राष्ट्रिय समाचार

डेंगुका बिरामीले भरियो टेकु अस्पताल

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ ।  डेंगु भाइरस 'एडिस' जातको लामखुट्टेले सार्ने गर्दछ । यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ । सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि… पुरा पढौ

अमेरिकामा अगष्टमा अझै बेरोजगारीको संख्या वृद्धि हुने

अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएकोे छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो ।  गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । गत जुलाईमा यो सङ्ख्या पाँच लाख २६ हजार पुगेको थियो । जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो सङ्ख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए । बेरोजगारहरूको सङ्ख्या महामारी पूर्वको… पुरा पढौ

‘हाम्रा लागि पनि सरकार रहेछ । म बसेको ठाउँको जग्गा मेरै भयो ।’

पोखरा- पोखरा १५ का शुकराम परियार आइतबार निकै खुसी थिए । एक हातमा रातो लालपुर्जा समाएर अर्को हातले पसिना पुछ्दै उनले भन्दै थिए, ‘हाम्रा लागि पनि सरकार रहेछ । म बसेको ठाउँको जग्गा मेरै भयो ।’ सेतीदोभान टोलमा बस्दै आएका उनी उमेरले ६० टेके । परियार भूमिहीन भएर बसेको आधा सतक हुन लाग्यो । विसं २०३२ सालदेखि सार्वजनिक जग्गामा बसेका उनले धेरै दु:ख पाए । आफ्नै जग्गा नहुँदा धेरै सुविधाबाट बञ्चित थिए । २०५२ सालमा सेतो पुर्जा पाए तर त्यो आफ्नै… पुरा पढौ

नेपाल फेस्टिवल नागोया-२०२२ आज दोस्रो दिनपनि जारी ,पहिलो दिनको फोटो फ़िचर

नेपाल फेस्टिवल नागोयामा शुरु भएको छ। आइतबार सम्म चल्ने फेस्टिवल पानी पर्ने चिन्ताले आयोजकलाईं चिन्तित बनाए पनि मौसमले साथ दिएपछि फेष्टिवलमा दर्शकहरुको घुईचो लागेको थियो। फेविटवलमा शनिबार सबैभन्दा बढि आर्कषण नेपालबाट आएका चर्चित कलाकारहरु बद्रि पंगेनी, सम्झना भण्डारी र राजु लामा लगाएत कलाकारहरु रहे। दर्शकहरु उनिहरुको गीत संगीतमा मस्त देखिन्थ्ये । फेष्टिवल उद्घाटन पूर्व पञ्चेबाजा सहित बिभिन्न जातजातिहरुको झाँकीले फेस्टिवल परिसर परिक्रमा गरेका थिए। फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु राखिएका छन्। एनआरएनए… पुरा पढौ

नेपालले केन्याविरुद्धको तीन एकदिवसीय अभ्यास सिरिज एक खेल अगावै बाजी मार्यो

नेपालले केन्याविरुद्धको तीन एकदिवसिय अभ्यास सिरिज एक खेल अगावै जितेको छ ।  नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले घरेलु टोली केन्यालाई १६ रनले पराजित गरेको हो । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.२ ओभरमा अलआउट हुँदै २१४ मात्र रन मात्रै बनायो ।  यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाबै २-० ले जितेको छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । केन्याका लागि रकिप पटेलले ८१ रनको अर्धशतकीय इनिङ खेले । कोलिन्स ओबुयाले… पुरा पढौ

सम्पत्ति शुद्धीकरण: नेपाल अप्ठ्यारो अवस्थामा – के हुन् कमजोरी? ‘ग्रे लिस्ट’ मा परे कस्ता जटिलता आइपर्लान्?

