राष्ट्रिय समाचार

जापानमा एक व्यक्तिले अघिल्लो रिहाइको जमानतको रकम तिर्न नसकेपछि फेरि २१ वटा लुटपाट गर्दा पुन पक्राउ

क्योटो र ओसाका प्रान्तहरूमा चोरीको आरोपमा पटक पटक पक्राउ परि रिहा भएका एक व्यक्तिले आफ्नो अघिल्लो रिहाइको लागि "जमानतको पैसा फिर्ता गर्न" गरेको २१ चोरीमा मुद्दामा ती व्यक्तिलाई फेरि पक्राउ गरिएको छ।ओसाका सहरमा बस्ने निर्माण मजदुरको रूपमा कार्यरत ३९ वर्षीय जुन यामाओकालाई रिहाईपछि पनि पुन महिलाको सामान लुट्नेलगायतका २१ वटा चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।यामाओकालाई यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरि छोड़िएको प्रहरीलाई उदृत गर्दै जापानी समाचार माध्यमले उल्लेख गरेका छन। प्रहरी… पुरा पढौ

चलिरहेको ट्रेनमा रक्सीले मातेर सहयात्रीलाई ‘लात्ती हान्ने’ जापानका अर्थ उप मन्त्री पक्राउ

टोकियोमा चलिरहेको रेलमा सहयात्रीलाई कुटपिट र लात्तीले हानेको आरोपमा जापानी अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई शुक्रबार पक्राउ गरिएको छ ।५६ वर्षीय ‘नीति योजना र समन्वय‘ हेर्ने उपमन्त्री हेइहाचिरो ओनोले शुक्रबार बिहान यात्रुलाई लात्तीले हान्दै कुटपिट गरेको घटनाको लिएर पक्राउ गरिएको जापानी समाचार माध्यमले जनाएका छन । ओनोले भने घटनाको बारेमा कुनै सम्झना नभएको बताएका छन । समाचार स्रोतका अनुसार उनी रक्सीले मातेको थिए । टोकियोको शिबुया स्टेसन र नजिकको कानागावा प्रान्तको चुओ-रिङ्कन स्टेशनलाई जोड्ने टोक्यु देनेन्तोशी लाइनमा गुडिरहेको ट्रेनमा उक्त… पुरा पढौ

आगन्तुकलाई तीन समूहमा वर्गीकरण गरि जापान प्रवेशका लागि थप सहज बनाइदै

जापान सरकारले गर्मीको शुरुवातसंगै विदेशी नागरिकहरूलाई जापान प्रवेशका लागि विमानस्थलहरूमा सकारात्मक कोभिड-१९ परीक्षण परिणाम दरहरूको आधारमा तीन समूहमा वर्गीकरण गरेर कोरोनाभाइरस सीमा नियन्त्रण उपायहरू सहज बनाउने निर्णय गरेको छ।सरकारले जुन १ तारिकदेखि विदेशी आगन्तुकहरूको संख्या दैनिक १० हजारबाट २० हजार पु¥याउने योजना बनाएको छ तर हालको क्वारेन्टाइन प्रणालीलाई यथावत् कायम राख्ने र यो गर्मी सिजनको लागि आगन्तुकहरूलाई तीन समूहमा वर्गीकरण गरि सोहि बमोजिमको कोरोनाभाइरस परिक्षण गर्ने नयाँ योजना ल्याउने लागिएको सरकारी अधिकारीहरूले बताएका छन । हाल जापानी नागरिकहरू सहित सबै… पुरा पढौ

जापान आएको १ वर्ष मै बागलुङ बिहुँका ३१ वर्षीय सालिकराम कॅंडेलको मृत्यु 

बागलुङ जिल्ला काठेखोला गाउॅंपालिका वार्ड न ५ बिहुं घर भै हाल जापानको ओसाकामा कुक पेशामा कार्यरत ३१ वर्षीय सालिकराम कॅंडेलको बिहिबार मृत्यु भएको छ ।ओसाका स्थित आमागाशि शहरमा आफु बस्दै आएका कंडेलको शव निज कै कोठाको भान्छाकोठामा कम्प्युटरमा प्रयोग हुने तारले घाँटीमा पासो लगाइ झुन्डिएको अवस्थामा भेटिएको मृतकका भिनाजु भुवन सापकोटाले जानकारी दिए।एक वर्ष अघिमात्र जापानमा आएका मृतक कॅंडेलकी श्रीमती बिष्णु कॅंडेल एक महिना अघि मात्र जापान आएकी थिइन। उनले के कति कारणले आत्महत्या गरे भन्ने बारे खुलेको छैन। मृतकका… पुरा पढौ

