राष्ट्रिय समाचार

फेला पर्दै दोहोरो नागरिकता

राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् ।  विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् । हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ । महानिर्देशक यादवका अनुसार विद्युतीय राहदानीका लागि आवेदन दिएपछि तोकिएको मितिमा फोटो खिच्ने र… पुरा पढौ

सीसीएमसी फाराम भर्न नपर्ने

विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) फाराम भर्न नपर्ने भएको छ । यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रापूर्व नै सीसीएमसीको फाराम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।  कोरोना महामारीको नयाँ भेरियन्टको सङ्क्रमण रोकथामका लागि भन्दै हवाई मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुले सीसीएमसीको फाराम अनिवार्य भर्नुपर्ने नियम लागू गरिएको थियो । अब भने यात्रुले यो फाराम भर्न पर्दैन । तर… पुरा पढौ

मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल 

मेयरज्यूकाठमाडाैँ महानगरपालिकातपाइँ असफल हुनु भएन । १.  तपाइँलाई काठमाडाैँका जनताले त्यसै मेयरमा जिताएका होइनन् । यो विषयमा ख्याल गर्नुहुने नै छ । २. काठमाडाैँ एउटा महानगरपालिका मात्र होइन देशको राजधानी शहर पनि हो । यसका आफ्नै किसिमका ऐतिहासिक र सांस्कृतिक मूल्य मान्यता पनि छन् । यिनको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँको काँधमा आएकोछ । ३. राजनीति ‘जनताको लागि’ गरिनु पर्नेमा विगत केही दशकदेखि नेताहरुबाट ‘जनताउपर’ राजनीति गरिएको कारणले लामो समयदेखि हर्ताकर्ता भएका ठूला पार्टीका नेताहरुप्रति जनता निराश भएको… पुरा पढौ

राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी हुन् । 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३)… पुरा पढौ

कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ?

सुर्खेत , २९ साउन, पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन् । यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक गएको छैन ।  यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबनबहादुर केसीले जानकारी दिए । कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेसा विषय अलि बढी अभाव रहेको उनले… पुरा पढौ

रुस्दीमाथि हमलाः इरानी पत्रिका लेख्छ–शत्रुको घाँटी च्यात्ने हातलाई चुम्बन गर्नुपर्छ

शुक्रबार न्युयोर्क राज्यको एक कार्यक्रममा छुरा प्रहारमा परेका चर्चित लेखक सलमान रुस्दीप्रति सहानुभूति जनाउँदै अहिले उनको स्वास्थ्य लाभको कामना भइरहेको छ । तर, यही बेला उनीमाथिको हमलालाई प्रशंसा गर्ने पनि देखिएका छन् । रोयटर्सका अनुसार दी सटानिक भर्सेसका लेखक भेन्टिलेटरमा उपचार गराइरहेका बेला इरानका केही ‘हार्डलाईन’ सञ्चार माध्यमहरूले उनीमाथिको हमलाको प्रशंसा गरेका छन् ।  शुक्रबार उनीमाथि चक्कु प्रहार भएपछि इरानले कुनै आधिकारिक टिप्पणी गरेको छैन् । तर, इरानको क्याहान नामक कट्टरपन्थी अखबारले यस्तो टिप्पणी गरेको छ– ‘न्युयोर्कमा धर्मत्यागी र दुष्ट… पुरा पढौ

टोकियो र फुकुओका पछि नागोयामा सेप्टेम्बर ३ र ४ मा दोस्रो नेपाल फेस्टिवल हुदै

जापानको राजधानी टोकियो र अर्को शहर  फुकुओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेस्टिभलपछि जापानको तेस्रो ठूलो शहर र नेपालीहरु धेरै बस्ने नागोयामा नेपाल फेस्टिवल हुने भएको छ । टोकियोमा भएको नेपाल फेष्टिबलको उद्‌घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र फुकुओकामा भएको नेपाल फेष्टिबलको उद्‌घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी ) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए । सामाजिक सञ्जालमा टोकियोको फेस्टिवल एमालेमय र  फुकुओकाको फेस्टिभल माओवादीमय भयो भन्दै टिका टिप्पणी भएका थिए । यद्यपि फुकुओकामा… पुरा पढौ

अरिंगालको टोकाइबाट तनहुँमा एक जनाको मृत्यु

जिल्लाको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । बिहीबार राति ८ बजेतिर सेती नदी किनारको सिसौको रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनलाई भिमादको शुभलक्ष्मी पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो ।  कुमालको उपचारकै क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।न्यूज कारखाना पुरा पढौ

माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन आह्वान गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए । कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचना माओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने अनुमान गरेकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको बताए । उनले माओवादी नेताकार्यकर्ताले आचरण सुधार गर्न अवश्यक रहेको बताए । उनले भने, ‘व्यवहार र आचरणमा फरक देखियो ।… पुरा पढौ

निहारिकालाई भेट्न शिक्षण अस्पताल पुगे मेयर बालेन

काठमाडौं महानागरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन् । बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंकाे माइतीघरमा लामो समयदेखि आन्दोलनरत छिन् । केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकेकी थिइन । तर मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि उनी पुनः काठमाडौं आएकी छिन् । यही क्रममा उनले शुक्रबार राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास गरेकी थिइन । उनको प्रयासलाई प्रहरीले विफल पारेको थियो । उनको मानसिक स्वास्थ्य जाँचका… पुरा पढौ