
टोकियो – जापानले अक्टोबर ११ देखि व्यक्तिगत यात्रुहरूका लागि भिसा-मुक्त प्रवेश पुनः सुरु गर्ने भएको छ ।
प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार न्यूयोर्कको एक कार्यक्रममा लगभग साढे दुई वर्षपछि पहिलो पटक पूर्व-महामारी मापदण्डको नजिक ल्याउँदै जापान प्रवेशको लागि आफ्नो सीमामा लगाईएका नियमहरूमा फुक़ुवा गर्ने घोषणा गरेका छन ।
“हामी देशमा प्रवेश गर्ने व्यक्तिको संख्यामा रहेको सिमितता हटाउनेछौं, र व्यक्तिगत यात्रा र भिसा-मुक्त यात्रा स्वीकार गर्न पुनः सुरु गर्नेछौं,” किशिदाले भने।
हाल जापानले कोभिड-१९ को फैलावटलाई नियन्त्रण गर्नका लागि प्याकेज टुरहरूको मात्र अनुमति दिने गरेको र सबै आगन्तुकहरूलाई भिसा चाहिने व्यवस्था रहेको छ । दैनिक आगमनको संख्या ५०,००० मा सीमित गरिएको छ। तर यस नियमले देशको अर्थतन्त्र देशलाई झन्झन् धेरै अप्थ्यारो बनाएको छ। विश्वका अन्य ठूला अर्थतन्त्र भएका देशहरूले पूर्ण रूपमा पर्यटकहरूका लागि सिमा खोलिएका छन्। प्रधानमन्त्री कोशिकाले गरेको घोषणा अनुसार अक्टोबर ११ देखि छोटो अवधिका आगन्तुकहरूले अब पर्यटक भिसाका लागि आवेदन दिन आवश्यक पर्दैन।
महामारी अघि जापानले ६८ देश र क्षेत्रका मानिसहरूलाई भिसा-रहित छोटो अवधिको यात्रा अनुमति दिएको थियो। जस्तै सिंगापुर, मलेसिया, थाइल्याण्ड, हङकङ र अमेरिका र ट्राभल एजेन्सीहरू मार्फत टुर बुक नगरि भ्रमण गर्न सजिलो हुनेछ।
जापानी सरकारले कमजोर येनको फाइदा उठाउँदै इनबाउन्ड पर्यटनमार्फत अर्थतन्त्रलाई बृद्धि गर्ने आशा राखेको छ।जापानी मुद्रा २४ वर्ष यता कै न्यून विन्दुमा पुगेको छ, एकै समयमा प्रति डलर १४५ छ, जसले जापानलाई अन्तर्राष्ट्रिय यात्रुहरूका लागि अझ आकर्षक गन्तव्य बनाउँछ।
कोभिड-१९ अघि जापानलाई एशियाको सबैभन्दा लोकप्रिय गन्तव्यहरू मध्ये एक देशको रूपमा रहेको जापानले २०१९ मा रेकर्ड ३१.८ मिलियन आगन्तुकहरू स्वीकार गरेको थियो ।
यसको सांस्कृतिक स्रोत र विमानस्थलको पूर्वाधारका कारण जापानले विश्व आर्थिक मञ्चको पछिल्लो ट्राभल एण्ड टुरिजम डेभलपमेन्ट इन्डेक्सले मे महिनामा जारी प्रतिवेदनमा नम्बर १ मा स्थान बनाएको छ।