राष्ट्रिय समाचार

एप्पल आईडीको पासवर्ड परिवर्तन गर्नुपर्ने भयो, यसरी गर्नुस तरिकासहित

एप्पलका सेवा प्रयाेग गर्न स्वभावैले एप्पल आईडी चाहिन्छ । एप्पल स्टोर, आईक्लाउड, आईमेसेज, फेसटाइम र एप्पल म्युजिकजस्ता सेवामा पहुँच पाउन एप्पल आईडी आवश्यक पर्छ । कुनै नयाँ एप्पल डिभाइस सेटअप गर्नु पर्‍यो भने पनि एप्पल आईडी आवश्यक पर्ने गर्छ । यदि तपाईंले प्रयोग गरिरहेको एप्पल आईडीको पासवर्ड कसैलाई जानकारी भएको थाहा पाउनुभयो भने तुरुन्तै परिवर्तन गर्नुपर्ने हुन्छ । यसाे गर्दा तपाईंले आफ्नो डिभाइसमा भएका महत्त्वपूर्ण डेटा सुरक्षित राख्न सक्नुहुन्छ । तपाईंले नयाँ पासवर्ड राख्नुपर्‍यो भने सबैभन्दा पहिले आठ ओटा क्यारेक्टरको… पुरा पढौ

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या गर्न प्रयोग गरेको बन्दुक ब्याट्रीबाट चल्ने र घरमै बनाइएको पुष्टि

नारामा पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा संदिग्ध व्यक्तिले प्रयोग गरेको बन्दुक ब्याट्रीले चलाउने गरी बनाइएको अनुसन्धानबाट खुलेको छ।नारा प्रिफेक्चरल प्रहरीले पक्राउ परेका आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीको घरमा जुलाई २४ मा खोजी गर्दा बन्दुक र बारूद बनाउन प्रयोग हुने सामानको रसिद बरामद गरेको थियो।घटनामा प्रयोग गरिएको बन्दुकमा विनाइल टेपमा बेरेका दुईवटा धातुको सिलिन्डर रहेको र ट्रिगर तान्दा ६ वटा प्रक्षेपण गर्न सक्ने भएको अनुसन्धान स्रोतले जनाएको छ ।प्रिफेक्चरल प्रहरीले बरामद हतियारको जाँच गर्दा त्यसमा विद्युतीय तार र ब्याट्री रहेको भेटाएको थियो… पुरा पढौ

जापानको टोकियोमा पहिलो मन्कीपक्सको बिरामी फेला परे

विश्वव्यापी रुपमा मंकीपक्स भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा जापानको टोकियोमा पहिलो केस पुष्टि भएको छ ।विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेलगत्तै सोमबार टोकियोमा ३० वर्ष उमेरको एक जना पुरुषमा मन्कीपक्सको पहिलो केस पोजेटिभ देखिएको पुष्टि भएसंगै टोकियोमा पहिलो केस पुष्टि भएको टोकियोका गभर्नर कोइके युरिकोले सोमबार पत्रकार सम्मेलनमा उक्त घटनाको पुष्टि गरेका हुन्।अधिकारीहरूका अनुसार ती व्यक्ति जुनको अन्त्यमा युरोप भ्रमण गरेका थिए र जुलाईको मध्यमा जापान फर्केका थिए।उनी युरोपमा हुँदा भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएको… पुरा पढौ

वैदेशिक रोजगारमा गएर ज्यान गुमाएका र अङ्गभङ्ग भएकाको छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन खुला

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ करार अवधिभित्र मृत्यु भएका, पूर्ण रुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारका बालबालिकालाई  शैक्षिक सत्र २०७९ का लागि वैदेशिक रोजगार छात्रवृत्ति आवेदन खुला गरिएको छ।  वैदेशिक रोजगार बोर्डको सचिवालयले सूचना जारी गर्दै बालबालिका अध्ययनरत शैक्षिक संस्थामा वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूची (१) बमोजिम ढाँचामा २०७९ साल असोज मसान्तभित्र निवेदन दिन उल्लेख गरेको छ।  श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ मृत्यु, अङ्गभङ्ग वा बिरामी भइ वैदेशिक रोजगार बोर्डमा शतप्रतिशत आर्थिक सहायता लिएका… पुरा पढौ

नेपाल पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका एक प्रमुख नेता पुष्पकमल दाहाल’प्रचण्ड’ ५ दिने भ्रमणको लागि जापान आउदै

