राष्ट्रिय समाचार

माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन आह्वान गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए । कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचना माओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने अनुमान गरेकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको बताए । उनले माओवादी नेताकार्यकर्ताले आचरण सुधार गर्न अवश्यक रहेको बताए । उनले भने, ‘व्यवहार र आचरणमा फरक देखियो ।… पुरा पढौ

निहारिकालाई भेट्न शिक्षण अस्पताल पुगे मेयर बालेन

काठमाडौं महानागरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन् । बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंकाे माइतीघरमा लामो समयदेखि आन्दोलनरत छिन् । केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकेकी थिइन । तर मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि उनी पुनः काठमाडौं आएकी छिन् । यही क्रममा उनले शुक्रबार राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास गरेकी थिइन । उनको प्रयासलाई प्रहरीले विफल पारेको थियो । उनको मानसिक स्वास्थ्य जाँचका… पुरा पढौ

भ्यागुताहरूलाई भोज !

भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै आ-आफ्नाे खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् ।  यो दिन क्वाँटी (विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिएको परिकार) बनाएर खाने चलन छ । यस्ताे परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहानआ-आफ्नो खेतमा भोज लिएर पुग्छन् ।  भ्यागुतालाई भोज खुवाउने भनेपछि भ्यागुतोलाई नै हातमा लिएर खुवाउने हो कि ? भन्ने प्रश्न मनमा आउन सक्छ । तर, होइन् । भ्यागुताकाे भोज घरमै… पुरा पढौ

सिजुओकामा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” हुने

नेपाली हिन्दू नारीहरूको चाड हरितालिका तिजको अवसरमा स्याङ्जा समाज जापान, सिजुओका स्पोर्ट्स क्लब जापान, सिजुओका र गल्कोट समाज जापान, सिजुओकाको संयुक्त आयोजनामा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” गर्ने भएका छन ।अगस्टको २९ तारिक सोमबार हुने कार्यक्रममा नेपाली लोकदोहोरीका लोकप्रिय कलाकारहरू पशुपति शर्मा र शर्मिला गुरुङको उपस्थिति र प्रस्तुतिमा आईसेरु २१ सिजुओकामा गर्न लागिएको सिजुओका स्पोर्ट्स क्लब जापानका अध्यक्ष कृष्ण केसीले जानकारी दिए ।कोरोना महामारीका कारण विगत केहि वर्षदेखि सार्वजनिक रूप यस्ता सांगीतिक कार्यक्रम नभैरहेको सन्दर्भमा यस वर्षको तिजमा नेपाली… पुरा पढौ

श्रीदेवीबारे चार रोचक तथ्य

अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् । सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार थिइन् । उनको निधन सन् २०१८ फेब्रुअरी २४ मा भएको थियो । उनले बलिउडका झण्डै ३ सय फिल्ममा काम गरिन् । जसमा धेरै फिल्म हिट भएका थिए । यहाँ उनीसँग जोडिएका केही… पुरा पढौ

‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ ले ध्वस्त हिरोशिमा र नागासाकीमा ७७ वर्षपछिको स्मरण (फोटो फिचरसहित)

जापानको नागासाकी सहरमा मङ्गलबार अमेरिकी आणविक बम आक्रमणको ७७ औँ वार्षिकीको आयोजना गरिएको छ । आज उक्त घटनाको स्मरणमा विभिन्न अन्तर्राष्ट्रिय समुदायले जापानलाई आफू पीडितको रुपमा मात्र नलिन आग्रह गरेका छन । मङ्गलबारको वार्षिक समारोहमा जापान सरकारले कोभिड–१९ का प्रतिबन्धहरू खुकुलो बनाएर थप मानिसहरूलाई उपस्थित हुन अनुमति दिइएको थियो । उक्त समारोहमा ८० भन्दा बढी राष्ट्रका अधिकारी र प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साथै आणविक बमबाट बाँचेकाहरु र मृतकका आफन्तहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले यस दिनलाई एक… पुरा पढौ

आज एकैदिन रक्षाबन्धन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए ।… पुरा पढौ

नवलपुर समाज-जापानले तिज धमाका कार्यक्रम आयोजना गर्ने

नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा नवलपुर समाज-जापानले “तिज धमाका विशेष सांगीतिक कार्यक्रम” गर्ने भएको छ ।नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायक-गायिकाको साथमा यही अगष्ट २९ गते सोमवार सो कार्यक्रम गर्न लागिएको हो । तिजको दर खाने दिन दिउँसो ३ बजेबाट शुरू गर्ने योजना रहेको “तिज धमाका” कार्यक्रम कावासाकी स्टेसनसंगै रहेको व्यापारिक केन्द्र लाजोनाको ५ औं तल्लामा रहेको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिनुभयो ।संयोजक कँडेलका अनुसार, कार्यक्रममा सहभागिताका लागि साधारण टिकट… पुरा पढौ

जापानमा ९ वर्ष यताकै जनसंख्यामा गिरावट, गत वर्ष भन्दा ७ लाख २६ हजार जनसंख्या घट्यो

जापानको जनसंख्यामा यस वर्ष पछिल्लो ९ वर्षयताकै ठूलो गिरावट देखिएको छ।जनवरी १ मा टोकियो महानगरीय क्षेत्रमा बसोबास गर्ने जापानीहरूको संख्या सन् १९७५ मा तथ्याङ्क सुरु भएदेखि पहिलो पटक घटेको छ, जसले देशमा जन्मिने संख्यामा निरन्तर गिरावट आएको सरकारी सर्वेक्षणले देखाएको छ।आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण अनुसार जापानको जनसंख्या १२ करोड ६० लाखभन्दा कममा झरेको छ। कमजोर जन्मदर र कोभिड–१९ को प्रतिबन्धको कारण बाहिरबाट आउने मानिसको संख्या घटेसँगै जापानको जनसंख्या पनि घटेको हो। जापानमा बसोबास गर्ने जापानी र विदेशी नागरिकहरूको संयुक्त जनसंख्या ०.५७… पुरा पढौ

कविता किताब ‘कैंची’ माथि पोर्तुगलमा परिचर्चा

कोपनहेगन कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथी मंगलवार पोर्तुगलको लिजवनमा परिचर्चा भएको छ । प्रकाशन भएको केही समयमै राम्रो चर्चा बटुलेको कविता संग्रहमा पींधका मान्छेका कथा ब्यथाका साथै मुक्तिका आवाजहरु कवि परियारले समेटेका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, अनेसास पोर्तुगल र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको आयोजनामा परिचर्चा कार्यक्रम भएको हो । कविता कृतिलाई बेला प्रकाशनले प्रकाशित गरेको हो । ‘कैंची’माथी परिचर्चा गर्दै कवि तथा अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव अर्जुन श्रीले नेपाली समाजमा विभेद र उत्पीडनमा पारिएका समुदायका अनेकन विषय… पुरा पढौ