यदि नेपालका ब्याङ्कहरूको अन्तर्राष्ट्रिय ब्याङ्कहरूसँग सम्पर्क भङ्ग भयो भने के होला? अथवा नेपालको वित्तीय प्रणाली अन्तर्राष्ट्रिय समुदायको सूक्ष्म निगरानीमा पर्‍यो भने? यी त्यत्तिकै उठाइएका प्रश्न होइनन्। आगामी महिनाहरूमा नेपालले आवश्यक सतर्कताका साथ केही काम नगरे यी प्रश्नले आउने कैयौँ वर्ष देशलाई सताउन सक्छन्। सम्पत्ति शुद्धीकरण: पेचिलो विषय गत चैत २५ गते सरकारले नेपाल राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने पत्र पठायो। त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका गभर्नरको रिट निवेदनमा एउटा गम्भीर प्रसङ्ग थियो। गभर्नर अधिकारीले आफ्नो रिट निवेदनमा कसैको… पुरा पढौ

मेरो सङ्कल्प भनेकै देशको विकास र सम्वृद्धि हो : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र सम्वृद्धि नै आफ्नो सङ्कल्प रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज शिलान्यास गर्दै प्रचण्डलेसङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए । उनले भने, जनताको चाहना विकास र समृद्धि भएकोले शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो । भूमिगत विद्युतीकरणलेजनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उनले बताए।  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरेकी छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा… पुरा पढौ

जापानले संक्रामक रोगका बिरामी नलिने अस्पताललाई जरिवाना गर्ने 

जापानले संक्रामक रोगका बिरामी नलिने अस्पताललाई जरिवाना गर्ने भएको छ ।सरकारले स्थानीय सरकारहरूले कोभिड-१९ र अन्य संक्रामक रोगका बिरामीहरूका लागि उपचार प्रदान गर्न र शैयाको व्यवस्थापन गर्न असफल हुने प्रमुख अस्पतालहरूलाई जरिवाना गर्ने निर्णय गरेको छ। सरकारले संदिग्ध संक्रमण रोगका साथ जापान प्रवेश गर्ने व्यक्तिहरूले अलग्गै बस्दा आफ्नो स्वास्थ्य अवस्था रिपोर्ट नगर्ने लाई पनि जरिवाना गर्ने भएको छ । यसको लागि आर्थिक वर्ष २०२३ मा संक्रामक रोगहरूको प्रतिक्रियाको लागि कमाण्ड सेन्टरको रूपमा काम गर्न छुट्टै एजेन्सी समेत स्थापना गर्ने भएको… पुरा पढौ

आफ़नो यौन इच्छा पुरा गर्न महिलाको भित्री वस्त्र (अन्डरवियर) चोरेको आरोपमा एक पुरुष पक्राउ

जापानको होक्काइडोमा प्रहरीले एक घरबाट महिलाको भित्री वस्त्र अन्डरवियर चोरेको आरोपमा एक ३३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले संदिग्धको घरको घरमा खानतलासी गर्दा करिब २०० वटा महिलाको अन्डरवियरका फेला परेको बताएको छ ।प्रहरीका अनुसार एक कम्पनीका कर्मचारी रहेको संदिग्ध व्यक्तिले जुन २५ तारिख राति करिब ९ बजेको समयमा घरको ढोकामा ताला नलिएको मौका पारि घरभित्र पसेर महिलाको भित्री वस्त्र अन्डरवियर चोरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।आफ्नो केही अन्डरवियर हराइरहेको पाइएपछि त्यो घरकी महिलाले सडक निगरानीका लागि राखिएको क्यामेरा… पुरा पढौ

समाजबादी र माओवादीले एउटै घोषणापत्र बनाउने,चुनाव चिह्न आ–आफ्नै हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताएका छन् ।  नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत समेत गरेका छन् । प्रतिनिधि र प्रदेश दुबै सन्तुलित हुने गरि तालमेल गरिने प्रचण्डले बताए । गठबन्धन दलभित्र कुनै असहमति नभएको भन्दै प्रचण्डले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिने बताए।  उनले  एमालेसँग तालमेलको अब कुनै सम्भावना नभएकोप्रष्ट पारेका छन् । सत्ता… पुरा पढौ