राष्ट्रिय समाचार

जापानले नेपाललाई महामारीको अवस्थामा गरेको सहयोगलाई कदापि भुल्न सक्दैनौ-पूर्व प्रधानमन्त्री प्रचण्ड(भिडियोसहित)

पूर्व प्रधानमन्त्री तथा नेकपा( माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएका बिभिन्न महामारी तथा प्राकृतिक प्रकोपमा जापानले गरेको सहयोगलाई कदापि भुल्न नसकिने बताएका छन । पाँच दिने भ्रमणको क्रममा जापानमा रहेका प्रचण्ड र विशाल भट्टराईको स्वागतमा नेपाली राजदूतावासद्वारा आयोजित रात्री भोजमा उपस्थित नेपाली तथा जापानी नागरिकहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जापानले असल मित्रराष्ट्रका नाताले स्वास्थ्य, शिक्षा भौतिक पूर्वाधार, खानेपानी लगायतमा आर्थिक सहयोग गरेसंगै नेपालमा हुने प्राकृतिक प्रकोपको बेला गर्ने गरेको सराहनीय रहेको बताए । विपत व्यवस्थापन, सुरुङ र फोहोर… पुरा पढौ

’गठबन्धनले मुलुक निर्माण गरेको इतिहास कतै छैन ।’ एमाले नेता विशाल भट्टराइ( भिडियोसहित)

नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक बिशाल भट्टराईले मुलुकमा राजनैतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली आवश्यक रहेको बताएका छन् ।उनले जबसम्म दलहरुबीच टाउका गनेर सरकार बनाउने र सरकार गिराउने खेल चलिरहन्छ तबसम्म मुलुकमा राजनैतिक स्थिरता कायम हुन नसक्ने ठोकुवा गर्दै संविधानमा रहेका यस्ता लुप होल (क्षिद्र) हरुलाई सच्याउनुपर्ने बताए ।नेता भट्टराई नेकपा एमालेको जापानस्थित भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्च जापानको कान्तो क्षेत्रीय समितिको गत आइतबार भएको पाँचौ अधिवेशनका लागि जापान आएका हुन् ।नेता भट्टराईले घरदेशदेखि यति टाढाको परदेशमा आएर पनि… पुरा पढौ

फस्ट डाइमण्ड कप २०२२ को पहिलो उपाधि अल स्टार एफसि टोकियोले जित्न सफल

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद' भन्ने नाराका साथ गत अगस्ट ७ तारिख आइतबार को दिन नारितामा फस्ट डाइमण्ड कप २०२२सम्पन्न भएको छ ।२६ टिम सहभागी फुटसल प्रतियोगितामा काभ्रेली समाज जापानलाइ २ -१ गोलको अन्तरले पछि पार्दै अल स्टार एफसि टोकियोले पहिलो उपाधि जित्न सफल भएको छ ।टुर्नामेन्टमा दोस्रो स्थान काभ्रेली समाज जापान र तेस्रो स्थान लमजुङ कालिका एफ सि भएको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल अल स्टार एफसि टोकियोलाइ ५ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी… पुरा पढौ

नगरिकता विधेयक राष्ट्रपतिबाट छिट्टै स्वीकृत हुनेछ-प्रचण्ड( भिडियो सहित)

नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताका कारण समस्यामा परेका जनताको समस्या समाधानका लागि आएको नगरिकता विधेयक राष्ट्रपतिबाट छिट्टै स्वीकृत हुने बताएका छन ।पाँच दिने जापानको चौथो दिन पत्रकारहरू सँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपाली नागरिकका छोराछोरीको समस्या समाधान गर्न सरकारले पहल गर्दै दुवै सदनबाट पारित उक्त विधेयकलाई राष्ट्रपतिले फिर्ता नगर्ने विश्वास व्यक्त गरेका छन् ।उनले अघि भने, ‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म… पुरा पढौ

