राष्ट्रिय समाचार

एमालेले नक्कली एम अधिकारी बनाउन खोजेपछि मनोजलाई तनाव, फोनै अफ गरेर सम्पर्कविहीन ! 

नेकपा एमालेले अर्थ तथा योजना विभाग सदस्य ‘एम अधिकारी’ भनेर सार्वजनिक गर्न खोजेका एक पात्र फोन नै नलाग्ने बनाएर सम्पर्कविहीन भएका छन् । एम अधिकारी नाम गरेको व्यक्ति राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नै भएको भन्दै विभिन्न प्रमाणहरू सार्वजनिक भएपछि एमाले नयाँ एम अधिकारीको खोजीमा लागेको थियो । यसबीचमा बिहीवार केही नेताले मिडियामा सूचना चुहाए– एम अधिकारी भनेको सीए मनोज अधिकारी हुन्, विराटनगरतिर बस्छन् । यो समाचार आउनेबित्तिकै मनोजको फोनमा तारन्तर घण्टी बज्न थाल्यो । मनोजलाई सुवेदी थरका एक व्यक्तिले… पुरा पढौ

स्कटल्याण्डमाथि नेपालको सानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ। ग्लास्कोमा जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा  ५ विकेट गुमाएर भेट्टायो । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन । बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन । बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे । शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । त्यसक्रममा ६२ बल खेलेका… पुरा पढौ

ऐन विपरित एमालेको अर्थ विभागमा रहेका गर्भनर अधिकारीको शैक्षिक योग्यता समेत अपुग

राष्ट्र बैंक ऐन, २०५८ बिपरित नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतासमेत अपुग रहेको भेटिएको छ ।राष्ट्र बैंक ऐनले गभर्नर हुनका लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्ने अनिवार्य सर्त राखेको छ । तर, गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा गत बैशाखमा बुझाएको व्यक्तिगत बिबरण (बायोडाटा) मा स्नातक तह मात्रै पास भएको बिबरण पेश गरेका छन् । उनले पेश गरेको व्यक्तिगत बिबरण अनुसार सन् १९८९ मा काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेका हुन् । उनले भारतको… पुरा पढौ

नेपाली व्यावसायी संघ नागोयाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा नरबहादुर थापा चयन

जापानमा रहेका नेपाली ब्यावसायीको हक हित, व्यापार प्रवर्द्धनमा सहयोग र अनुभव साटासटको लागि सन २०१८ मा स्थापना भएको नेपाली व्यावसायी संघ अन्तरगत नागोयाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नरवहादुर थापाको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति र्निविरोध रूपमा चयन गरेको छ। नागोयामा रहेका नेपाली व्यावसायीहरूको उक्त भेलाले उपाध्यक्षमा अर्जुन केसी, गंगा घर्ती मगर, सीता कोईराला चयन गरेको छ। त्यस्तै सचिवमा सन्देश पोख्रेल , सह - सचिवमा बिन्दु शर्मा र मनोज केसी र कोषाध्यक्षमा युवराज गौतम चयन भएका। चयन हुने कार्यसमिति सदस्यमा… पुरा पढौ

कस्तो रह्यो जापानका लोकप्रिय नेता सिन्जो आबेको अन्तिम संस्कार (शब्द चित्रमा)

गत हप्ता स्टम्प भाषण दिने क्रममा गोली हानी मारिएका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि मंगलबार टोकियोको मुटुमा रहेको एक बुद्ध मन्दिरमा गरिएको छ । कार्यक्रमस्थल बाहिर मानिसहरुको ठूलो भीड जम्मा भएको थियो । अन्त्येष्टिमा उपस्थित मानिसहरूको भीड राजधानीको मिनाटो वार्डमा रहेको जोजोजी बौद्ध मन्दिरमा उनको अन्त्येष्टिमा उनको परिवार र अन्यले शोक गरेका पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई श्रद्धाञ्जली अर्पण गर्न र आबेको शव बोकेको कार हेर्नको लागि मानिसहरूको भिड लागेको थियो । उनकी पत्नी अकी अगाडिको सिटमा बसेकी थिइन। आबेको शव… पुरा पढौ

