प्रचण्डको प्रस्ताव पारित, यस्तो बन्यो पदाधिकारी टीम, १२५ सदस्यीय पोलिटब्यूरो समेत गठन

-


     जनहित न्युज    
     भाद्र ४ गते २०७९


नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पदाधिकारीको नाम पारित भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले महासचिवमा देव गुरुङसहित पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको एक शिर्ष नेताले जानकारी दिए। 

माओवादीकाे महासचिवमा देव गुरुङ चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर चयन भएका छन् । यसैगरी बैठकले उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ। 

सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् ।

स्थायी समितिको बैठकले १२५ सदस्यीय पोलिटब्यूरो र नारायणकाजी श्रेष्ठको नेतृत्वमा चुनावी घोषणा पत्र तयारी समिति समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?