राष्ट्रिय समाचार

भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा मेयर र उपमेयर पदमा जित सुनिश्चित

चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । जम्मा ११ हजार १७३ मत गन्न बाँकी रहँदा गन्न बाँकी रहेको मतभन्दा पनि बढीको मतान्तर बनाएपछि दाहाल र अधिकारीको जित सुनिश्चित भएको हो । निर्वाचन कार्यालयका अनुसार हालसम्म मेयरमा रेनु दाहालको ४७ हजार ४० मत ल्याएकी छन् । त्यसैगरी मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३५ हजार ५८३ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार २६३ मत छ… पुरा पढौ

लन्डनमा मनाइयो २५६६ औँ बुद्ध जयन्ति

लण्डन -- लण्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा आइतबार एक भव्य समारोहका बीच २५६६ औँ बुद्ध जयन्ति मनाइएको छ।बुद्ध फाउन्डेशन युके, बेलायतस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड लगायतको सहकार्यमा आयोजित कार्यक्रममा भगवान बुद्ध को शोभा यात्रा निकालिएको थियो। त्यस्तै नेपालको संस्कृति दर्शाउने शेर्पा नाच, मन्जुश्री नाच, लाखे नाच, थारू नाच आदि प्रस्तुत गरिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथले नेपाललाई विश्वभर चिनाएको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको लुम्बिनी… पुरा पढौ

गैरआवासीय नेपालीका मुद्दा सम्बोधन गर्न संघको आग्रह

लन्डन-- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीहरुका मुद्दा सम्बोधन गर्न आग्रह गरेको छ।प्रधानमंत्री कार्यालयमा एक ज्ञापनपत्र पठाउदै संघले ८ बुँदे सुझाव दिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संघले गैरआवासीय नेपाली नागरिकता, लगानी, वैदेशिक रोजगार, नेपालको पूर्वाधार विकास लगायतका विषयमा ती सुझावहरु पेश गरिएको जनाए ।संघका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयमा पठाएको पत्रमा समावेश गरिएका बिषयहरु सम्बोधन भएमा नेपालमा लगानीको वातावरण सुदृढ हुनगई विदेशी मुद्राको संचितिमा… पुरा पढौ

सपथ लिए लगत्तै अस्ट्रेलियाका प्रधानमन्त्री जापानको भ्रमणमा निस्के

अस्ट्रेलियामा शनिबार सम्पन्न भएको संघीय चुनावबाट सत्ताधारी लिबरल दलको प्रधानमन्त्रीलाई हराउदै लेबर पार्टीले जित हात पारेसंगै ३१ औ प्रधानमन्त्रीको रूपमा शपथ लिएको भोलिपल्ट नै एन्थोनी अल्बानी सोमवार जापानको भ्रमणमा आउदै छन ।मंगलबार हुने क्वाड शिखर सम्मेलनमा सहभागी हुनका लागि नवनियुक्त प्रधानमन्त्री एन्थोनी जापान आउन लागेका हुन ।सन् २०१३ देखि लिबरल गठबन्धन सत्ता हातमा लिएदेखि नै प्रतिपक्षमा रहेका एन्थोनीको दल लेबरले नौ बर्षपछि विपक्षी दल लिबरललाई ब्यालेटबाट सत्ता खोसेको हो । क्वाड राष्ट्रका सदस्यहरु अमेरिका, भारत र जापानका नेताहरुलाई भेट्न उनी… पुरा पढौ

अमेरिकी राष्ट्रपति जो बाइडेन जापान भ्रमणमा, इन्डो-प्यासिफिक आर्थिक ढाँचाको सुरुवातको घोषणा गरिने

एसियामा अमेरिकी गठबन्धनहरूलाई सुदृढ पार्ने भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार जापान आइपुगेका छन् । युक्रेनमाथि रसियाको युद्धको सन्दर्भमा चिनको आत्मविश्वास र बलियो व्यवहार र सहयोगको बीचमा जापान र अमेरिकाको द्विपक्षीय गठबन्धनलाई बलियो बनाउने उद्देश्यका साथ आफ्नो पदभार ग्रहण गरेपछि पहिलो पटक जापानको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन जापान आइपुगे हुन। दक्षिण कोरियाको पहिलो एसिया भ्रमणमा गएका बाइडेनलाई आइतबार दिउँसो टोकियोको योकोटा एयर बेसमा आइपुगेका थिए र उनलाई जापानी विदेशमन्त्री योशिमासा हयाशी,जापानका लागि अमेरिकी राजदूत रहम इमानुएल लगायतले… पुरा पढौ

