राष्ट्रिय समाचार

आर्थिक बोझ, स्वतन्त्रता गुम्ने भन्दै जापानीले ३० वर्ष नाघेपछि  विवाह गर्न चाहदैनन

सरकारी सर्वेक्षणअनुसार जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन्। सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा कम हो। दोस्रो विश्वयुद्धपछि जापानमा बेबी बूम भएको थियो यद्यपि, यो १९४७ देखि १९४९ सम्म मात्र दुई वर्षसम्म चलेको थियो। दोस्रो बेबी बूम सन् १९७१ देखि १९७४ सम्म चलेको थियो, यद्यपि जापानको जनसंख्या चिन्ताजनक रूपमा घट्दै गएको… पुरा पढौ

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोपको केहि प्रमाण भेटेन छानबिन समितिले

काठमाडौं- निवर्तमान अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको छानबिन प्रक्रिया अन्तिम चरणतर्फ पुग्दै गर्दा अर्थमन्त्रीविरुद्ध अभियोग पुष्टि हुने कुनै प्रमाण भेट्टाउन सकेको छैन ।  मन्त्रालयका अधिकारीहरुले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषयको प्रतिवाद गरेको र त्यसैअनुसार बयान दिएको समिति स्रोतले जानकारी दिएको छ ।  समितिले अर्थसचिव मधु मरासिनीसँग ४ घण्टा र राजस्व सचिव कृष्णहरि पुष्करसँग ३ घण्टा बयान लिएको स्रोतले जनाएको छ । दुई सचिवहरुसँग नै लामो बयान लिएको थियो । समितिले सिसिटिभी फुटेज पत्ता नलाग्ने निष्कर्ष… पुरा पढौ

कानागावा नेपाली कम्युनिटिद्वारा नवप्रवेशी नेपाली विद्यार्थीहरुलाई परामर्श तथा स्वागत कार्यक्रम

कानागावा नेपाली कम्युनिटिको आयोजनामा जापानमा नव आगन्तुक नेपाली विद्यार्थीहरुलाई लक्षित गरी स्वागत तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । जुलाई १७ तारिख आईतबार कानागावा प्रिफेक्चरको योकोहामामा आयोजित कार्यक्रममा नव आगन्तुक नेपाली विद्यार्थीहरु लक्षित गरी पार्टटाइम काम, भिषा, जापान बसाई तथा पढाइ सम्बन्धी विषयगत रूपमा आफ्नो अनुभव आदान प्रदान तथा ज्ञानहरु बाढ्दै जापानको दैनिकीमा आवश्यक सूचना र जानकारीको बारेमा परामर्श प्रदान गरिएको थियो । कानागावा नेपाली कम्युनिटीका उपाध्यक्ष तथा एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ, कानागावा नेपाली कम्युनिटीका संरक्षक एवम् खानागावा सरकारका सल्लाहकार… पुरा पढौ

ट्रान्स अमेरिकन कराते एसोसिएसन अफ अमेरिका (टास्क) र ग्लोबल नेपाली कराते संगठन (गिन्को) को ‘रेफ्री रिफ़्रेसर ट्रेनिङ ‘ सम्पन्न

ट्रान्स अमेरिकन कराते एसोसिएसन अफ अमेरिका (टास्क) र ग्लोबल नेपाली कराते संगठन (गिन्को) को समन्वय निर्देशनमा पेन्सिलभेनिया राज्यको पिटसबर्ग सहरमा ५ दिने कराते खेल कार्यक्रम भव्यताका साथ गत १० तारिक सम्पन्न भयो lउक्त कार्यक्रममा गिन्को एबम टास्क सहभागीहरुले जापानिज गुरु स्वर्गीय हिरोमासा तानाकाका उत्तराधिकारी सेन्सेइ केंजिरो ओएडाबाट ६ दिन करातेका परम्परागत कला एबम काता सम्बन्धित प्रशिक्षण लिएका थिए l ६ तारिकका दिन टास्कका खेलाडी भाइ बहिनीहरूका गुरु केंजिरो ओयडाको निर्देशनमा गिन्कोका सल्लाहकार वरिष्ठ प्रशिक्षक सुधिरनाथ नेवाले काता ,कुमिते प्रशिक्षण गिन्को… पुरा पढौ

१२ औँ नेपाल फेस्टिवलको तयारीको बारेमा २२ तारिक पत्रकार सम्मेलन गरिने

टोकियोमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, २२ तारिक पत्रकार सम्मेलन गरिने टोकियो/जापान । जापानको टोकियोमा यहि जुलाई ३० र ३१ तारिख आयोजना हुने, १२ औँ नेपाल फेस्टिवल २०२२ को तयारी तथा आकर्षण लगायतका सम्पूर्ण जानकारीहरु सार्वजनिक गर्ने उदेश्य सहित जुलाई २२ तारिक बृहत पत्रकार सम्मेलन आयोजना गरिने भएको छ । नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज नागरिकहरुलाई परिचय गराउनुको साथै हाम्रो कला-सांस्कृतिक आदन-प्रदान गर्ने उदेश्यले आयोजित मेला यहि जुलाई ३० र… पुरा पढौ

