राष्ट्रिय समाचार

आमा नभए रमाइलो हुन्न तीज

वर्ष दिनको तीजमा भाई लिन आका छन् विदा दिनुस् स्वामी राजै माइती जाने हो सिन्दूर, पोते, सारीमा माइत जाने हो आमाले नै पकाएको दर खाने हो तीज र आमा, तीज र चेलीबेटीको सम्बन्ध र प्रेम यो नै तीजको प्रमुख आकर्षण हो। हिन्दु धर्मावलम्बी महिलाहरू र आजकल त सबै नेपाली महिलाहरूमा तीजको माहोल एउटा उत्सवपूर्ण बन्न सक्नु सकारात्मक पक्ष पनि हो। तीज चेलीबेटीको एउटा महत्त्वपूर्ण पर्वको रूपमा मानिदै आएकोले नै महिलाहरूको चहलपहल र रमाइलो माहोल सृजना हुनु स्वाभाविक हो। तीज र… पुरा पढौ

बिहानै चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु

रौतहट - रौतहटमा चट्याङ लागेर एकै गाउँमा तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवि, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका  प्रमुख डिएसपी रुपेश कुमार सिंहले जानकारी दिए । अन्य चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको मल्लले जानकारी दिए।  चट्याङ लागेर एउटै गाउँको एकै… पुरा पढौ

भाद्र शुक्ल तृतीया अर्थात् तीज

भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। तीज पर्व भाद्र शुक्ल, द्वितीयादेखि सुरु भई पञ्चमीसम्म मनाइने हिन्दु महिलाको विशेष पर्व मानिन्छ । नेपाली हिन्दू महिलाको महान पर्व तीजको रौनक धेरै दिन पहिलेदेखि नै हुन्छ । हिन्दु धर्मावलम्बीहरुको महान तथा विशेष चाडको रुपमा परिचित यस पर्वमा महिलाले आफ्नो श्रीमान्को लामो आयु र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ ।  बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय… पुरा पढौ

माओवादी केन्द्रको निर्देशनः भदौ २० गतेभित्र उम्मेदवार सिफारिस गर्नू

नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौं भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।  बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका हुन् । पोलिटब्युरो सदस्य युवराज चौलागाईंका अनुसार २० भदौभित्र उम्मेदवारको टुंगो लगाउने र जसले टिकट पाए पनि सहयोग गरेर जाने निर्णय भएको छ । यसैगरी, बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनसमेत गरेको… पुरा पढौ

महँगो पर्व बन्दै तीज

महिलाहरूको महान् चाड तीजको रौनक बढ्दो छ। केही वर्ष कोरोनाले निराशापूर्ण बनाएको यो चाड अहिले महिलाहरू धुमधामले मनाउन थालेको पाइएको छ। विशेष गरेर नयाँ पुस्ताका महिलाले तीज आउनुपूर्व नै दर खान सुरु गरिसकेकाले यसमा थप रौनक देखिन थालेको छ भनेर अर्कोतर्फ केही दिनअगावैको तडकभडकले तीजको असली संस्कृति उनीहरूले बिर्सन थालेका हुन् कि भन्ने जस्तो पनि देखिन्छ।  तीज हामी महिलाको महान् चाड हो र यसलाई रमाइलो गरेर मनाउनुपर्छ तर यसको उपयोग सही ढङ्गले गर्न जानेन भने तीजको के मतलब भयो र… पुरा पढौ

एनआरएनएको एसिया प्रशान्त क्षेत्र सम्मेलन सम्पन्न (घोषणापत्र सहित)

बैंकक (जीएनएन) - गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आइतबार थाईल्याण्डको राजधानीमा सम्पन्न भएको छ ।सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर, गण्डकी प्रदेशका पर्यटन मन्त्री माननीय मणिभद्र कंडेल, नेकपा एमालेका सांसद डा. सूर्य प्रसाद पाठक, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट, संस्थापक अन्तर राष्ट्रिय संयोजक (महासचिब) भीम उदास… पुरा पढौ

मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाई रहन दिने अवस्थाको अन्त्य गर्छौ-प्रमुख बालेन्द्र शाह

अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रणको कार्य निरन्तर संचालन हुने र मिचाहा बर्गलाई कानून मिची रहन र अझ मोटाई रहन दिने अवस्थाको अन्त्य गर्दै आवश्यकता र औचित्यको आधारमा काठमाडौं महानगरपालिकाले कार्यकारिणी शक्तिको प्रयोग गर्ने बताएको छ ।आइतबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले एक विज्ञप्ति प्रकाशित गर्दै सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भूइ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानूनी भएको स्पष्ट पारेका छन… पुरा पढौ

बा फ्रेमभित्र बसेपछि…

तिम्रो काँधको कञ्चनजङ्घा चढेपछि नैजागेको हो ममा उचाइको मोहतिम्रो औँलाको अङ्कुसे साथ छुटेपछि नैबुझेको हुँ छुटाइको अर्थतिम्रो छातीमा सिउरी खेल्दैघाँटीमा पिङ खेल्न पाएपछि मात्रैबल्ल दशैँ आउनेगर्थ्यो मेरोतिम्रो दौराको खल्तीबाटपिपलगेडी निस्केपछि बल्लचाडपर्व सुरू हुन्थ्यो मेरो । बा!आमा सधैं झूटो बोल्छिन् मसँगबा खै आमा? भन्दा तारा देखाउँदै भन्छिन्उ तेरा बा! बा!तिमी साँच्चै तारा बनेका हौ भनेकिन चम्कन्नौ मेरो चकमन्न रातमा? बा! तिमी साँच्चिकै आकाशमा छौ भनेभिज्दा निथ्रुक्क वियोगको झरीलेकिन उडाउन्नौ छाता सान्त्वनाको? बा!तिमी जहिलेदेखि दैलोमाथिसिसाको फ्रेममा बस्न थाल्यौहो त्यतिखेरबाटै विद्रोही भएको हूँ… पुरा पढौ

पोर्तुगलको लिस्वनबाट परदेशको तिज नियाल्दा

तिज हिन्दु नारीहरुको महान चाड मानिन्छ । यो पर्वको राम्रो नराम्रो पक्षको बारेमा अहिले चर्चा तिर नलागम । धार्मिक मान्छेले मान्छन तर यसमा भएका महिला माथीको एक प्रकारले पुरुषवाद भने हाबी देखिन्छ । मेरो नजर बाट यो भने गलत छ । पोर्तुगलको लिस्वन शहरमा चितवन समाजले तिज कार्यक्रम आयोजना गर्यो केहि दिनअघि । पोर्तुगलमा लगभग चालिस हजारको हाराहारीमा नेपाली बसोबास भएको हुनाले यस्ता कार्यक्रमहरु निकै हुने गर्दछन । परदेशको ठाउका कार्यक्रमहरुमा जान पनि भ्याए जाने हो नभ्याए बेलुका काम सके… पुरा पढौ

भगवान् भेट्न ‘स्वर्ग जाने बाटो’ 

आफन्तजन ८४ वर्ष पुग्दा खुसियालीमा भोज खुवाउन वा पितृको सम्झनामा धार्मिक अनुष्ठान गर्न खर्च गरिने रकम पदमार्ग निर्माणमा लगानी गर्ने चलन उदाहरणीय बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार र आसपासका गाउँलेले आफन्त ८४ वर्ष पुगेपछि भगवान् भेट्न जाने बाटो निर्माण गरिदिने अनौठो चलन चलाएका छन् ।  निजी खर्चमा कालीगण्डकीको तीरदेखि अन्नपूर्णको फेदीमा रहेको धार्मिकस्थल खयरभारानी थानसम्म पुग्ने पदमार्ग निर्माणको अभियान आठ वर्षदेखि कायम छ । सामाजिक सेवाको भावले गाउँलेले स्वतस्फूर्त रूपमा पदमार्ग निर्माण गर्दै आएका छन् ।  सुरुवातमा पाउद्वारवासीले… पुरा पढौ