बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ ।
उनको निधन स्कटल्याण्ड स्थित बाल्मोरल काशलमा भएको हो जहाँ उनले ग्रीष्मकालीन समय बिताएकी थिइन्।
उनका चारजना सन्तान रहेका छन । उनको उत्तराधिकारी प्रिन्स अफ वेल्स समेत अन्तिम समयमा उनको साथमा थिए।
“रानीको आज दिउँसो बालमोरलमा मृत्यु भयो,” बकिंघम प्यालेसले एक विज्ञप्तिमा जारी गरेर मृत्यु भएको पुष्टि गरेको हो ।”राजा र रानी कन्सोर्ट आज साँझ बालमोरलमा रहनेछन् र भोलि लन्डन फर्कनेछन्।”
डाक्टरहरूले उनको स्वास्थ्यको बारेमा चिन्ता व्यक्त गरेपछि उनको परिवारले स्कटल्याण्डको घर बालमोरल क्यासलमा लगिएको थियो। उनी गत वर्षको अन्त्यदेखि बकिंघम प्यालेसले “एपिसोडिक मोबिलिटी समस्या” बाट पीडित थिइन्। रोगबाट पिडित भएपछि आफ्नो लगभग सबै सार्वजनिक संलग्नताबाट पछि हटेकी थिइन ।
रानी एलिजाबेथ द्वितीय विश्वको सबैभन्दा वृद्ध र सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्र प्रमुख पनि थिइन्, उनको बुबा राजा जर्ज VI को फेब्रुअरी 6, 1952 मा मृत्यु भएपछि २५ वर्षकी उनी सिंहासनमा आएकी थिइन ।