
सरकारले जापानका लागि नेपालको आवासीय राजदूतमा यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा कार्य गरेका डा. दुर्गा बहादुर सुवेदीलाई नियुक्त गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा. सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख गरिएको छ ।
हाल सबैभन्दा बढी तलब पाइने जापानको निम्ति राजदूत बनाएको हो । उनी मन्त्रालयका शिष्टाचार महापाल हुन् । बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्केलगत्तै परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालको जिम्मेवारी पाएका र विदेश पोस्टिङ्गको छोटो अन्तरालमै जापानको लागि राजदूत नियुक्त भएका हुन ।
को हुन राजदूत दुबसु ?
झण्डै तीन दशक परराष्ट्र सेवामा बिताएका झापा ज़िल्लाका सुबेदीले यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत कार्य गरिसकेका छन । त्यस्तै नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा बहराइनमा कार्यवाहक राजदूतको बेलायत र माल्टामा राजदूतको भूमिका निर्वाह गरिसकेका छन् ।बेलायतका लागि नेपाली राजदूत रूपमा कार्यरत रहदा सुवेदी (दुबसु)लाई दशककै कूटनीतिज्ञको उपाधिद्वारा सम्मानित गरि सकिएको छ । कूटनीतिक क्षेत्रमा सुवेदीले पु¥याएको योगदानको कदर गर्दै उक्त सो उपाधिले उनलाई सम्मान गरिएको थियो । सुवेदीले साहित्यिक र कूटनीतिक दुवै पाटाहरु प्रशंसनीय र उल्लेखनीय कार्य गर्दै आइरहेका छन ।सुवेदीले अन्तर्राष्ट्रिय सम्बन्धमा बेलायतको लिड्स विश्वविद्यालयबाट एमए गरेका छन भने त्रिभुवन विश्वविद्यालयबाट पिएचडी, एमपिएलगायत न्यूयोर्क विश्वविद्यालयबाट एलए र संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय तथा सोफिया विश्वविद्यालय टोकियो र लुझियानास्थित युनिभसिटी अफ युएसएबाट विभिन्न कोर्षहरु पूरा गरेका छन ।सुवेदीले ‘आधुनिक नेपालको विदेश नीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका छन्। विभिन्न विधाका आधा दर्जन कृति प्रकाशन तथा सम्पादन गरेका उनी एक दर्जन विद्याका पुरस्कारबाट पुरस्कृत भएका छन्।