नेपाल पूर्व प्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा सत्तारुढ दलका एक प्रमुख नेता पुष्पकमल दाहाल (प्रचण्ड) ५ दिने भ्रमणको लागि अगस्ट ६ तारिक जापान आउने भएका छन ।नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए । जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नजिकबाट जानकारी लिनका लागि नेपाली जनप्रगतिशील… पुरा पढौ

जापानमा साकुराजिमा ज्वालामुखी विस्फोट, सतर्कताको स्तर उच्च बढाइयो

दक्षिणपश्चिमी जापानको कागोशिमा प्रिफेक्चरमा रहेको साकुराजिमामा आइतबार भएको ज्वालामुखी विष्फोट भऐक छ जसले गर्दा विष्फोटको चेतावनी उच्च तहमा पुर्‍याएको जापानको मौसम विज्ञान एजेन्सीले बताएको छ आइतबार बेलुका ८ बजेर ५ मिनेटमा भएको ज्वालामुखी विष्पोटबाट २.५ किलोमिटरसम्म ढुङ्गाहरू खसेको तर विष्फोट पछि कुनै पनि चोटपटकको तत्काल रिपोर्ट नआएको एजेन्सी र स्थानीय प्रहरीले बताएका छन । विष्फोट पछि एजेन्सीले ज्वालामुखीको सतर्कताको लागि लागि आफ्नो स्तर ३ बाट ५ सम्मको स्केलमा सतर्कता बढाएको छ । त्यस क्षेत्रका जनतालाई सम्भावित खतरा हुन सक्ने भएकोले… पुरा पढौ

झुण्डिएका तीन किशोरी घटना : शंकास्पद र अनौठो

झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुईजनाको मोवाइल फेला परेको प्रहरीले जनाएको  छ ।  झापाका प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार दुईजनाको गोजीमा मोवाइल फेला परेको र बाँकी एकजनाको मोवाइल भने फेला नपरेको प्रहरी प्रवक्ता थापाले बताउनुभयो  ।  फेला परेका दुबै  मोवाइलमा ‘प्याट्रोन लक’  रहेको र  मोबाइल जाँचका लागि डिजिटल फोरेन्सिक ल्यावमा पठाइको पाठकले बताउनु भयो  । तीनै जनाको शवमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाइ छ । प्रहरी  प्रवक्ताले घटना धेरै शंकास्पद नभए पनि अनौठो… पुरा पढौ

बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने

प्रदर्शन अगाडिनै चलचित्रको लगानी सुरक्षित गरिसकेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ ।नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा भदौ ११ अर्थात् अगष्ट २७ मा प्रदर्शन हुने भएको हो । चलचित्र प्रकाश जापान सहित अष्ट्रेलिया, न्युजिल्यान्ड, ईण्डिया, अमेरिका, क्यानडा, मध्यपूर्वका आधा दर्जन देशहरु सहित युरोपका विभिन्न देशमा प्रदर्शन हुने तय भइसकेको छ । चलचित्र प्रकाशको फर्ष्ट लुक, पोस्टर र टिजर राम्रो रेस्पोन्स पाइरहँदा बिदेशमा समेत… पुरा पढौ

ख्याल गर्नुस ! आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो ।  पारित विधेयकको सन्देश अब राष्ट्रिय सभामा जानेछ । प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जानेछ । माथिल्लो सदनले संशोधन अस्वीकार गरेमा विधेयक संयुक्त सभामा पेस हुनेछ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको प्रस्तावमा विधेयक पारित भएको हो । पारित… पुरा पढौ

जापानमा कोरोनाभाइरस संक्रमणको सातौं लहरको चौथो दिन शनिबार २ लाख बढि संक्रमित

जापानले कोभिडको सातौँ लहरले देशव्यापी प्रभावका कारण कोभिड–१९ बाट सङ्क्रमितको दर उच्च बन्दै गएपछि शनिबार एकैदिन २ लाख भन्दा माथि संक्रमितको संख्या पुगेको छ ।कोरोनाभाइरस संक्रमणको सातौं लहरको क्रममा रेकर्ड गणनाको चौथो दिन शनिबार पछिल्लो २४ घण्टामा राष्ट्रव्यापी सङ्क्रमितको सङ्ख्या शुक्रवार रिपोर्ट गरिएका एक लाख ९५ हजार भन्दा करिब ६ हजारले बढी अर्थात् २ लाख ९७५ रहेको छ ।राजधानी टोकियोमा लगातार तेस्रो दिन ३२ हजार ६ सय ९८ नयाँ संक्रमित भेटिएमा सरकारका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोलाई सोही दिन भाइरसको… पुरा पढौ