
काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्वका लागि एक सातादेखि जारी मतगणनाका क्रममा आइतवार मध्यान्हसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता अझै बढेको छ।
आइतवार दिउँसो ११ बजेसम्म १ लाख १४ हजार २०५ मत गनिसकिएको छ।सो मत गणनाबाट प्राप्त नतिजामा मेयरको उमेदवारीमा बालेन्द्र शाह( बालेन)को दबदबा कायम छ ।
सुरुदेखि नै लिड गरिरहेका बालेनले १ लाख १३ हजार मत गन्दासम्म ४० हजार ४२७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ र नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।



