमा निधन

जापानको चिवाको उरियासु परिवारसंगै बस्दै आएका बागलुङ ज़िल्ला गलकोट नगरपालिका वार्ड नम्बर ९ टिमुरबोटका २७ वर्षीय सुरेश गौतमको असामयिक निधन भएको छ ।लामो समयदेखि ब्रेनट्यूमरको रोगसंग लड्दै आएका गौतमको मंगलबार साँझ शिनोजाकीको साकुरा अस्पताल उपचार कै क्रममा मृत्यु भएको हो । पारिवारिक भिषामा लामो समयदेखि बुवा आमा दिदी बहिनी श्रीमति र ७ वर्षीय छोरीसंगै बसदै आएका उनी केहि वर्ष अघिदेखि नियमित उपचार कै क्रममा ३ पटकसम्म टाउकोको शल्यक्रिया भएको थियो ।पछिल्लो समय अस्पतालले उपचारमार्फत रोग निको हुन कठिनाई रहेको बताएपछि… पुरा पढौ