राष्ट्रिय समाचार

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, आक्रमणकारी पक्राउ

पूर्व प्रधानमन्त्री शिन्जो आबे शुक्रबार बिहान पश्चिमी जापानको सडकमा भाषण दिने क्रममा अज्ञात बन्दुकधारीले आक्रमण गरेपछि बेहोस भएको प्रहरी र अग्निनियन्त्रकहरूले बताएका छन्।आइतबार हुने निर्वाचनको प्रचारप्रसारका क्रममा लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवारको चुनावी अभियानको लागि बिहान ११:३० बजे भाषण दिने क्रममा पूर्व जापानी प्रधानमन्त्री आबे पश्चिमी सहर नाराको शहरको यामातोसैदाइजी स्टेशन नजिकैको सडकमा पछाडिबाट गोली प्रहार भएको हो । गोली प्रहार गर्ने व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको नारा प्रान्त प्रहरीले जनाएको छ ।आबे स्टेशनको उत्तर पट्टीबाट उभिएर… पुरा पढौ

प्रिन्सिपलको कुटाइबाट विद्यार्थी गम्भीर घाइते 

बागलुङको बुर्तिबाङमा प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ स्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका वडा नम्बर २ भयरबोङ्गाका १५ वर्षीय हिक्मत विक प्रिन्सिपल दीपक कुवँरको कुटाइबाट गम्भीर बनेका हुन् । घाइते विकको शरिरमा चोट नभए पनि टाउको र शरिरका विभिन्न अंगहरुमा निलडाम छन् । टाउकोमा ठूलो चोट पुगेको हुँदा उनलाई रिगंगटा लागेर उठ्न नक्ने भएको विककी आमा मन्सरा विकले जानकारी दिएको आदर्श संचार अनलाइनले समाचार लेखेको… पुरा पढौ

जनार्दनजीलाई बाहिरबाट मात्र नभएर पार्टीभित्रैबाट धेरै असहयोग भयो- पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री

बजेट प्रकरणमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले अन्ततः पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर आफ्नो भनाइ राख्दै पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न समामुख अग्निप्रसाद सापकोटाले संसदीय छानविन विशेष समिति गठन भएको जानकारी दिएका थिए । उक्त समितिले बजेट निर्माणको क्रममा भएका विषयबारे सत्यतथ्य पत्ता लगाइ १० दिनमा प्रतिवेदन बुझाउन समय दिएको छ । शर्माको राजीनामासँगै विपक्षीले उठाउँदै आएका विषयको पटाक्षप भएको छ । उर्जामन्त्री भएका बेला सबैको प्रशंसा पाएका शर्माले… पुरा पढौ

घुम्टे युवा परिवार जापानको प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को उपाधि गलकोट समाज जापानले चुम्यो

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को उपाधि गलकोट समाज जापानले चुमेको छ ।जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा पर्वत समाज जापानसँग भएको रोचक प्रतिस्पर्धात्मक फ़ाइनलमा गेममा ५ सेटमा ३ सेट आफ़नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो । जापानमा हुने खुला पुरुष भलिबल प्रतियोगिता मध्यमा अत्यन्त शान्त र विवादरहित ढंगले सम्पन्न भएको उक्त प्रतियोगितामा उपाधी जित्ने गलकोट समाज जापानले नगद ३ लाख १० हजार रनिङ… पुरा पढौ

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा 

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।  बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करकाे दर हेरफेर गरेको आरोप लागेसँगै विवादमा रहेका अर्थमन्त्रीमाथि राजीनामा दिन ठूलो दबाब रहँदै आएको थियो । त्यसमाथि पछिल्लो समय अर्थमन्त्रालयको सीसीटीभीफुटेज मेटाएको विषयलाई लिएर पनि उनी विवादमा तानिएका थिए । यससँगै उनलाई राजीनामा दिन विपक्षी नेकपा एमाले तथा सत्तारुढ गठबन्धनकै केही नेताहरूले समेत आग्रह गर्दै आएका थिए… पुरा पढौ

अर्थतन्त्र सुदृढ बनाउने बजेटका २८ लोकप्रिय कार्यक्रम

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आर्थिक बर्ष ०७९-८० को बजेट १५ जेठमा संघीय संसद्को दुवै सदनमा पेश गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको थियो । परम्परागत रुपमा रहेको आयातमुखी अर्थतन्त्रलाई स्वदेशमै उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन विभिन्न २८ वटा लोकप्रिय कार्यक्रम ल्याएपछि अहिले प्रमुख प्रतिपक्षी नेकपा एमोले यसको बिरोधमा छ ।गठबन्धन सरकारमा माओवादीको तर्फबाट अर्थमन्त्री रहनुभएको जनादर्न शर्मा प्रभाकरलाई प्रायोजित रुपमा असफलत देखाउन प्रमुख प्रतिपक्षी नेकपा एमाले एकपछि अर्को कपोलकल्पित र झुटका घटनाहरुको साहारा लिइरहेको छ ।अर्थमन्त्री शर्माले १५ जेठमा आगामी… पुरा पढौ

