राष्ट्रिय समाचार

नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल बनिन उप सभामुख

नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् । २०७४ सालको चुनावबाट सांसद भएलगत्तै भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार बनेकी थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फेसँग पराजित भइन । त्यसबेला तुम्बाहाम्फे २०१ मत प्राप्त गरी विजयी हुँदा भुसालले ५८ मत पाएकी थिइन् । तर, शुक्रबारसम्म आइपुग्दा नेपालको राजनीतिक दलहरूको अवस्था, दलीय समीकरण र सरकार फेरियो… पुरा पढौ

माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान, ‘भ्रमण राष्ट्रकै हितको पक्षमा केन्द्रीत हुनेछ’ : प्रचण्ड

काठमाडाै‌ ३१ असार,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तिन सदस्यीय टोलीसहित भारत जानुभएको हो । अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल राष्ट्र र नेपाली जनताको हितकै पक्षमा केन्द्रीत हुने बताउनुभएको छ । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भ्रमणमा सीमा समस्याको सम्वोधन, नेपाल(भारत द्विपक्षीय सम्बन्ध, व्यापार घाटा लगायतका विषयमा छलफल हुने जानकारी दिनुभएको थियो ।अध्यक्ष प्रचण्डले आफूले पहिलो प्रधानमन्त्रीत्व… पुरा पढौ

गल्कोट समाज क्षेत्रीय समिति नागोयाको अधिवेशन जुलाई २६ मा हुने

गल्कोट समाज क्षेत्रीय समिति नागोयाको आगामी कार्यकाल २०२२-२०२४ को लागि नया कार्यसमिति चयनको लागि छैठौ अधिवेशन जुलाई २६ तारिकमा हुने भएको छ ।बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानको नागोया क्षेत्रमा रहेका गलकोटेहरूको उपस्थितिमा हुने सो अधिवेशन “हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ सम्पन्न हुन लागेको हो ।जुलाई २६ को लागि तय भएको नागोया क्षेत्रीय समितिको अधिवेशन नागोयाको Sannomaru, Naka-ku, Nagoya मा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष राम थापा काजीले जानकारी दिए… पुरा पढौ

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा रामु साहनी निर्वाचित

छैठौ अधिवेशनबाट आगामी कार्यकाल २०२२-२०२४ को लागि रामु साहनी (हटिया धुस्तुङ)को अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।बिहिबार जापानको ओसाका स्थित जिग्री दोहोरी साँझमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा नारायण थापा (मल्म), नवीन गौतम (घाईरन) र जनक बोहोरा( बोहोराफाँट) सचिवमा तेजु खत्री ( दुदिलाभाटी), सह सचिवमा शुक्र पुन( नरेठाटी) कोषाध्यक्षमा विपिन सापकोटा (काक्राखोर) सह- कोषाध्यक्षमा कौशल बोहोरा (बोहोराफाँट) निर्वाचित भएको क्षेत्रीय समितिको निर्वाचन सम्पन्न गर्न ज़िम्मेवारी पाएका समाजका उपाध्यक्ष सुमित खत्रीले जानकारी दिए । सम्पन्न अधिवेशनबाट निर्वाचित हुने कार्यसमितिको सदस्यमा बेल… पुरा पढौ

गभर्नर अधिकारीले नैतिकताको आधारमा छाड्नुपर्छ-प्रधानमन्त्री देउवा   

प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागि भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले भन्नुभयो– नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ?’… पुरा पढौ

आबे हत्यामा ‘ युनिफिकेसन चर्च’ मुछियो, हत्यामा संलग्न यामागामीकी आमाले दिएकी थिइन करिब १० करोड येन चर्चलाई

जुलाई ८ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानेर हत्या गर्ने व्यक्तिकी आमाले धार्मिक संस्था युनिफिकेसन चर्चलाई करिब १० करोड येन (७२०,००० डलर) दान गरेको पुष्टि उनका काकाले गरेका छन।आबेका हत्यारा जापानका ४१ वर्षे बेरोजगार व्यक्ति तेत्सुया यामागामीले प्रहरी अनुसन्धानमा पूर्व प्रधानमन्त्री आबे सो चर्चसँग जोडिएको र आफ़नी आमाले चर्चलाई प्रदान गरेको चन्दाका कारण परिवार आर्थिक संकटमा फ़सेकोले सोही रिसका कारण हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।बुबाको मृत्युपछि करिब ६० मिलियन येनसहित परिवारको जग्गा र घर बिक्रीबाट प्राप्त आम्दानी करिब… पुरा पढौ

