राष्ट्रिय समाचार

“करणी कि यौन दुरूपयोग”

“करणी कि यौन दुरूपयोग”हरेक दिन बजारमा बलत्कारका घटना घटिरहेका छन् । छ्या, कस्तो जमाना आयो । उट्पट्यांग करणी र जालसाजीको मुद्दाको कारणले बजारमा घटेका जबर्जस्ती करणी र बलत्कारको घटना ओझेलमा परिरहेको छ । पल शाल र सन्दिप लामिछाने त प्रतिनिधि पात्रहरू हुन अरू धेरै पात्रहरू हुन सक्छन् । मन मिल्दासम्म गरिएको उठबस, शारीरिक आकर्षण र प्रेम उत्तेजनालाई करणी भन्ने कि नभन्ने सामाजिक संजालमा निकै बहस चलिरहेको छ । आजकल बजारको हल्लाले करणी के लाई भन्ने भनेर पनि विधमान कानुन द्विविधा… पुरा पढौ

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ । उनको निधन स्कटल्याण्ड स्थित बाल्मोरल काशलमा भएको हो जहाँ उनले ग्रीष्मकालीन समय बिताएकी थिइन्।उनका चारजना सन्तान रहेका छन । उनको उत्तराधिकारी प्रिन्स अफ वेल्स समेत अन्तिम समयमा उनको साथमा थिए।"रानीको आज दिउँसो बालमोरलमा मृत्यु भयो," बकिंघम प्यालेसले एक विज्ञप्तिमा जारी गरेर मृत्यु भएको पुष्टि गरेको हो ।"राजा र रानी कन्सोर्ट आज साँझ बालमोरलमा रहनेछन् र भोलि लन्डन फर्कनेछन्।"डाक्टरहरूले उनको… पुरा पढौ

अप्पर कर्णाली हाइड्रो पावरबारे मन्त्री भुसालद्वारा संसदलाई जानकारी 

काठमाडौँ २२ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगानी बोर्डको सिफारिसमा मन्त्रीपरिषद्ले जिएमआर अप्पर कर्णाली हाइड्रो पावर लिमिटेडको वित्तीय व्यवस्थापनसम्बन्धी म्याद थप्ने निर्णय गरेको संसदलाई जानकारी गराउनुभएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले वित्तीय व्यवस्थापनको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको उहाँले स्पष्ट पार्नुभएको हो । माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन र जलविद्युत आयोजनामा राष्ट्रिय हितको संरक्षणसम्बन्धी सांसदले गर्नुभएको ध्यानाकर्षणका सम्बन्धमा मन्त्री भुसालले भन्नुभयो, “पारदर्शीरुपमा इच्छुक÷स्वदेशी लगानीकर्तालाई समान रुपमा प्रतिस्पर्धा गर्ने मौका दिएको… पुरा पढौ

माओवादी बलियो नभएसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली नै गलत रहेको बताउनुभएको छ । आज काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रचण्डले भने,युवा विद्यार्थीहरु सडकको हिरो तपाईहरु हो, तपाईहरु अआउँदासम्म देशले गति लिँदैन,सडक तताउने, जनताको टेल, गाउँमा एउटा अभियान चलाउने कार्यक्रम बन्दै छ भन्ने विश्वास छ । संविधानसभाबाट संविधान बनाउँदै गर्दा हाम्रो निर्वाचन प्रक्रियामा देखिएको विकृति र विसंगतीलाई हटाउन एउटा अभियानको रुपमा लिएको बताउदै उनले  जनताको बीचमा यि मान्यताहरुलाई स्थापित गर्न विशेष पहल… पुरा पढौ

एप्पलले आइफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक, नेपाली बजारमा यसको मूल्य करिब २ लाख माथि पर्ने

एप्पलले आज आइफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्दैछ। एप्पलको आइफोन १४ सिरिज निकै प्रतिक्षित संस्करण हो।  कम्पनीले अमेरिकास्थित आफ्नो कर्पोरेट मुख्यालय एप्पल पार्क क्याम्पसबाट ‘फार आउट’ नामक इभेन्टमार्फत आइफोन १४ सार्वजनिक गर्ने तालिका बनाएको छ।  नेपाली समयअनुसार आज राति १० बजेर ४५ मिनेटबाट एप्पल इभेन्ट सुरू हुनेछ। उक्त इभेन्ट एप्पलको आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिन्छ।  कार्यक्रममा कम्पनीले आइफोन १४ सँगै आइफोन १४ म्याक्स, आइफोन १४ प्रो, आइफोन १४ प्रो म्याक्स, एप्पल वाच सिरिज ८, एप्पल वाच प्रो र एयरपड्स प्रो २ पनि… पुरा पढौ