अल बिदा आबे सान ! आबेले कल्पना गरेका मुद्दा पुनर्जिवित गराउने प्रधानमन्त्री किशिदाको प्रतिबद्धता

मंगलबार पूर्व प्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि गरिएको छ । गत हप्ता भएको हत्याले राष्ट्रसहित विश्वलाई नै स्तब्ध बनाएको छ र जापानको रक्षा संयन्त्रलाई माझबुत बनाउने जस्ता आफ्ना प्रमुख नीतिहरूमा नयाँ शिराबाट सोच्न बाध्य पारेको छ । कुशल राजनीतिज्ञ जसले २०२० मा समाप्त भएको आफ्नो लामो कार्यकालको कीर्तिमानीले देशको अर्थतन्त्र र यसको कूटनीतिक स्वरूपलाई आकार दिएका थिए । किशिदाले सोमबार एक पत्रकार सम्मेलनमा भने- "पूर्व प्रधानमन्त्री आबेले जुन विषयलाई लिएर भावुक थिए, त्यसलाई कार्यान्वयन गर्न सकेनन्, म ती मुद्दाहरू उठाउनेछु।" त्यसमा… पुरा पढौ

गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन जुलाई २६ मा टोकियोको शिन ओकुबोमा हुने

“हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तो छैठौ अधिवेशनको जुलाई २६ तारिक हुने भएको छ ।जुलाई २६ को लागि तय भएको कान्तो क्षेत्रीय समितिको अधिवेशन टोकियोको शिन ओकुबोमा रहेको सोलमारीको मुरा हलमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष रमेश कुमार खत्रीले जानकारी दिए ।केन्द्रीय समितिबाट कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका उपाध्यक्ष रत्नसिंह बस्नेतले जुलाई २६ तारिक हुने… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइको छैठौ अधिवेशन जुलाई १४ मा हुने

जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्साइको छेठौ अधिवेशनको जुलाई १४ तारिक हुने भएको छ ।जुलाई १४ को लागि तय भएको कान्साइ क्षेत्रीय समितिको अधिवेशन ओसाकामा रहेको जिग्री दोहोरी साँझमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।कान्साइ क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका उपाध्यक्ष सुमित खत्रीले एक सूचना जारी गर्दै जुलाई १४ तारिक बिहिबारका हुने गल्कोट समाज कान्साईको छैठौ अधिवेशनमा कान्साईबासी गल्कोटेहरुलाई ऊपस्थित भएर सफल पारीदिनुका… पुरा पढौ

जापानको नागोयामा दोश्रो नेपाल फेष्टिवल हुने

जापानको तेश्रो ठूलो शहर नागोयामा दोश्रो नेपाल फेष्टिवल आयोजना हुने भएको छ। नागोयामा बसेको भेलाले आगामी सेप्टेम्बर ३ तारिक शनिबार र ४ तारिक आइतबार नेपाल फेष्टिवल गर्ने निर्णय गरेको फेष्टिवल प्रचार - प्रसार उप समितिका संयोजक भवानी पन्तले बताए। फेस्टिवल सम्पन्न गर्न एनआरएनए नागोया क्षेत्रीय समिति आयोजक रहने छ भने सह - आयोजक तथा प्रायोजकहरु छिटै घोषणा गरिने एनआरएनए नागोयाका संयोजक मनोज बम मल्लले बताए।फेष्टिवल सम्पन्न गर्नका लागी एनआरएनए नागोयाका पूर्व अध्यक्ष एवं एनआरएनए आईसिसि सदस्य समेत रहेका दिपक कार्की… पुरा पढौ

मन्त्री भुसाल र लिउले शुरुआत गर्नुभयो –‘स्माइलिङ चिल्ड्रेन’ परियोजना

ऊर्जा, जलस्रोत सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको शुरुआत गर्नुभएको छ । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उहाँहरूले सो परियोजनाको शुरुआत गर्नुभएको हो । त्यस अवसरमा मन्त्री भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । उहाँले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानमा… पुरा पढौ