रेल्वे ट्र्याकमा फसेका वृद्ध जोडीको ज्यान बचाउन सफल रहेको भएका तीन नेपाली विद्यार्थीलाई जापान प्रहरीद्वारा सम्मानित

जापानको हिरोशिमा प्रान्तमा जापानी भाषा अध्ययन गर्न आएका तीन जना नेपाली विद्यार्थीले रेल ट्र्याकमा फसेका एक वृद्ध जोडीको ज्यान बचाउन सफल रहेको भन्दै त्यहाको स्थानीय प्रहरीले प्रशंसा पत्र सहित सम्मान गरेको छ ।गत मे ९ मा हिरोसिमा प्रान्तको काइता शहरमा रहेको व्यावसायिक विद्यालयमा भर्ना भएका नेपाली विद्यार्थीहरू २३ वर्षीय सचिन, सुमन र निराजले ७० दशकका वृद्धालाई पार्क नजिकैको रेल्वे ट्र्याकमा फ़सेका उनीहरूलाई बोकेर ट्र्याक पार गराइ बचाउन सफल रहि प्रशंसनीय कार्य गरेकोले सम्मानित गरिएको प्रहरीले जनाएको आरसीसी न्यूजले जनाएको छ… पुरा पढौ

गरिबी अन्त्य र रोजगारी सृष्टि गर्ने कुरा देखिनसहनेले बजेटको विरोध गरे-जनार्दन शर्मा प्रभाकर अर्थमन्त्री

देशको बर्तमान आर्थिक अवस्थालाई हाम्रो क्षमता, स्रोत साधन, जनशक्ति र हामीसँग भएको पुँजीलाई प्रविधिसँग एकाकार गरेर जानुपर्ने आजको आवश्यकता हो । यसलाई परिचालन गरेर मात्र हामी हाम्रो अर्थतन्त्रलाई सुदृढ गर्न सक्छौँ । यी नै उपकरणको अधिकतम प्रयोगबाट हाम्रो अर्थतन्त्रलाई सबल बनाउन सक्छौँ भन्ने ध्येयका साथ आर्थिक वर्ष ०७९-८० को बजेट आएको छ ।मुलुकको अर्थतन्त्रलाई ‘आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ, बञ्चितिकरणबाट समावेशीतातर्फ’ प्रस्थान गर्ने गरी बजेट प्रस्तुत गरिएको छ । मुख्यगरी देशको अर्थतन्त्रका बारे चिन्तित भएको कुरा बाहिर आइरहेको छ… पुरा पढौ

पैसा तिरेर कुपोषण !

सल्यानमा केही महिला स्वास्थ्यकर्मीसँग कुरा गरिहँदा कुपोषण भएको ५ वर्षको बच्चा देखे । महिला स्वयंसेविकाको बच्चा रहेछ । के भएको भनेर ती महिला स्वास्थ्य स्वयंसेविकालाई सोध्दा उनले भनिन् - यो त अहिले तंग्रिदैछ २ महिन सम्म नेपालगंज अस्पतालमा राख्नुपर्‍यो । घरमा यसले प्याकेटका खानेकुरा, चकलेटमात्रै खाने गर्थ्यो । अनि त बिस्तारै सुस्त हुँदै गयो । दुध खान नमान्ने, भात त मुखमै नहाल्ने।ठूलो पेट हुँदै गयो । तलमाथि होला कि भन्ने डरै लाग्यो । यहाँका स्वास्थ्यकर्मीले त रोग पत्ता लगाउनै सकेनन्… पुरा पढौ

पातलो हुने नाममा खानपान परिवर्तनको कारण युवतीहरुको तौल र उचाइ कम हुन थालेपछि जापान सरकारले सर्वेक्षण गर्ने

जापान सरकारले कम तौलका युवा वयस्क महिलाहरूको उच्च अनुपातलाई कम गर्ने प्रयासको रूपमा शरीरको छवि मनोवृत्ति, आहार, जीवनशैली, बानी, व्यवहार लगायतका विषयमा अनुसन्धानसहितको अध्ययन गर्न अनुसन्धान समूह गठन गरेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार भन्यो।अत्यधिक र असंतुलित खानपानले गर्दा कम तौलले व्यक्तिको स्वास्थ्यलाई पार्ने जोखिम, नवजात बच्चाहरूलाई हुनसक्ने खतराहरूसहितको अध्ययन र अनुसन्धान गर्न, यसको जोखिमहरू बारे सचेतना फैलाएर सामान्य तौल कायम राख्नुको महत्त्वको बुझाइमा सुधार गर्न स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सो समूह गठन गरेको बताएको छ ।चालु आर्थिक वर्षदेखि मार्चसम्म… पुरा पढौ