प्रेस चौतारी चितवनका पूर्वसचिव सापकोटाले गरे पत्रकार कल्याणकारी कोषमा १० हजार सहयोग

टोकियो – प्रेस चौतारी चितवनका पूर्व सचिव विनोदकुमार सापकोटाले आफ्नो जन्मदिनको अवसरमा पत्रकार कल्याणकारी कोषमा १० हजार सहयोग गरेका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा चौतारी चितवनका पूर्व सचिव सापकोटाले दश हजार नगद सहयोग गरेका हुन् । पत्रकार सापकोटाले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग जुटाउने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहयोग गरेको प्रतिक्रिया दिए । गरेको चौतारी चितवनका अध्यक्ष सुवास पण्डितकाअनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरूलाई असहज… पुरा पढौ

जापानले न्यून आय भएका परिवारको लागि राहत प्याकेज ल्याउदै, प्रति परिवार ५० हजार येन दिने

जापान सरकारले २४ वर्ष यता कै तीव्र मुद्रास्फीतिको चपेटालाई न्यून आय भएका प्रति परिवार ५० हजार येन ($ 351) राहत प्याकेजको रूपमा वितरण गर्ने योजना बनाएको छ ।युक्रेन-रूसको युद्धका कारणले गर्दा उच्च ऊर्जा अभाव र खाद्यान्नको मूल्यहरूमा अत्यधिक मूल्य वृद्धि भै न्यून आय भई कष्टकर जीवन भएका परिवारलाई राहत प्रदान गर्ने गरि सो प्याकेज दिन लागिएको उच्च सरकारी स्रोतलाई उदृत गर्दै जापानी समाचार माध्यमले जनाएका छन । विशेष गरेर यस्तो राहत प्राप्त गर्नका लागि आवासीय करबाट छुट भएका घरपरिवारहरू योग्य… पुरा पढौ

फुकुओकाको जापानी भाषा पढाउने विद्यालयले विदेशी विद्यार्थीमाथि मानवअधिकार उल्लङ्घन गरेको पाइएपछि अध्यागमनले बन्द गरायो

जापानको अध्यागमन सेवा एजेन्सीले फुकुओकाको मिनामी वार्डमा रहेको जापानी भाषा विद्यालय निशिनिहोन इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटबाट विदेशी विद्यार्थीहरूलाई साङ्लो र तालाले थुनेर राख्ने जस्ता मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै विदेशी विद्यार्थीहरूलाई स्वीकार गर्ने अधिकार खारेज गरेको छ ।हाल सो विद्यालयमा रहेका लगभग ६३० जना विद्यार्थीलाई समेत अन्य विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिइएको छ । ६३० विद्यार्थी मध्य अधिकांश नेपाली विद्यार्थीहरूपनि रहेको बताईए पनि यसबारे थप केहि जानकारी उल्लेख गरिएको छैन । सन् २०१६ मा जापानी भाषा विद्यालय सञ्चालनका मापदण्डमा कडाई गरिएपछि… पुरा पढौ

जापानको सेन्दाइमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम हुने

सेन्दाई विद्यार्थी समूह र कर्णाली प्रदेश समाज, सेन्दाईले संयुक्त रूपमा विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएका छन ।नेपालीहरूको महान पर्वको अवसर पारेर प्रवासमा पनि आफ़नो कला संस्कृति, रितिरिवाज र चाडपर्वलाई बचाई राख्ने उद्देश्यले जापानका लागी नेपाली राजदूत महामहिम डाक्टर दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्यमा सेप्टेम्बर २५ तारिकका दिन सो कार्यक्रम गर्न लागिएको सेन्दाई विद्यार्थी समूहका अध्यक्ष गोकर्ण रूपाखेतीले जानकारी दिए ।जापानको सेन्दाइमा भएका सबै संघसंस्था सहित त्यहा रहेका नेपालीको समुदायहरूको उपस्थित रहने गरि कार्यक्रम गरिने… पुरा पढौ

बाल यौन दुरुपयोगमा पललाई साढे २ वर्षको जेल सजाय

जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ ।      नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको आजको इजलासले नायक शाहलाई बाल यौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो ।      साथै रु २५ हजार जरिवानाको फैसलासमेत भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रराज पौडेलले राससलाई जानकारी दिए । जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको… पुरा पढौ