प्रचण्डद्वारा जापानको सूचना प्रविधिका बारे अवलोकन

पाँच दिने जापान भ्रमणको सिलसिलामा रहेका अध्यक्ष प्रचण्डले टोकियोस्थित National Institute of Information and Communications Technology (NICT) मा सूचना प्रविधिका बारे अवलोकन गरेका छन । बिहान भएको उक्त भ्रमणमा उनले सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समयमा यसमा भएको विकासका नमूनाहरूको अवलोकन र परीक्षणमा सहभागी हुनुभयाे । अवलोकनको क्रममज़ाक़ नयाँ इन्टरनेट प्रविधिः स्थानीय डाटालाई स्थानीयस्तरमा नै भण्डार र वितरण गर्ने Information-centric networking नामको नयाँ इन्टरनेट आर्किटेक्चर प्रविधि, जापान स्टाण्डर्ड टाइम उत्पादन तथा वितरण प्रणालीः करोडौँ वर्षमा एक सेकेण्डको पनि समय फरक नपर्ने… पुरा पढौ

उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्दै दुई देशको सम्बन्ध प्रगाढ बनाउने बारेमा प्रचण्डको तोसिहिरो निक्कइसँग भेटवार्ता

जापान भ्रमणमा रहनु भएका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता, पुर्व महासचिव, पुर्व अर्थ, व्यापार तथा उधोगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइ(Toshihiro Nikai) भेटवार्ता भएको छ। एलडीपी हेडक्वार्टर टोकियोमा भएको भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ… पुरा पढौ

सत्ताधारी दलका पूर्व महासचिव तोसिहिरो निक्केईसँग प्रचण्डले भेटवार्ता गर्ने

पाँच दिने जापान भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जापानको सत्ताधारी दल एलडिपिका पूर्व महासचिव तथा मन्त्री तोसिहिरो निक्केईसग भेटवार्ता गर्ने भएका छन।जापान- नेपाल संसदीय समितिका सभापति रहेका निक्केईसग नेपाल - जापानको द्विपक्षीय सम्बन्ध र हितका बारेको आवश्यक छलफल हुने बताईएको छ । जापानको सत्ताधारी दल एलडिपिका प्रमुख ४ पदमध्यको मुख्य शक्तिशाली पदका रूपमा मानिने महासचिव पदमा रहेर २०१६ देखि २०२१ सम्म कार्य गरिसकेका ८३ वर्षीय निक्केइ अर्थ, वाणिज्य तथा उद्योग मन्त्री, यातायात… पुरा पढौ

सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने  

सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । त्यस्तै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । हेर्नुहोस् पत्र पुरा पढौ

सेप्टेम्वर २० तारिक प्रर्दशन हुदै वृत्तचित्र “गलकोट”

आहा गलकोट यो मनमा गलकोट तन र बचनमा गलकोट। कर्मका हिसाबले सूर्योदयको देशमा छु तर कल्पनामा होस् वा सुन्दर भविष्यको परिकल्पनामा होस् म गलकोटमै छु। विदेशकै भुमिमा रहेको कारण थुप्रै जिल्लाका साथीसँग भेट हुने मौक़ा र अवसर प्राप्त भएको छ अनि सुरु हुन्छ परिचयको काहानी वा मेरो हाउभाउबाट पनि थाहा पाउने गर्नुहुन्छ कोहि साथीहरू त। तपाई गलकोटे हो जस्तै लाग्यो भन्नुहुन्छ।मेरो परिचय दिदा म गलकोट बाट नै सुरु गर्ने गर्छु। जापानमा बसोबास गर्नुहुने १ लाख नेपाली गलकोट नाम नसुनेको कोहि… पुरा पढौ

तीन घण्टा लाममा उभिए, बिना उपचार घर फर्किए

चाँडो चिकित्सक भेट्न पाइएला भनेर बागलुङ नगरपालिका–१२ का टुकबहादुर नेपाली आइतबार बिहान ९ बजे नै धवलागिरि अस्पताल पुगे । पेटको पत्थरीले दुःख दिएपछि उपचारमा गएका नेपालीले अस्पतालमा भने उल्टो सास्ती खेपे ।  दुई घण्टा लाममा उभिएपछि बल्लतल्ल पाएको बहिरङ्ग सेवाको टिकट लिएर उनी जनरल सर्जन कहाँ पुगे । स्वास्थ्य जाँच र परामर्शपछि चिकित्सकले नेपालीलाई भिडियो एक्सरेका लागि सिफारिस गरिदिए । भिडियो एक्सरेका लागि बिल बनाउन नेपाली फेरि टिकट कक्षमै गएर लाममा उभिए । ठेलमठेल भीडमा घण्टौँ उभिएपछि उनले पालो त… पुरा पढौ