नेपाली ग्राहकलाई लक्षित गर्दै फरकपनका साथ जापानको शिन ओकुबोमा ‘किङ्स लाउन्ज एण्ड बार ‘

टोकियो, जापान ।नेपालीहरुको बढ्दो जनघनत्वसँगै टोकियो क्षेत्रमा व्यापारको दायरा पनि फराकिलो बन्दै गएको छ । मुख्यत सयौं नेपाली रेष्टुरेण्टहरुको भिड रहेको टोकियोको मध्य भाग ओकुबो, शिनओकुबो क्षेत्रमा धेरै रेष्टुरेण्टहरुको फरक फरक विशेषतालाई एकसाथ प्रस्तुत गरेको छ किङ्स लाउन्ज एण्ड बार ले । नेपाली मौलिक परिकारका खानाको लागि, लोक दोहोरिका लागि, लाईभ म्यूजिक व्याण्ड प्रस्तुती हेर्नका लागि फरक फरक रेष्टुरेण्टहरु धाइरहनुपर्ने नेपालीहरुको बाध्यतालाई बोध गर्दै युवा नेपाली व्यवसायिहरुले ओकुबो स्टेशन नजिक संचालनमा ल्याएका छन् किङ्स लाउन्ज एण्ड बार । जहाँ नेपाली… पुरा पढौ

जापानमा निःशुल्क नेपाली भाषा पढाइरहेका रेसम 

एक दशकअघि जापान आइपुग्दा धादिङका रेसम उप्रेतीले भाषा नबुझेर अनेक हण्डर खानुपर्यो। उनी आफूले भन्न खोजेको कुरा भन्न सक्दैनथे। जापानीहरुले बोलेको बुझ्दैनथे। भनेको बेला काम फेला पार्न सकेनन्। त्यतिबेला उनलाई लाग्यो, भाषा भनेको बाँच्ने आधार रहेछ। जापानको बसाइ लम्बिँदै जाँदा उनले देखे– जापानमै जन्मेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा आउँदो रहेनछ। यो देखेर उनलाई खल्लो लाग्यो। त्यसैलाई बदल्न उनले जापानमा जन्मेको नेपाली पुस्तालाई नेपाली भाषा सिकाउने प्रयास सुरु गरेका छन्। रेसमले नागोयामा भाषा स्कुल सञ्चालन गर्न थालेका छन्। जुन स्कुलमा नेपालबाट… पुरा पढौ

कविका रचनामा ‘भानु’ 

‘खुबै आनन्दमा हुन्छुदुई–नौ असार आउँदाश्रद्धाले शीर निहुरिन्छतिम्रा कीर्ति सुनाउँदा’ २०९औं भानु जयन्ती समारोहमा स्रष्टाहरूले आदिकविको तस्बिरमा फूल मात्र चढाएनन् शब्दश्रद्धा पनि टक्राए । प्रस्तुत कवितांशमार्फत शब्दकर्मी मेघराज पाण्डेले भानु जयन्तीअर्थात असार २९ लाई गौरवपूर्ण दिनका रूपमा लिए । ‘श्रद्धासुमन’ कविता पाठ गरेपछि पाण्डेले आदिकविप्रति राज्यले दर्शाएको सम्मान स्तुत्य रहेको बताए । ‘भानु जयन्तीमा सार्वजनिक बिदा दिएर गण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूतिको मूल्यबोध गरेको छ’, उनले भने । कवि धनराज सापकोटा ‘जिज्ञासू’ले सरकारी कार्यालयमा हुने ढिलासुस्तीप्रति कटु प्रहार गर्दै भानुभक्तले लेखेको… पुरा पढौ

मासिँदै बागलुङको स्थानीय प्रविधिका झोलुङ्गे पुल 

गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन । ‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो । “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपथ्र्यो”, घर्तीले भने, “नौ, दस कक्षा पढ्ने बेलासम्मै त्यहीँ बाटो भएर हिँड्यौँ, हामी सानो छँदादेखि नै त्यहाँ झोलुङ्गे पुल थियो ।” परम्परागत सीप र साधनबाट बनाइएको पुल संरक्षण गर्नुपर्नेमा उल्टै भत्काइएपछि घर्तीको मन कुँडिएको हो… पुरा पढौ