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १६ वर्षीय बिट्टु विक, १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी… पुरा पढौ

खानपानको बारेमा जानकारी दिने किताब ‘नेपाली भान्सा र महिला स्वास्थ्य’

खानपानका सम्बन्धमा चेतनाको अभावले भ्रम सिर्जना हुनु एउटा पक्ष हो तर सोधखोज गर्न सक्ने र चेतना भएका मानिसले नै त्यसरी प्रमाणहिन कुरालाई अनुशरण गरिदिँदा वा हो मा हो मिलाइदिँदा सारा समाजमा त्यसको असर परिरहेको छ । यस्ता वाक्यले समाजमा भ्रम गाडिन मदत पुगेको छ । आज यस्तै विषयमा चर्चा गर्ने प्रयत्न गरिएको छ।हाम्रो समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने थुप्रै आहानहरू अझै दिनहुँ प्रयोगमा आइरहेका छन् । उदाहरणका रूपमा ‘जात फाल्नु गहतको झोलमा’, ‘बाहुनले च्याउ खाओस् न स्वाद पाओस्’ भन्ने उखानलाई… पुरा पढौ

काठमाडौं महानगरपालिकामा ४० हजार ४२७ मतसँगै बालेनको अग्रता कायमै, स्थापित तेस्रो स्थानमा

काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्वका लागि एक सातादेखि जारी मतगणनाका क्रममा आइतवार मध्यान्हसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता अझै बढेको छ। आइतवार दिउँसो ११ बजेसम्म १ लाख १४ हजार २०५ मत गनिसकिएको छ।सो मत गणनाबाट प्राप्त नतिजामा मेयरको उमेदवारीमा बालेन्द्र शाह( बालेन)को दबदबा कायम छ । सुरुदेखि नै लिड गरिरहेका बालेनले १ लाख १३ हजार मत गन्दासम्म ४० हजार ४२७ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ र नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत… पुरा पढौ

भरतपुरमा ३३ हजार ६०७ मत गन्न बाँकी रहदा रेनु ८ हजार ५९ मतले अगाडि

भरतपुर महानगरपालिकामा अब ३३ हजार ६०७ मत गन्न बाँकी छ । भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत गनेर सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हाे ।  गठबन्धनबाट मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत मात्रै प्राप्त गरेका छन् । दाहाल सुवेदीभन्दा आठ हजार ५९ मतले अगाडि छन् ।  मेयरमा कांग्रेसबाट बागी उमेदवारी… पुरा पढौ

राजधानी भित्र यात्रा गर्ने टोकियोवासीहरूलाई सरकारले ट्राभल सब्सिडी दिने

टोकियो महानगर सरकारले आफ़नो कोभिड-१९ संक्रमणको "अलार्म अवधि" समाप्त गर्दै जापानको राजधानीका रेष्टुरेण्टहरूले कोरोनाभाइरस नियन्त्रण र रोकथामका सघन उपायहरू अवलम्बन गर्नका लागि हालको लागु गरिएको "प्रति टेबल आठ जनासम्म" सम्म मात्र रहने नियमलाई मे २२ पछि हटाउने भएको छ ।गोल्डेन विक बिदाको पछिको अवधिमा संक्रमण फैलिने जुन अनुमान गरिएको थियो त्यो नभएको,संक्रमणको दर निकै कम रहेको छ लगायतका कारणले गर्दा मे २० मा सम्पन्न महानगरीय सरकारको कोरोनाभाइरस टास्क फोर्सको बैठकले टोकियो महानगर सरकारले आफ़नो "अलार्म अवधि" समाप्त गर्ने निर्णय गरेको… पुरा पढौ