जापानले नेपाललाई महामारीको अवस्थामा गरेको सहयोगलाई कदापि भुल्न सक्दैनौ-पूर्व प्रधानमन्त्री प्रचण्ड(भिडियोसहित)

-


     जनहित न्युज    
     श्रावण २५ गते २०७९


पूर्व प्रधानमन्त्री तथा नेकपा( माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएका बिभिन्न महामारी तथा प्राकृतिक प्रकोपमा जापानले गरेको सहयोगलाई कदापि भुल्न नसकिने बताएका छन ।

पाँच दिने भ्रमणको क्रममा जापानमा रहेका प्रचण्ड र विशाल भट्टराईको स्वागतमा नेपाली राजदूतावासद्वारा आयोजित रात्री भोजमा उपस्थित नेपाली तथा जापानी नागरिकहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जापानले असल मित्रराष्ट्रका नाताले स्वास्थ्य, शिक्षा भौतिक पूर्वाधार, खानेपानी लगायतमा आर्थिक सहयोग गरेसंगै नेपालमा हुने प्राकृतिक प्रकोपको बेला गर्ने गरेको सराहनीय रहेको बताए ।

विपत व्यवस्थापन, सुरुङ र फोहोर व्यवस्थापनमा जापान उदाहरणीयले गरेको कार्य आफूलाई उदाहरणीय लागेको बताईदै अध्यक्ष प्रचण्डले जापानको सहयोगमा सुरुङ, फोहोर व्यवस्थापन सहित अन्य आर्थिक सहयोग हुनेमा आस्वस्त पारेकोले उत्साहका साथ फ़र्किंन लागेको बताएका छन ।

“मंगलबार भएको सत्तारूढ दलका नेताको भेटबाट सो खालको प्रतिबद्धता आएबाट पनि उत्साहित रहेको छु ।“ प्रचण्डले भने- जापान शान्तिपूर्ण देश रहेको र बुद्धको जन्मस्थल नेपाल रहेबाट पनि जापानसँग सांस्कृतिक सम्बन्ध अझ प्रगाढ़ रहेको छ, जनता जनताका बिचबाट सम्बन्धलाई अझ प्रगाढ़ बनाउन नव आगन्तुक राजदूतले भूमिका खेल्नेमा बिश्वास लिएको छु ।

उपस्थित सबैलाई स्वागत गर्दै जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले नेपालको संविधान २०७२ निर्माण र राज्यको पुनरसंरचनामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको महत्वपूर्ण योगदान रहेको बारे चर्चा गर्दै उहाँको भ्रमणले दुई देश बिच रहेको मैत्रीपूर्ण सम्बन्धलाई मजबुझ बनाउन सहयोग पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?