भरतपुरमा ३३ हजार ६०७ मत गन्न बाँकी रहदा रेनु ८ हजार ५९ मतले अगाडि

-


     जनहित न्युज    
     जेठ ८ गते २०७९


भरतपुर महानगरपालिकामा अब ३३ हजार ६०७ मत गन्न बाँकी छ । भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत गनेर सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हाे । 

गठबन्धनबाट मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत मात्रै प्राप्त गरेका छन् । दाहाल सुवेदीभन्दा आठ हजार ५९ मतले अगाडि छन् । 

मेयरमा कांग्रेसबाट बागी उमेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत मात्रै प्राप्त गरेकी छन् । अहिले भरतपुर–२० र २१ नम्बरको मत गणना भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?