राष्ट्रिय समाचार

टोकियोमा ट्राभल अनुदान अभियान सेप्टेम्बर १ बाट पुन: सुरु

टोकियो महानगर सरकारले सेप्टेम्बर १ तारिखबाट आफ्ना बासिन्दाहरूको लागि ट्राभल अनुदान अभियान पुन: सुरु गर्ने भएको छ ।नयाँ कोरोनाभाइरसको संख्यामा व्यापक वृद्धि हुन थालेपछि गत जुलाईको अन्त्यसंगै यसलाई अभियानलाई रोक लगाएको सरकारले सेप्टेम्बर १ देखि अक्टोबर १ सम्म जारी रहने गरि पुन संचालन गर्न लागेको बताएको छ ।अभियान संचालनको अवधिमा टोकियो भित्रको यात्रा गर्नेहरूलाई मात्र यसले समेट्ने छ ।यात्रालाई बढ़ावा दिइ आर्थिक कारोबारमा वृद्धि ल्याउन प्रोत्साहन गर्ने उद्देश्यसहित संचालन गर्न लागिएको यस अभियानमा प्रति व्यक्ति पाँच रातको यात्रा ट्रिप अन्तरगत… पुरा पढौ

जापान सरकारले रोजगारदाता वा बिचौलिया समूहले गर्भवती विदेशी कामदारहरूलाई गर्ने गरेको दुर्व्यवहारको अनुसन्धान गर्दै

जापान सरकारले विदेशी प्राविधिक प्रशिक्षार्थीहरूलाई गर्भवती भएको वा बच्चा जन्माएको कारण रोजगारदाता वा बिचौलिया समूहले देश छाड्न बाध्य पारेको छ कि छैन भनेर पत्ता लगाउन सर्वेक्षण गरिरहेको छ।जापानको अध्यागमन सेवा एजेन्सी र स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले प्रशिक्षार्थीहरूलाई सँगै काम गरिरहेकाहरूले उत्पीडन र दुर्व्यवहारको बारेमा धेरै ऊजुरी बढ्न थालेपछि सरोकारवाला निकायको ध्यानाकर्षण भै यस प्रकारको सर्वेक्षण गरिरहेको बताईएको छ ।कार्यरत कम्पनीमा महिलाहरू गर्भवती भएमा छोड्न सहमत भएका कागजातहरूमा हस्ताक्षर गर्न बाध्य पारिएको घटनाहरू भेटिएका छन । जापानमा बर्खास्त हुने र… पुरा पढौ

प्रदीप गिरीको स्वास्थ्य अवस्था चिन्ताजनक 

नेपाली कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई बिहीबारदेखि भेन्टिलेटरमा राखिएको थियो। परिवारको आग्रहमा उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालिएको छ। उनलाई अहिले अक्सिजनमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। गिरीलाई अति उच्च मात्रामा अक्सिजन दिइएको छ। परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालेर अक्सिजनमा राखिएको चिकित्सकको भनाइ छ। लामो समय भारतको मुम्बईमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरी निमोनिय भएपछि मेडिसिटी अस्पताल भर्ना भएका हुन्। शुक्रबारदेखि नै उनको स्वास्थ्य लाभको… पुरा पढौ

भगवान श्रीकृष्ण र आजको सामाजिक/राजनीतिक परीवेश !

विश्वमा सबैभन्दा लोकपृय र धेरै भाषामा अनुवाद भएका धार्मिक पुस्तक मध्येको श्रीमद्भगवत गीताका मूल नायक भगवान श्रीकृष्ण मानिन्छन् । उनलार्इ हिन्दु परम्परा अन्तरगतका सबै सम्प्रदाय तथा पथका अनुयायीहरूले अत्यन्तै श्रद्धा गर्दछन् । हिन्दु धर्मशास्त्रहरूका अनुसार भगवान श्रीकृष्ण यस पृथ्वीतलमा अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिकाहरूबाट थिचोमिचोमा परेका सम्पूर्ण मानवको रक्षा गर्न अवतरित भएका थिए । उनले सनसारमा रहुञ्जेल सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरे ।  राजनीति, धर्म, दर्शन, योग, ज्ञान आदिका पूर्णज्ञाता भएकाले श्रीकृष्णलाई भगवानका अन्य सबै अवतारहरूभन्दा… पुरा पढौ

जापानका पूर्व प्रधानमन्त्री आबेको गोली हानी हत्या भएपछि भिआईपीको सुरक्षा नियमलाई कडा बनाउदै, ३०० सुरक्षाकर्मी र हवाई गस्तीसहित बुलेटप्रुफ ग्लासको प्रयोग गर्ने 