जिल्लाभर जम्मा दुई जना महिला उपल्लो नेतृत्वमा,वडामा शुन्य नेतृत्व

दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् । बागलुङको एक पालिकाको नेतृत्व यसपटक महिलाले गर्ने भए पनि स्थानीयतहको निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा सदस्यमा मात्रै सीमित भएको पाइएको छ । बागलुङका चार नगरपालिका र छ गाउँपालिकामध्ये २०७४ सालको निर्वाचनमा छ पालिकाका उपप्रमखु तथा उपाध्यक्षमा महिला थिए । अहिलेको निर्वाचनमा जिल्लाको बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी… पुरा पढौ

काठमाण्डौ महानगरपालिकामा बालेंन शाहको अग्रता १२ हजार १९ मतले 

काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । अहिले बिहान साढे ५ बजेको  पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत ल्याउका छन। यो एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार १९ मतले धेरै हो । स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गर्नु भएको छ । कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत ल्याएकी हुन। उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले अहिलेसम्म २६ हजार ६ मत पाएकी छन । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले… पुरा पढौ

६१७ पालिकाको मतपरिणाम सार्वजनिक हुँदा कसले कति जिते?

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान ६ बजेसम्म ६१७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो । जसमा २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७१ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १११ स्थान जितेका छन् । यस्तै जनता समाजवादी पार्टीले १८, नेकपा (एकीकृत समाजवादी) ले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् ।… पुरा पढौ

भूलवश जम्मा भएको ४ करोड ६३ लाख रकम फिर्ता गर्न अस्विकार गर्ने युवकलाई जापान प्रहरीले पक्राउ गर्यो

पश्चिमी जापानको यामागुची प्रान्त अन्तरगत अबु नगरपालिका सरकारको गल्तीले ४६.३ मिलियन येन (लगभग $ ३६६,०००) रकम एकल परिवारको बैंक खातामा कोरोनाभाइरस सहायता बापत जम्मा गरिदिए पछि फिर्ता गर्न अस्वीकार गर्ने २४ वर्षीय युवकलाई पश्चिम जापानको प्रहरीले उनी बसेको सहरबाट पक्राउ गरेको छ ।यामागुची प्रिफेक्चरल पुलिसले बुधवार अबेर राति कम्प्युटर जालसाजीको आशंकामा तागुची शोलाई पक्राउ गरेको हो ।अबु शहरका अधिकारीहरूले गत महिना गल्तिवश तागुचीको बैंक खातामा पैसा जम्मा गरिदिएपछि सो रकम फिर्ता गरिदिन गरेको आग्रह र कानुनी प्रक्रियालाई समेत अटेर गरेका… पुरा पढौ

चितवनको रत्ननगर नगरपालिकाको १२ नम्बरमा माओवादीले इतिहास रच्यो

चितवनको ठूलो एवं नेपालकै तेश्रो ठूलो पर्यटकीय गन्तब्य सौराहाको काखमा रहेको रत्ननगर नगरपालिकामा स्थानीय तह निर्वाचन-२०७९ मा माओवादी केन्द्रले इतिहास रचेको छ। माओवादी केन्द्रले रत्ननगर नगरपालिकामा यस अघिको निर्वाचनमा कुनै पनि वार्डमा समेत वर्डा अध्यक्ष जित्न सकेको थिएन। यस पटक भने रत्ननगर नगरपालिका वर्डा नं . १२ मा वार्ड अध्यक्षमा सुन्दरमणि सुवेदी र महिला सदस्य चन्द्रकला पनेरु बिजय भए संगै इतिहास रचेको हो । हालै मात्र त्यस पालिकामा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष श्याम बरालले रत्ननगर - १२ को… पुरा पढौ

भरतपुरमा रेनु दाहालको २२६७ मतका साथ अग्रता

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २२६७ मतको अग्रता लिएकी छन्। हालसम्म ३२ हजार २ सय ९३  मत गणना गर्दा रेनुले ११ हजार ९ सय ६६ मत पाएकी छन् भने राप्रपासँग तालमेल गरेको नेकपा एमालेका विजय सुवेदीले ९६९९ मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५२३५ मत पाएका छन्। उपमेयरतर्फ पनि सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ। गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रशेन अधिकारीले १४ हजार १ सय ६६ मत पाउँदा राप्रपाका हिमला गुरूङले… पुरा पढौ