राष्ट्रिय समाचार

जापानमा मूल्य वृद्धिदर ३ प्रतिशत पुग्ने अनुमान, सूचकांकमा राखेको लक्ष्य नाघेकोले पारिश्रमिक बढाइनुपर्ने

जुलाई महिनामा उपभोक्ता मूल्य सूचकाङ्कले लगातार चौथो महिनामा पनि बैंक अफ जापानले राखेको २ प्रतिशतको लक्ष्य नाघेको भन्दै सरकारले उच्च पारिश्रमिक योजना ल्याउन आधारभूत कदम चाल्नुपर्ने बताईएको छ। यो वृद्धि मुख्यतया उच्च ऊर्जा र खाद्य मूल्यहरुको कारण भएकोले सकारात्मक मूल्य वृद्धि भन्दा फरक छ जसले गर्दा बढ्दो मागले उच्च मूल्य र उच्च ज्याला आवश्यक रहेको देखाउछ । उच्च स्रोतले जनाए अनुसार मूल्य वृद्धिको असर कमजोर येनको प्रभाव पछि अझै देखिने अपेक्षा गरिएको छ।शरद ऋतुमा सुरु हुने धेरै खाद्यान्न उत्पादनहरूमा मूल्य… पुरा पढौ

सिंजा विरासत झल्काउन ‘सिंजा हाट’

जुम्ला, २ भदौ जुम्लाको सिंजा गाउँपालिकाले सिंजा साम्राज्यको विरासत जगाउने र स्थानीय उत्पादन बजारीकरण गर्न १ भदौदेखि हाट बजार चलाएको छ । यस्तो बजार हरेक महिनाको १ गते लगाउने गाउँपालिकाको तयारी छ ।  १८४६ सालभन्दा अघि सिंजा राज्यका निकै शक्तिशाली थियो । त्यसै बेलादेखि यहाँ ‘हाट’ बजार लाग्थ्यो । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्थ्यो । पुरानो इतिहास झल्काउन र स्थानीयलाई आर्थिक रुपमा सबल पार्न… पुरा पढौ

नेपालकै अग्लो पुलबाट हाम फालेर बिदा भइन प्रमिला …

बागलुङ: पछिल्लो केही समयदेखि निकै तनावमा रहेकी थिइन्। बागलुङ नगरपालिका १४ बस्ने वर्ष ३३ की प्रमिला अखेली। दुई नाबालिग छोरा र सासु ससुरासँग एकसाथ बस्दै आएकी प्रमिलाले मंगलबार आफन्त र बागलुङको कैयाबासीहरु सबैलाई रुवाएर बागलुङ कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट हाम्फालेर सँधैका लागि बिदा भइन् । बढेको काली गण्डकी नदीमा हाम्फालेकी प्रमिलाले पुलमा जानु अघि नै फेसबुकमा तस्विर पोस्ट गर्दै अन्तिम सोमबार भनेर लेखेकी छिन्। साउन महिनामा माछा मासु बारेकी उनले साउनको अन्तिम दिन भने छोराहरुलाई मासु पकाएर खुवाएपछि आँफू बिदा… पुरा पढौ

बागलुङमै प्रथम पटक अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु

बागलुङमै प्रथम पटक अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु भएको छ । पावर फिटनेस क्लब तथा हाईकर्स युनाईटेड बागलुङको संयुक्त आयोजनामा प्रतियोगिताको पहिलो दिनको खेल समापन भएको छ ।उक्त प्रतियोगिताको लागि १६ विद्मालयको सहभागीतामा प्रतियोगिता संचालन भईरहेको हाईकर्स युनाईटेड बागलुङका कार्यक्रम संयोजक प्रवेश शर्माले जानकारी दिनुभयोे ।खेलमा सहभागि विद्मालयका १२ कक्षा भित्रका विद्मार्थीहरुको सहभागिता रहेको पावर फिटनेस क्लबका बरदान थापाले बताउनुभयो ।प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले खेल जीवनमा आवश्यकका साथसाथै स्वस्थ रहने… पुरा पढौ

कोभिड-१९ परीक्षण गर्ने किट अनलाइन बिक्रीको लागि मन्त्रालयद्वारा स्वीकृत

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले बुधबार नोवेल कोरोनाभाइरस संक्रमणको बारेमा परीक्षण गर्न एन्टिजेन परीक्षण किटहरू अनलाइनबाट बिक्रीको लागि अनुमति दिने संकेत गरेको छ।किटहरूको अनलाइन बिक्रीलाई मन्त्रालयको विज्ञ समितिले केहि दिन अघि नै अनुमोदन गरेको थियो। संक्रमणको वर्तमान लहरको बीचमा अस्पताल र बाहिरका बिरामीलाई क्लिनिकहरूमा दबाबमा परेकाले जुनसुकै बेला घरबाट परीक्षण गर्न किटहरू प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले यो कदम चालिएको हो।एन्टिजेन परीक्षण किटहरू अगस्टको अन्त्य अघि नै अनलाइनमार्फत बेच्ने अपेक्षा गरिएको छ। पुरा पढौ

लामो समय संसद बैठकमा अनुपस्थित हुने सांसदको नामावली सार्वजनिक 

संसद बैठकमा विविध कारण देखाउँदै लामो समय अनुपस्थित हुने १५ सांसदको नामावली सार्वजनिक भएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नामावली सार्वजनिक गर्नुभएको हो ।  संसद बैठकमा लामो समय अनुपस्थित हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुविर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी र कर्मा घले हुनुहुन्छ । यसैगरी, सुरेश चन्द्र दास, शिवकुमार… पुरा पढौ

दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु

दार्चुला, भदौ १ गते। दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका-६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक विष्टले जानकारी दिनुभयो।  दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बुङगल नगरपालिकाका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहनुभएको छ। मृतक रैभान र चम्फा श्रीमान श्रीमती हुनुहुन्छ।  जीप सडकबाट करिब २५० मिटर तल खसेको… पुरा पढौ

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन सुरु

काठमाडौं, १ भदौ निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमाथिको अध्ययन सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बुधबारको बैठकले महाअभियोग अध्ययन गर्न कार्यविधि पास गर्ने र सभापति चयन गर्ने एजेन्डा छ । समितिको आजको बैठकको सभापतित्व जेष्ठ सदस्य रामबहादुर विष्टले गरेका छन् । बैठकमा समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ ।  एमाले सांसद कृष्णभक्त पोखरेलले पाँच महिनासम्म महाअभियोग त्यत्तिकै थन्याएर राखेको भन्दै आपत्ति जनाए । ‘हामी कस्तो थिति बसाल्दै छौ ? प्रधानन्यायाधीश जस्तो व्यक्तिविरुद्धको  महाअभियोग पाँच महिनासम्म किन राखियो… पुरा पढौ

तीन वर्षमा ९ अर्बको हातहतियार नेपाल भित्रियो, कहाँबाट आउँछ नेपालमा हातहतियार ? 

काठमाडौं, १ भदौ   नेपालमा पछिल्लो तीन वर्षमा करिव ९ अर्ब रुपैयाँको विभिन्न हातहतियार भित्रिएको छ ।  आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका हुन् ।  भन्सार विभागका अनुसार २०७६ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा विभिन्न देशबाट नेपालले ८ अर्ब ९३ करोड ४३ लाख ९६ हजार रुपैयाँको हातहतियार खरिद गरेको देखिन्छ ।  गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९८ करोड १७ लाख ७८ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।  आर्थिक वर्ष… पुरा पढौ

आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध

काठमाडौं, १ भदौ सरकारले बुधबार (१ भदौ) देखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो । बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयले आदेश छ । पुरा पढौ