राष्ट्रिय समाचार

स्याङ्जा समाज नागोयाले जमघट कार्यक्रम गर्ने

स्याङ्जा समाज नागोयाले जमघट तथा (BBQ )कार्यक्रम गर्ने भएको छ। जापानमा कोभिड-१९ का कारण लामो समय देखि भेला तथा जमघट हुन सकेको थिएन। स्याङ्जा समाज नागोयाले कार्यक्रम आयोजना गरे पनि उक्त कार्यक्रममा सबैको लाई प्रवेश खुल्ला गरिएको स्याङ्जा समाज नागोयाका महासचिव मनोज ढुङ्गानाले बताए। l कार्यक्रम जुन २५ तारिक शनिवार नागोया स्थित तोदागावा र्योकुची पार्कमा हुने बताईएको छ। कार्यक्रम खानपिनको लागि मात्र नभई बिदेशमा कामको थकान कम गर्न तथा नेपाली - नेपाली बिचको सम्बन्ध प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको सञ्चारकर्मि… पुरा पढौ

जापान सरकारद्वारा हालै गरिएको मूल्यवृद्धिप्रति ६४ प्रतिशत जापानीहरू असन्तुष्ट: सर्वेक्षण

फुमियो किशिदा नेतृत्वको सरकार गठन पश्चात् भएको मूल्यवृद्धिप्रति ६४ प्रतिशत जापानीहरू असन्तुष्टी व्यक्त गरेको एक सर्वेक्षण देखाएको छ ।क्योदो न्यूजले गरेको सर्वेक्षणलाई सोमबार सार्वजनिक गर्दै मूल्यवृद्धिप्रति प्रधानमन्त्री फुमियो किशिदाको कदमलाई अपर्याप्त निर्णय मान्ने जापानीहरूको अनुपात ६४.१ प्रतिशत रहेको र भने २८.१ प्रतिशतले मूल्यवृद्धिलाई सन्तोषजनक रूपमा लिएको प्रतिक्रिया दिएको उल्लेख गरिएको छ ।गत शनिबारदेखि तीन दिनेसम्म राष्ट्रव्यापी टेलिफोन मार्फत गरिएको सर्वेक्षणमा कुल ७७.३ प्रतिशतले खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यले उनीहरूको जीवनमा कष्टकर प्रभाव पारेको बताएका छन्, जुन अप्रिलको… पुरा पढौ

यस्तो छ ‘अमेरिकी सेना भित्र्याउने’ १० बुँदे प्रस्तावित सम्झौता

अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा नेपालखबरलाई प्राप्त भएको छ। १० धारा, ६ पृष्ठमा समेटिएको यो मस्यौदा अनुसार नै सम्झौतामा हस्ताक्षर भए अब नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउनेछ। सम्झौतामा अमेरिकाका तर्फबाट त्यहाँको रक्षा मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ। नेपालका तर्फबाट नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई हस्ताक्षर गराउने गरी मस्यौदा तयार पारिएको छ। तर, नेपाली सेनाले यस्तो सामरिक महत्वको सम्झौतामा सेनाका तर्फबाट हस्ताक्षर गर्दा संस्था विवादमा पर्न… पुरा पढौ

हुक्का सेवन: भ्रम र सत्य

आजकल रेस्टुरेन्टको मेनुमा अक्सर भेटिन्छ– ‘हुक्का एभाइलेवल’। रेस्टुरेन्टहरुमा विभिन्न रङ र साइजका हुक्का सजाएर राखिएको हुन्छ। कति रेस्टुरेन्टको नाम नै ‘हुक्का बार’हुन्छ। हुक्कालाईशिशा, नर्घिल, अर्घिले, वाटरपाइप, हुब्बल बब्बल, गोजाजस्ता नामले समेत पुराकिन्छ।यसैबाट प्रस्ट हुन्छ–तान्नेहरुका बीचमा हुक्का कति लोकप्रिय छ।  आजकल फेसन जस्तै बनेको छ हुक्का। तर, धेरै कमैलाई मात्र थाहा होला, हुक्का पिउँदाका बेफाइदा। एउटा हुक्का पिउनु २ सय खिल्ली चुरोटपिउनुभन्दा बढी हानिकारक हुन्छ। चुरोटको सर्को कहिल्यै नतानेका आजका युवायुवतीले हुक्काको स्वाद चाखिसकेका छन्। स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला,… पुरा पढौ

तमु धीँ जापानको २४औं रोधीं साँझ २०२२ को लागि चर्चित गायक राजु लामा जापान आउदै

तमु धीँ जापानको आयोजनामा २४औं रोधीं साँझ २०२२ मा अगस्ट २१ तारिख आईतबार टोकियोमा भब्य रुपमा मनाउने भएको छ । २४औं रोधीं साँझ २०२२ मा अगस्ट २१ तारिख टोकियोमा भब्य रुपमा मनाउन लागेको तमु धीँको महासचिव खेम तमुले जानकारी दिए ।२४औं रोधीं साँझ २०२२ मा नेपाली चर्चित गायक मंगोलिय हर्टका राजु लामाको प्रस्तुती हुने भएको छ । तमु धीं जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजना मध्ये रोधीं साँझ एक कार्यक्रम हो । जनवरीमा ल्होसार साँझ र अगष्टमा रोधीं साँझ हुने… पुरा पढौ