सेन्दाई विद्यार्थी समूहको जुलाई १८ तारिक हुने प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा

सेन्दाई विद्यार्थी समूहको जुलाई १८ तारिक हुने प्रथम अधिवेशन तथा नवप्रवेशी नेपाली विद्यार्थीहरूलाई स्वागत तथा सहयोगी अग्रज सम्मान साथै यस वर्षको कार्य तालिका सार्वजनिकीकरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।जापानको मियागी केनको सेन्दाइ शहरमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई एकीकृत गरी उनीहरुको सहयोगमा रचनात्मक कार्य गर्दै आइरहेको ‘सेन्दाई विद्यार्थी समूह’को प्रथम अधिवेशनको लागि विषयगत समितिहरूले आफ़्नो ज़िम्मेवारीका कार्य पूरा गरि सकेको कार्यक्रम संयोजक गोकर्ण रूपाखेतीले जानकारी दिए । सेन्दाई विद्यार्थी समूहले वार्षिक रूपमै कार्ययोजना बनाएर आफ़्नो सक्रियता बढाउने भको छ ।त्यसका… पुरा पढौ

नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनमा कार्य गरेका डा. दुर्गा बहादुर सुवेदी जापानका लागि राजदूत नियुक्त

सरकारले जापानका लागि नेपालको आवासीय राजदूतमा यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा कार्य गरेका डा. दुर्गा बहादुर सुवेदीलाई नियुक्त गरेको छ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा. सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख गरिएको छ ।हाल सबैभन्दा बढी तलब पाइने जापानको निम्ति राजदूत बनाएको हो । उनी मन्त्रालयका शिष्टाचार महापाल हुन् । बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्केलगत्तै परराष्ट्र मन्त्रालयमा शिष्टाचार… पुरा पढौ

घाँटी दुखेको छ ? हेलचक्राई नगर्नुहोस, परिवर्तित कोभिड-१९ को हालको मुख्य लक्षण यहि हो- अध्ययन

कोभिड-१९ कोरोना भाईरस भएको व्यक्तिलाई ज्वरो आउने वा गन्ध नआउने जस्ता लक्षणहरू महामारीको सुरुवाती चरणमा सबैभन्दा विशेष लक्षण मानिने भएपनि हालै विकसित भएको लक्षणमा अहिले यी लक्षण कम रिपोर्ट गरिएका मध्येका हुन्। अहिले देखिएको कोरोना भाईरसको विकसित लक्षणमा घाँटी दुख्नु मुख्य लक्षण भएको नयाँ तथ्याङ्कले देखाएको यसका विज्ञहरूले बताएका छन । जो कोभिड अध्ययनका अनुसार अहिले फेला परेको सबैभन्दा प्रचलित लक्षणहरूमा टाउको दुख्ने र नाक बन्द हुने रहेका छन । महामारीको सुरुमा ज्वरो आउने वा गन्ध नमिल्ने जस्ता लक्षणहरूलाई भाइरसको… पुरा पढौ

जापानमा हवात्तै बढ्यो कोरोना,एकैदिन १ लाख १० हजार संक्रमित

कोभिड-१९ को संक्रमण जापानमा हवात्तै बढेर दैनिक १ लाख भन्दा बढ़ि संक्रमित हुन पुगेका छन ।फेब्रुअरी यताकै सबैभन्दा धेरै संक्रमित भै शनिबार १ लाख १० हजार बढि पुगेसंगै एक हप्ता अघिको तुलनामा दोब्बरले संक्रमितको संख्या बढ़ेको छ । फेब्रुअरीदेखि संक्रमणहरू लगातार घट्दै गएको थियो तर जुनको अन्त्यबाट फेरि पुनरुत्थान हुदै जापानमा अत्यधिक ट्रान्समिसिबल BA.5 ओमिक्रोनको सवभेरियन्ट उत्प्रेरितद्वारा संक्रमणको सातौं लहरमा प्रवेश जानकारहरूले बताएका छन ।सङ्क्रमणको दर बढ़ेसंगै गम्भीर अवस्थाका बिरामी र मृत्यु हुनेको सङ्ख्या बढ्ने चिन्ता बढेर गएको छ ।… पुरा पढौ

दिल्ली पुगेर प्रचण्डले भने- ‘नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्छ ।’

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन। फाउन्डेसन फर पब्लिक अर्वानेश एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा गरेको एक कार्यक्रममा शनिबार बोल्दै दाहालले कूटनीतिक संवादमार्फत दुई मुलुकबीचका समस्या समाधान गरेर जान पनि बताए। उनले त्यही क्रममा उक्त सन्धिको पुनरावलोकनमा ढिलाइ गर्न नहुने पनि बताएका छन्। नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझै प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने दाहालले बताए।   अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध… पुरा पढौ