राष्ट्रिय समाचार

जापानको शिन ओकुबोमा रहेको भेटघाट रेष्टुरेण्टमा ५५० मै पेट भरि खाना खान पाइने

महँगीले आकाश छुन लागिरहेको पछिल्लो अवस्थामा जापानको राजधानीको व्यस्त शहर शिन ओकुबोमा ५५० येनमा मज्जाले नेपाली स्वादमा पेटभरि खाना खान पाइन्छ भन्दा धेरैलाई बिश्वास नलाग्न सक्छ । नेपालमा लामो समय कुक पेशामा काम गरेका दक्ष कुकहरूद्वारा तयार पारिएको शुद्द नेपाली स्वादको खाना खानाको लागि शिन ओकुबोमा रहेको नेपाली रेष्टुरेण्ट भेटघाटमा सो व्यवस्था रहेको छ । मौलिक नेपाली खाना सस्तों र सुलभ मूल्यमा प्रदान गरि नेपाली खानालाई जापानी बजारमा व्यापकता दिने उद्देश्यले नेपाली रेष्टुरेण्ट भेटघाट संचालनमा ल्याइएको संचालक तथा नेपाली व्यावसायी… पुरा पढौ

संस्थागत तथा सामुदायिक विद्यालयलाई स्वस्थ प्रतिस्पर्धा गराई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छः नगरप्रमुख गैरे

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई स्वस्थ प्रतिस्पर्धा गराएर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताएका छन ।न्यू लाईफ आवासीय माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ द्वारा आयोजित १३ औँ निकेश चन्द्र चोखाल (निवेस) को स्मृति आधारभुत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख गैरेले उक्त भनाई राखेका हुन । उनले गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको अवलम्वन गर्नुपर्ने बताए । नगरप्रमुख गैरेले यहाँको समृद्धि र विकासको लागि जिम्मा लिने सक्षम नागरीक उत्पादन गर्नु आजको… पुरा पढौ

जापानमा यसअघि कहिल्यै अनुभव नगरेको जस्तो खतरनाक ताइफु आउदै, ताइफुपूर्व नै सुरक्षितस्थलमा जान आग्रह

जापानको मौसम विज्ञान निकाय (जेएमए) ले शनिबार दक्षिणी क्युशु टापुतर्फ आउँदै गरेको ‘खतरनाक’ ताइफु आउने जोखिम रहेको बताएको छ। ताइफुबाट अकल्पनीय क्षति हुनसक्ने भन्दै त्यहाँका बासिन्दालाई ताइफुपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ।  ‘नानमाडोल’ नाम दिइएको ताइफुले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ ताइफुका रूपमा वर्गीकृत गरिएको छ। दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको थियो।यो ताइफु आइतबार क्युशुको दक्षिणी कागोशिमा प्रान्तमा प्रवेश गर्ने र त्यसको अर्को दिन उत्तरतर्फ सर्ने र… पुरा पढौ

पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित,हालसम्म १७ जनाको मृत्यु ६ जना बेपत्ता

लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ। पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ।  अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन्। उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ।  उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।  हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच… पुरा पढौ

१२ औ नेपाल फेष्टिवलमा १ करोड ८५ लाख भन्दा बढिको आम्दानी, २९ लाख बढि खुद नाफा

एनआरएनए जापान र जापानका लागि नेपाली राजदूतावासको संयुक्त आयोजनामा भएको १२ औ नेपाल फेष्टिवलमा १ करोड ८५ लाख भन्दा बढिको आम्दानी भएको छ ।गत जुन ३० र ३१ मा नाकानोमा भएको १२ औ नेपाली फेष्टिवलको आर्थिक विवरण सार्वजनिक गर्न शनिबार आयोजित भर्चुवल पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।नेपाल र जापानका बिचमा स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै नेपालको मौलिक पहिचानलाई जापानी समुदायका बिचमा परिचित गराइ नेपालमा जापानी पर्यटकहरूको बढ़ावा दिने लगायतका विभिन्न उद्देश्य राखी आयोजना गरिएको सो फेष्टिवलमा स्टलबाट… पुरा पढौ

असोज १ देखि बैंकको ब्याजदर बढ्दै,सबैभन्दा बढि प्रभुले १५ दशमलव १३ प्रतिशत ब्याजदर प्रदान गर्ने

असोज १ गतेदेखि बैंकको ब्याजदर वृद्धि हुने भएको छ। नेपाल बैंकर्स संघले नै ब्याजदर खुल्ला छोड्ने निर्णय गरेसँगै ब्याजदर बढाउने सूचना बैंकहरुले जारी गरेका छन्। वाणिज्य बैंकहरुको सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले यसअघिको भद्र सहमति खारेज गरेको थियो। गत फागुनदेखि एक अंककै दरमा निक्षेपको ब्याजदर कायम थियो। उक्त सहमति बैठकले तोडेको हो। योभन्दा अघि निक्षेपमा अधिकतम ११ दशमलव ०३ प्रतिशत ब्याज दिन पाउने सहमति थियो।  भद्र सहमति टुटे पनि बैंकहरुले धेरै ब्याज भने बढाउन पाउने छैनन्। सोही… पुरा पढौ

दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ला

दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ ।  यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।  बैठकले अग्रिम… पुरा पढौ

जापानमा फिल्म ‘लाखे’ को प्रदर्शन हुने, जेबी गुरुङले किने महंगो मूल्यमा

सस्पेन्स थ्रिलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापान राइट बिक्रि गरिएको छ । जापान निवासी युवा ब्याबसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा आफ्नो फिल्मको जापान प्रदर्शन अधिकार किनेको जानकारी कार्यकारी निर्माता हरि मल्ल ठकुरीले दिएका छन् ।  फस्र्टलुक पोस्टरसँगै चर्चामा रहेको ‘लाखे’ को टिजरले पनि दर्शकको ध्यान तानेकाले ‘ओभरसिज राइटस्’ का लागि अफर आइरहेको मल्लले बताए । जापानपछि केही दिनमै अन्य देशमा फिल्म बेच्ने तयारी गरिएको उनले सुनाए ।  निर्देशक सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल,अनुप विक्रम शाही, अर्पण… पुरा पढौ

क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा, क़ानूनी परामर्शमा व्यस्त

काठमाडौँ- नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा रहेको बुझिएको छ। स्रोतका अनुसार उनी सिंगापुरमा कानुनी परामर्श गरिरहेका छन्। सिंगापुरमा कानुनी परामर्शपछि उनी नेपाल आउने बुझिएको छ।घटनापछि तनावमा रहेका सन्दीपले नेपालबाट गएका वकिलहरुसँग कानुनी परामर्श गरिरहेका छन्। पुरा पढौ

नेपालले भारतलाई हराउदै साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनलमा

साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो । उपाधिको भीडन्त सोमबार हुनेछ । यस क्रममा प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ । प्रतियोगिताकै इतिहासमा भारत फाइनल नपुगेको यो पहिलो पल्ट हो । नेपालले भने पाँचौँपल्ट फाइनल खेल्नेछ। भारतको यो लगातार दोस्रो हार हो । यस अगाडि भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको धियो । भारत यस अगाडिका सबै संस्करणको विजेता… पुरा पढौ