टोकियो - जापानले अक्टोबर ११ देखि व्यक्तिगत यात्रुहरूका लागि भिसा-मुक्त प्रवेश पुनः सुरु गर्ने भएको छ ।प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार न्यूयोर्कको एक कार्यक्रममा लगभग साढे दुई वर्षपछि पहिलो पटक पूर्व-महामारी मापदण्डको नजिक ल्याउँदै जापान प्रवेशको लागि आफ्नो सीमामा लगाईएका नियमहरूमा फुक़ुवा गर्ने घोषणा गरेका छन ।"हामी देशमा प्रवेश गर्ने व्यक्तिको संख्यामा रहेको सिमितता हटाउनेछौं, र व्यक्तिगत यात्रा र भिसा-मुक्त यात्रा स्वीकार गर्न पुनः सुरु गर्नेछौं," किशिदाले भने।हाल जापानले कोभिड-१९ को फैलावटलाई नियन्त्रण गर्नका लागि प्याकेज टुरहरूको मात्र अनुमति दिने गरेको…
पुरा पढौ