राष्ट्रिय समाचार

निर्वाचनमा सहभागी हुन ८४ दल दर्ता,२०७४ को तुलनामा १७ वटा बढे

काठमाडौं, ३१ साउन आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् । दल दर्ता गर्ने अन्तिम दिन आज साँझ ५ बजेसम्म रहेकोमा ८४ आयोगमा दर्ता भएका हुन् । आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव सूर्यप्रसाद शर्माले दल दर्ता हुनेको संख्या ८४ पुगेकोमा तथ्याङ्कमा केहि संख्या तलमाथि पनि हुनसक्ने बताएका छन् ।  निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर  चुनावमा जाने प्रावधान अनुरुप… पुरा पढौ

बुटवलमा राजमार्ग किनारमा युवकको शव फेला

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल १२ नायाँगाउँको राजमार्ग किनारमा एक युवकको शव फेला परेको छ ।  सडक छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल ११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको शव फेला परेको हो । सडक छेउमा लु३६प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाइकल नजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  पुरा पढौ

गुल्मी आँपचौर सेवा समिति जापानले ‘तिज विशेष बृहत् सांस्कृतिक कार्यक्रम-२०२२’ गर्ने

गुल्मी आँपचौर सेवा समिति जापानले हरितालिका तिजको अवसरमा ‘ तिज विशेष बृहत् सांस्कृतिक कार्यक्रम-२०२२’ गर्ने भएको छ ।‘धर्म,लोकसंस्कृति चाड हाम्रो पहिचान, यिनको संरक्षण र समवर्धन गर्ने हाम्रो मूल अभियान’ भन्ने मान्यताका साथ अगस्ट २६ तारिकका दिन टोकियोको शिनओकुबोको सोलमारी शिमामुरा हलमा सो कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष कृष्णप्रसाद पोखरेल’बाबु’ ले जानकारी दिएका छन ।जापानमा रहेका नेपाली कलाकारहरूको प्रस्तुति रहने सो कार्यक्रममा नेपाली महिलाको चाडसँग सम्बन्धित क्रियाकलापहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गरिने सो कार्यक्रममा समाजसँग सम्बन्धित सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूलाई उपस्थितिको लागि… पुरा पढौ

उठाइएका विषयलाई अनुत्तरित राख्दै एनआरएनए जापानको अन्तरकलह ३८१ दिन पछि मिल्यो

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको अन्तरकलह तथा विवाद ठिक ३८१ दिन पछि मिलेको छ ।एनआरएनए जापानको कार्यकाल २०२१–२०२३ का लागि ३० जुलाई २०२१ सम्पन्न निर्वाचनबाट निर्वाचित शिवप्रसाद पौडेल नेतृत्वको समितिलाई अनिता गुरुङ नेतृत्वको असन्तुष्ट पक्षले अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरि असम्बन्धित पक्षले मतदान गरेर धाँधलीपूर्ण निर्वाचन भएको आरोप लगाउदै बढेको विवाद पद बाँडफाड़मा गएर टुङिएको छ । विभिन्न चरणमा भएका द्वीपक्षीय वार्तापछि मंगलबार अनलाईनमा उपस्थित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष त्रय कुल आचार्य, रबिना… पुरा पढौ

जापानमा पहिलो पाइला टेक्दा…

सन् १९५४ मा जापानको राजधानी टोकियोमा पाइला टेक्दा जिउनै सिरिङ्ग भयो । दोस्रो विश्व युद्धमा अमेरिकाले हिरोसिमा, नागासाकीमा बी–२ बम्वार्ड गरेको थियो । सन् १९४५ अगस्ट ६ तारिखका दिन भएको बम वर्षाले ८० हजार जापानी नागरिकको ज्यान गएको थियो, लाखौंको संख्यामा युवा, वृद्धवृद्धा, बालबालिकाको बेहाल र हजारौं नागरिक अपांग भएको, लाखौं नागरिकको घर ध्वस्त भएको थियो । र सम्पूर्ण उद्योग कलकारखाना बमले ध्वस्त भएको कुरा समाचारमा सुनेको थिएँ । त्यस्तो ठाउँमा पाइला टेक्दा टोकियोको हालत पनि हृदयविदारक थियो । म… पुरा पढौ

