समाजबादी र माओवादीले एउटै घोषणापत्र बनाउने,चुनाव चिह्न आ–आफ्नै हुन्छ : प्रचण्ड

-


     जनहित न्युज    
     भाद्र १७ गते २०७९


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताएका छन् । 

नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत समेत गरेका छन् । प्रतिनिधि र प्रदेश दुबै सन्तुलित हुने गरि तालमेल गरिने प्रचण्डले बताए । गठबन्धन दलभित्र कुनै असहमति नभएको भन्दै प्रचण्डले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिने बताए। 

उनले  एमालेसँग तालमेलको अब कुनै सम्भावना नभएकोप्रष्ट पारेका छन् । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा जान्छौं उनले भने । प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीको एउटै घोषणापत्र बनाउने गरी छलफल चलिरहेको बताउंदै केही समयभित्रै पार्टी एकता संयोजन समिति बन्ने बताए । तर चुनावमा घोषणापत्र एउटै भएपनि चुनाव चिन्ह भने आ–आफ्नै हुनेबताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?