नागोयामा विद्यार्थीको समस्या बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

जापानको नागोया शहरमा नेपालबाट आएका विद्यार्थीको समस्या र समाधान बारेमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित अधिकांश विधार्थीले आफूहरूलाई एउटै कोठामा धेरै विद्यार्थीहरु कोचेर राखेको गुनासो गरेका थिए । जुन नेपालीहरुले सञ्चालन गरेको होस्टलमा यो समस्या अधिक रहेको बताएका थिए। उनीहरुले जापानमा अरुबाट नभई नेपालीले नेपालीबाटै ठगिन परेको पिडा व्यक्त गरेका थिए। जापानमा नेपालीका निम्ति भनेर खोलेका संघ - संस्थाको ध्यान त्यस तर्फ जान पर्ने उनीहरूको आग्रह रहेको थियो। जापान आएको महिनौं सम्म पनि काम नपाउनु अर्कों प्रमुख… पुरा पढौ

जापानी मुद्रा सन २००२ यता कै सबैभन्दा कमजोर, नेपाल पैसा पठाउन

जापानी मुद्रा सोमबार फेब्रुअरी २००२ पछिको सबैभन्दा कम भै डलरको स्तरमा १ सय ३५ येनमा कमजोर भएको छ ।जापान र संयुक्त राज्य अमेरिका बीचको ब्याज दरको अन्तरलाई थप फराकिलो बनाउदै २० वर्ष यता कै न्यून स्तरमा पुगेको छ।दुई देशहरू बीचको मौद्रिक नीतिमा विचलनलाई बढावा दिने अनुमानको कारण शुक्रबार जारी गरिएको मे को लागि अमेरिकी उपभोक्ता मूल्य डेटा फेडरल रिजर्भले आक्रामक दर वृद्धि भएको हुनसक्ने अर्थ जानकारहरूले बताएका छन ।जापानी येन कमजोर हुनाले त्यसको प्रत्यक्ष मारमा नेपाली कामदारहरू परेका छन ।… पुरा पढौ

एनआरएनए एशिया प्यासिफिक उप-संयोजक ददिवल खड्कालाई जापानमा सम्मान

टोकियो । ग्लोबल मल्टीमिडिया प्रा.लीले संचलन गरेको मातृ सन्देश डट कमले एनआरएनए एशिया प्यासिफिक उप-संयोजक निर्वाचित ददिवल खड्कालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । टोकियोमा जुन १२ तारिख आइतबार भेंटघाट रेष्टुरेण्टमा आयोजित कार्यक्रमको बीच डिआरसी खड्कालाई सम्मान गरेको हो । २०७९ सालको नेपाली क्यालेन्डर वितरण, विज्ञापनदाताहरुलाई मायाको चिनो कप प्रदान तथा सम्मान कार्यक्रममा एनआरएनए आइसीसी उप महासचिव ओम गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पर्वत समाज जापानका अध्यक्ष जनक सुबेदी, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीब राई, थकाली समाज… पुरा पढौ

जापानमा बाग्लुङ बिंहुका कंडेलको हृदयघातबाट निधन

जापानमा फेरि अर्का एक नेपालीको निधन भएको छ । परिवार सहित जापानको साईतामा प्रान्तको तोकोरोजावामा बस्दै आएको निलकन्ठ कडेलको आईतबार विहान हृदयघात भई मृत्यु भएको हो । श्रीमती र २ छोरीहरु सहित जापानको साईतामा बस्दै आएका ४१ वर्षीय कडेलको आईतबार विहान घरमा बेहोस भएपछि उनको निधन भएको बताईएको छ । कडेलको १४ वर्षीय छोरा भने नेपालमा नै रहँदै आएको नेपाल न्यूज पोष्टले आफ़नो समाचारमा लेखेको छ । बाग्लुङ जिल्ला काठेखोला ६ बिहुँ हटिया ठेगाना भएका कडेल कुक भिषामा बिगत ९… पुरा पढौ

जापानी राजदूत यूताकाद्वारा सुरक्षा निकायका अधिकारीसँगको भेटवार्तामा तिव्रता

काठमाडौं- जापानी राजदूत एचई श्री किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा भेटवार्ता भएको छ । भेटमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनको बारेमा जानकारी गराइएको थियो । त्यसैगरी नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहनुको साथै  विपद् व्यवस्थापनमा अहम भूमिका रहेको तथा जापानसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनको बारेमा समेत जानकारी गराइएको थियो । सोही अवसरमा जापानी राजदूतको तर्फबाट नेपाल र जापानबीचको सम्बन्ध, नेपाललाई सधैँ सहयोग… पुरा पढौ