माओवादीको स्वीकृति : वामदेव र बाबुरामलाई हँसिया हथौडा चिह्नबाट चुनाव लड्न दिने 

काठमाडौं, ३१ साउन, नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ ।  पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।  गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको उनले बताए ।  गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय… पुरा पढौ

यसरी सम्भव थियो र छ फोहोर काठमाडौंको व्यवस्थापन  

काठमाडौ उपत्यकामा विगत केही हप्ता देखि फोहोरको पहाड बन्दै गएकोछ ।ठूलो पानी पर्दा फोहोर बगाएर ढल थुनिने देखि महामारी फैलने सम्मका समस्या हाम्रो सन्निकट देखिन्छ। फोहोर थुप्रिएको कारण सडकहरु साँगुरो हुन गई ट्राफिक समेत अवरुद्ध हुन थालेको छ।यो बेला काठमाडौका प्रमुख बालेन साहलाई ह्यास ट्याग, खुचिङ गर्ने कि, यो हाम्रो साझा समस्या हो भनेर आवश्यक समन्वय गरेर समस्या समाधान गर्न पहल गरिदिने ? गत वर्ष जब म मन्त्री भएर शहरी विकाश मन्त्रालयको जिम्मेवारी लिएँ। त्यसपछि मन्त्रालयले २९३ नगरपालिकाको फोहोर ब्यवस्थापनमा… पुरा पढौ

नागरिकता विधेयक : यस्तो छ अबको संसदीय प्रक्रिया 

काठमाडौं, ३० साउनराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता गरिदिएपछि प्रश्न उठेको छ, अबको संसदीय प्रक्रिया के हो ? संसदीय प्रक्रिया जति लामो भए पनि राजनीतिक दलबीच सहमति हुँदा, सरकार र सत्तारुढ गठबन्धनले चाहँदा केही दिन भित्रै विधेयक पारित हुन सक्छ । अर्थात, राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक फेरि छिट्टै राष्ट्रपतिकहाँ पुग्न सक्छ । तर, फिर्ता गर्दा राष्ट्रपतिले दिएको कारण (संदेश) भने विधेयकले सम्बोधन गर्ने संवैधानिक विश्वास हुन्छ ।  सत्तारुढ गठबन्धनले चाहेको खण्डमा केही दिन वा सातामै नागरिकता विधेयक दुबै… पुरा पढौ

मोना जापानको साधारण सभा तथा क्षेत्रीय भेला शिजुओकामा सम्पन्न (फोटोफिचरसहित)

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको वार्षिक साधारण सभा तथा क्षेत्रीय भेला शनिबार शिजुओकामा सम्पन्न भएको छ ।साधारण सभामा मौजुदा कार्यसमितिका महासचिव गणेश श्रेष्ठले हालसम्मको कार्यप्रगति प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष ज्ञानेन्द्र केसीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिबेदनलाई साधारण सभाले पारित गरेको थियो ।अध्यक्ष सचिन श्रेष्ठको सभापतित्वमा भएको सो साधारण सभा एवं क्षेत्रीय भेलाको प्रमुख अतिथि मोना केन्द्रका वरिष्ठ उपाध्यक्ष, सभाध्यक्ष र बिशेष अतिथिहरुले रिबन काटेर उदघाटन गरेका थिए । मोना जापानको क्षेत्रीय समिति… पुरा पढौ

कोभिड महामारीले जापान विवाह गर्नेको संख्यामा गिरावट, ४ मध्ये १ पुरुष अविवाहित बस्न थाले

जापानमा विवाह गर्नेको संख्या घट्दै गएको छ। पछिल्लो तथ्याङ्क अनुसार २०२१ मा विवाह गर्ने जोडीको संख्या ऐतिहासिक रूपमै न्यून भएको छ । विगतमा ९० प्रतिशत भन्दा बढी महिला र पुरुषका लागि विवाह जीवनको एउटा महत्वपूर्ण घटना रूपमा हुने थियो । तर अहिले चार मध्ये एक पुरुष र छ मध्ये एक महिलाले विवाह नै नगर्ने निर्णयमा पुग्ने गरेका छन।वैवाहिक जीवनमा बाँधिने विचार गर्ने व्यक्तिहरूले "जुन दुलही" भन्ने शब्द सुनेका हुन सक्छन्। यो वाक्यांश जुन महिनामा विवाह गर्ने महिलाहरू खुसी हुन्छन् भन्ने… पुरा पढौ