जापानको राष्ट्रिय प्रहरी एजेन्सीले लगभग ३० वर्षमा पहिलो पटक भिआईपी सुरक्षाको लागि आफ्नो नियमहरू परिमार्जन गर्ने भएको छ ।गत महिना पूर्व प्रधानमन्त्री शिन्जो आबेको सुरक्षामा भएको त्रुटिका कारण उनको गोली हानी हत्या भएपछि प्रहरीले उच्च पदस्थहरूको लागि यहि महिनादेखि हालको मौजूदा नियमहरू परिवर्तन गर्न लागिएको प्रहरी स्रोतले जनाएको छ । १९६५ मा लागू गरिएको नियमहरूलाई अन्तिम पटक १९९४ मा परिमार्जन गरिएको थियो ।त्यस यता अहिले परिमार्जन गर्न लागिएको हो ।प्रहरी एजेन्सीका अनुसार उच्च पदस्थहरूको सुरक्षाको लागि सुरक्षाकर्मीहरूलाई तालिम विस्तार गर्ने… पुरा पढौ

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ । फिल्मका निर्देशक जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको यो फिल्मको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङगणमा वर्ल्ड प्रिमियर गर्न लागेको बताए । आइतबार हुने वर्ल्ड प्रिमियरका लागि फिल्मका लेखक विकास सुवेदीसहितको टिम शनिबार जुम्ला जाँदैछ । फिल्म हेर्न स्थानिय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा वयवसायमा आवद्ध व्यक्तिहरुका साथै सम्पूर्ण गाँउबासीलाई निम्ता दिइएको छ । जुम्लाको परिवेशमा कथा भनिएका कारण फिल्मको… पुरा पढौ

वैदेशिक रोजगारीबाट दस खर्ब विप्रेषणसँगै दैनिक पाँच शव

गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले ज्यान गुमाएका छन् ।  आव २०७८/७९ मा वैदेशिक रोजगारीबाट १० खर्ब सात अर्ब ३१ करोड रुपियाँ विप्रेषण भित्रिँदा एक हजार ४७९ जनाले रोजगारीकै क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् ।   विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण स्रोत रहेको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आव २०७८/७९ मा आठ अर्ब ३३ करोड अमेरिकी डलर हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो विप्रेषण आर्जन नेपाली मुद्रामा ९.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले वृद्धि… पुरा पढौ

जापानी युवाहरूलाई मदिरा जन्य पदार्थ पिउन उत्प्रेरित गर्न अभियान नै सुरु

जापानी युवाहरूले अल्कोहल जन्य पदार्थ निकै कम सेवन गर्ने गरेकाे भन्दै सरकारले मदिरा अभियान सुरु गरेको छ। युवा पुस्ताहरूले मदिरा जन्य पदार्थको प्रयोग कम गरेपछि मदिरा अभियान सुरु गरेको हो । युवा पुस्ताले आफ्ना आमाबाबुको तुलनामा कम मदिरा पिउने गरेको यो कदमले पेय पदार्थहरूबाट कर संकलन घटेको भन्दै सरकारले नयाँ मदिरा पिउन प्रेरित गर्ने अभियान सुरु गरेको जनाएको छ। सेक भाइवा!’ अभियानले यस्ता मदिराजन्य पेय पदार्थलाई खपत बढाउने र उद्योगलाई बढावा दिने योजना ल्याउने आशा लिइएको छ। जापानको नेश्नल ट्याक्स एजेन्सीले संचालन… पुरा पढौ

जापानमा मूल्य वृद्धिदर ३ प्रतिशत पुग्ने अनुमान, सूचकांकमा राखेको लक्ष्य नाघेकोले पारिश्रमिक बढाइनुपर्ने

जुलाई महिनामा उपभोक्ता मूल्य सूचकाङ्कले लगातार चौथो महिनामा पनि बैंक अफ जापानले राखेको २ प्रतिशतको लक्ष्य नाघेको भन्दै सरकारले उच्च पारिश्रमिक योजना ल्याउन आधारभूत कदम चाल्नुपर्ने बताईएको छ। यो वृद्धि मुख्यतया उच्च ऊर्जा र खाद्य मूल्यहरुको कारण भएकोले सकारात्मक मूल्य वृद्धि भन्दा फरक छ जसले गर्दा बढ्दो मागले उच्च मूल्य र उच्च ज्याला आवश्यक रहेको देखाउछ । उच्च स्रोतले जनाए अनुसार मूल्य वृद्धिको असर कमजोर येनको प्रभाव पछि अझै देखिने अपेक्षा गरिएको छ।शरद ऋतुमा सुरु हुने धेरै खाद्यान्न उत्पादनहरूमा मूल्य… पुरा पढौ

सिंजा विरासत झल्काउन ‘सिंजा हाट’

जुम्ला, २ भदौ जुम्लाको सिंजा गाउँपालिकाले सिंजा साम्राज्यको विरासत जगाउने र स्थानीय उत्पादन बजारीकरण गर्न १ भदौदेखि हाट बजार चलाएको छ । यस्तो बजार हरेक महिनाको १ गते लगाउने गाउँपालिकाको तयारी छ ।  १८४६ सालभन्दा अघि सिंजा राज्यका निकै शक्तिशाली थियो । त्यसै बेलादेखि यहाँ ‘हाट’ बजार लाग्थ्यो । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्थ्यो । पुरानो इतिहास झल्काउन र स्थानीयलाई आर्थिक रुपमा सबल पार्न… पुरा पढौ