राष्ट्रिय समाचार

दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ला

दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ ।  यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।  बैठकले अग्रिम… पुरा पढौ

जापानमा फिल्म ‘लाखे’ को प्रदर्शन हुने, जेबी गुरुङले किने महंगो मूल्यमा

सस्पेन्स थ्रिलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापान राइट बिक्रि गरिएको छ । जापान निवासी युवा ब्याबसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा आफ्नो फिल्मको जापान प्रदर्शन अधिकार किनेको जानकारी कार्यकारी निर्माता हरि मल्ल ठकुरीले दिएका छन् ।  फस्र्टलुक पोस्टरसँगै चर्चामा रहेको ‘लाखे’ को टिजरले पनि दर्शकको ध्यान तानेकाले ‘ओभरसिज राइटस्’ का लागि अफर आइरहेको मल्लले बताए । जापानपछि केही दिनमै अन्य देशमा फिल्म बेच्ने तयारी गरिएको उनले सुनाए ।  निर्देशक सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल,अनुप विक्रम शाही, अर्पण… पुरा पढौ

क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा, क़ानूनी परामर्शमा व्यस्त

काठमाडौँ- नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा रहेको बुझिएको छ। स्रोतका अनुसार उनी सिंगापुरमा कानुनी परामर्श गरिरहेका छन्। सिंगापुरमा कानुनी परामर्शपछि उनी नेपाल आउने बुझिएको छ।घटनापछि तनावमा रहेका सन्दीपले नेपालबाट गएका वकिलहरुसँग कानुनी परामर्श गरिरहेका छन्। पुरा पढौ

नेपालले भारतलाई हराउदै साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनलमा

साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो । उपाधिको भीडन्त सोमबार हुनेछ । यस क्रममा प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ । प्रतियोगिताकै इतिहासमा भारत फाइनल नपुगेको यो पहिलो पल्ट हो । नेपालले भने पाँचौँपल्ट फाइनल खेल्नेछ। भारतको यो लगातार दोस्रो हार हो । यस अगाडि भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको धियो । भारत यस अगाडिका सबै संस्करणको विजेता… पुरा पढौ

नागरिकता प्रकरणको अद्योपान्त

नागरिकता विधेयकको गलपासो राजा वीरेन्द्रको घाँटीबाट फुकाउन  सहयोग पु¥याउने संवैधानिक राजतन्त्रको पालाका प्रधानमन्त्री शेरबहादुर देउवा नै अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालका प्रधानमन्त्री हुन् । यो गलपासो अब राष्ट्रपति विद्यादेवी भण्डारीको घाँटीमा फस्ने भएको छ । अन्ध तथा उग्र राष्ट्रवादीहरूको लहैलहैमा संवैधानिक संसदीय राजतन्त्रका राजालाई नागरिकता विधेयक हस्ताक्षर गरी सदनलाई फर्काउनका साटो थन्काई राखिरहँदा त्यो विधेयक तत्कालीन राजा वीरेन्द्रको घाँटीमा गलपासो बनिसकेको थियो । त्यतिखेर पूर्वप्रधानमन्त्रीहरूको सल्लाह लिनेक्रममा गिरिजाप्रसाद कोइरालालाई राजा वीरेन्द्रले बोलाएका थिए । कोइराला राजासँगको भेट गर्न जानुअघि जानकारहरूसँग… पुरा पढौ

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि अध्ययन पश्चातको बारेमा परामर्श दिन अनलाइन सेमिनार गरिदै

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि भाषा अध्ययन पश्चात् थप अध्ययन र वर्किङ भिषाको लागि आवश्यक परामर्श दिनको लागि एक अनलाइन सेमिनारको आयोजना गरिने भएको छ ।一般社団法人NPPFJAPAN जनप्रगतिशील हेल्प डेक्स, नेपाली बिद्यार्थी समाज जापान सेन्दाई बिद्यार्थी समूह जापान, जनसहयोग जापान ( Public Support In Japan) को संयुक्त आयोजनामा सेप्टेम्बर २३ तारिकका दिन जापानमा रहेका यससँग सम्बन्धित विज्ञसहित जानकार व्यक्तित्वको सहभागितामा सूचना र जानकारीमूलक अन्तरक्रियात्मक सेमिनार गर्न लागिएको जनप्रगतिशील हेल्प डेक्सका संयोजक राज पुरीले जानकारी दिए ।सो सेमिनारमा जापानको भाषा अध्ययन पश्चात्… पुरा पढौ

