
जापानमा रहेका नेपाली ब्यावसायीको हक हित, व्यापार प्रवर्द्धनमा सहयोग र अनुभव साटासटको लागि सन २०१८ मा स्थापना भएको नेपाली व्यावसायी संघ अन्तरगत नागोयाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नरवहादुर थापाको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति र्निविरोध रूपमा चयन गरेको छ। नागोयामा रहेका नेपाली व्यावसायीहरूको उक्त भेलाले उपाध्यक्षमा अर्जुन केसी, गंगा घर्ती मगर, सीता कोईराला चयन गरेको छ। त्यस्तै सचिवमा सन्देश पोख्रेल , सह – सचिवमा बिन्दु शर्मा र मनोज केसी र कोषाध्यक्षमा युवराज गौतम चयन भएका।

चयन हुने कार्यसमिति सदस्यमा योवन देवान, दिनेश गौतम, विष्णुकुमार गिरी, प्रविण अधिकारी, साइमन बिश्वकर्मा , निरज थापा, गोबिन्द्र रिजाल, मित्र सिक्देल रहेका छन् । अन्य सदस्यहरुमा बिन्दुश्री थापा, राम खरेल, श्याम सितल, राजकुमार अधिकारी, प्रेम राई, धन खत्री, भेषनाथ गौतम र गोविन्द्रप्रसाद भुषाल रहेका छन।

नेपाली व्यावसायी संघको आवश्यकता र औचित्यका बारेमा उठेका जिज्ञासाको बारेमा संघका केन्द्रीय अध्यक्ष विजय थकाली, वरिष्ठ उपाध्यक्ष ददिवल खड्का र कोषाध्यक्ष नरवहादुर थापाले स्पष्ट पारेका थिए।
कार्यक्रममा निर्वाचित समितिलाई शुभकामना व्यक्त वक्ताहरूले व्यावसायिकतालाई अंगीकार गर्दै जापानको प्रतिस्पर्धात्मक बजारसँग एकाकार हुने गरि व्यावसाय गर्न नेपाली व्यावसायीलाई आवश्यक सहजीकरण गर्न संघले भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।

यसरी शुभकामना मन्तव्य व्यक्त गर्नेमा नेपाली व्यावसायी संघका केन्द्रीय कार्यसमिति सदस्य विष्णुप्रसाद घिमिरे , बाबुराम खरेल, एनआरएनए आइसीसीका उपाध्यक्ष रोविन्द्र श्रेष्ठ गल्कोट समाज जापानका संरक्षक मोहन खत्री ,जनप्रगतिशिल मञ्चका अध्यक्ष भवानी पन्त, गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, एनआर एनए जापानका सचिव श्याम शितल , उपाध्यक्ष राजकुमार अधिकारी , एनआरएनए एशिया प्यासिफिक उपाध्यक्ष एवं नेपाल जापान संघका वरिष्ठ उपाध्यक्ष ददिबल खड्का, नेपाल व्यावसायी संघका अध्यक्ष बिजय थकाली, नेपाल पत्रकार महासंघ जापान साखाका सल्लाहकार कविकिरण न्यौपाने, एनआरएनए आईसिसि सदस्य दिपक कार्की लगाएतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए।
नेपाली व्यावसायी संघले निकट भविष्यमा ओसाका र फुकोओकामा पनि संगठन विस्तार गर्ने बताईएको छ।