जापानमा रहेकी गायिका अमृता श्रीपालले यौनदुर्ब्यवहार सहित ज्यानमार्ने धम्की दिएको आरोप , दोहोरी संचालकले गरे खण्डन

टोकियो - साँगीतिक कार्यक्रमको सिलसिलामा केही समयदेखि जापानमा रहँदै आएकी गायिका अमृता श्रीपालमाथि हातपात तथा यौनदुर्ब्यवहार दुर्ब्यवहार र ज्यान मार्ने धम्की आएको घटनाप्रति मोना जापानले घोर भत्सर्ना गरेको छ । म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ भकिम्ले घर भई हाल साँगीतिक कार्यक्रमका लागि केही समयदेखि जापानमा रहँदै आएकी गायिका अमृता श्रीपालले आफुमाथि हातपात तथा यौनजन्य दुर्ब्यवहार हुनुका साथै ज्यान मार्ने धम्की आएकोले न्यायिक सुरक्षा पाउँ भनि निवेदन पर्न आएको भन्दै मोना जापानले एक बिज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको… पुरा पढौ

डेनमार्कका नेपालीविच म्याराथन हुदै

कोपनहेगन, १३ सेप्टेम्बर । डेनमार्कको राजधानी कोपनहेगनमा रहेका नेपालीहरुविच मैत्रीपूर्ण म्याराथन (लामो दुरीको दौड) हुने भएको छ । ‘दौड़को मस्ती, ज़्यानमा तन्दुरुस्ती’ भन्ने मुल नारा सहित कोपनहेगन नेपाली म्याराथन हुने भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको आयोजनामा सेप्टेम्बर १७ तारिखका दिन ५ किलोमीटरको म्याराथन कोपनहेगनको बेलाहोय खेल मैदानको बिशाल पोखरी पार गरी पुरा हुनेछ । नेपाली समाजविच भावानात्मक, सामाजिक एकता तथा शारीरिक स्वास्थ्य र तन्दुरुस्तीसम्बन्धी जन चेतनाको अभिवृद्धि गराउने उद्देश्यले म्याराथन हुन् लागेको हो । पुरुष, महिला… पुरा पढौ

महिला र किशोरी होशियार !परिवार नियोजनका साधन र समस्या

परिवार नियोजनका साधनहरूको प्रयोग गर्दा यदि जानकारीको अभाव भयो भने प्रजनन स्वास्थ्यमा प्रभाव पर्ने सम्भावना पनि हुन्छ ।आजभन्दा ३२ वर्षअघि म वीर अस्पतालको ‘परिवार नियोजन शाखामा’ अस्थायी कर्मचारी थिएँ । त्यहाँ हामीलाई सात वर्षसम्म प्रयोग गर्न सकिने नरप्लान्टको सुई राख्ने तालिम दिइयो । ६ महिनामा मैले झन्डै ४०० महिलाको पाखुरामा नरप्लान्ट राखेको थिएँ ।तर ६० जना महिलालाई नरप्लान्ट राखेको दुई महिनामै निकाल्नुपरेको थियो । तीमध्ये कसैको धेरै तौल बढेको थियो, कसैलाई लगातार योनीबाट रगत बग्ने समस्या देखिएको थियो । कसैलाई… पुरा पढौ

गलकोट समाज जापानको अध्यक्षमा कालिका थापा निर्वाचित, ‘समाजको लक्ष्य र उदेश्य पुरा गर्न सबै सरोकारवाला निकायसँग समन्वय गरेर कार्य गर्ने छु’-अध्यक्ष थापा

गलकोट समाज जापानको सातौ अधिवेशनबाट कालिका थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन ।मंगलबार नागोयामा सम्पन्न सो अधिवेशनले आगामी २०२२-२०२४ को कार्यकालको लागि थापाको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध रूपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मोहन खत्रीले जानकारी दिए । “हाम्रो गाउ“ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी लागि गलकोट क्षेत्रको सामाजिक ,आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले जापानमा सन् २००६… पुरा पढौ