पोर्तुगलको लिस्वनबाट परदेशको तिज नियाल्दा

-


     प्रकाश गजमेर    
     भाद्र ११ गते २०७९


तिज हिन्दु नारीहरुको महान चाड मानिन्छ । यो पर्वको राम्रो नराम्रो पक्षको बारेमा अहिले चर्चा तिर नलागम । धार्मिक मान्छेले मान्छन तर यसमा भएका महिला माथीको एक प्रकारले पुरुषवाद भने हाबी देखिन्छ । मेरो नजर बाट यो भने गलत छ ।

पोर्तुगलको लिस्वन शहरमा चितवन समाजले तिज कार्यक्रम आयोजना गर्यो केहि दिनअघि । पोर्तुगलमा लगभग चालिस हजारको हाराहारीमा नेपाली बसोबास भएको हुनाले यस्ता कार्यक्रमहरु निकै हुने गर्दछन ।

परदेशको ठाउका कार्यक्रमहरुमा जान पनि भ्याए जाने हो नभ्याए बेलुका काम सके पछी जाने साथीहरूले गरेको लाइभ हेरेर चीत्त बुझाउने बाहेक केही हुन्न । म आफू बिरलै नेपालीहरुको कार्यक्रममा उपस्थिति हुने गरेको छु । तर, यहाँ भने गजबको संयोग मिल्यो । छुट्टी पनि परेको र चितवन समाजका अध्यक्ष सहयोगी मित्र रवि अर्यालले आउनुस है जसरी पनि भन्ने अनुरोधलाई नकार्न सकिएन र गए ।

लामो समय सांगितिक क्षेत्रमा काम गरेको हुनाले परदेशतिर पनि कहिले काहीँ यसो मेसो मिल्दा गाउने बजाउने गर्छु । त्यहा अर्को संयोग त्यो पनि मिल्यो । युरोप मै पहिलो पल्ट तिज गीत प्रतियोगिता आयोजना गरिएको थियो । संगीत संयोजनको काम हामी चार जनाको थियो । कलाकारहरु पूर्ण अर्याल, किरण दीप परीयार, बासुरी बादक र बासुरी मेकर बुद्ध लामा र म गयौं ।

कार्यक्रम भब्य रुपमा लिस्वनकै धेरै मात्रामा नेपाली हरुले कार्यक्रम गर्ने चाइनिज रेस्टुरेन्ट ओक मुन्दोमा थियो । जहाँ आयोजकले बुफे खानाको ब्यबस्था गरेको थियो । धेरै दिदीबैनीहरु नेपालमा जस्तै सारीमा सजिएका थिए । कामबाट थकित मान्छेहरु पाएको एक दिनको विदा नाच्ने गाउने रमाउने भनेपछी धेरै खुशी मुद्रामा थिए । युरोपतिर सधै पाइन्ट टिसर्ट वा वन पीसमा देखिने दिदीबैनीहरु सारीमा असाध्यै सुन्दर देखिएका थिए ।

धेरैले आफ्नो बच्चाहरु पनि ल्याएका थिए ।साना साना नानीबाबुहरु नेपाली तीज गीतमा छम छम नाचिरहदा मनमा एक प्रकारको खुसी लागेको पनि थियो । अर्कोतिर ती नानीबाबुहरुको भविष्यमा हुने छाडा संस्कृतिको अन्योलताको चिन्ता पनी थियो । जन्म पोर्तुगल । घरमा नेपाली भाषा । स्कुलमा पोर्तुगीस भाषा । अनि खाना दाल भात केही ठुलो भए पछि कताको संस्कृति अंगाल्लन ! भन्ने पनि मेरो मनमा प्रश्न उब्ज्यो । त्यो समयले बताउने कुरा भयो ।

कार्यक्रममा देखिएका असाध्य नराम्रो पाटो भनेको एक हुल मान्छे स्टेज भरि थिए । कार्यक्रममा उपस्थिति भएका मध्य २०% खादा लगाएका थिए । खादा लगाएर स्टेजमा बस्ने ठाउँ नहुदा सम्म पनि कोचीएर एकले अर्कालाई नै बस्न असहज हुने गरि बसेका मानिस हरु देखि भने दया लागेको थियो । घरदेशमा नै यो खादा भाषण संस्कृतिले वाक्कै भएका हामी नेपाली परदेशमा पनि यो खालको अवस्था हुनु चै दुःखद थियो ।

अब भने बिषय बस्तु तिर लागौ । किन मलाइ यो तीज कार्यक्रम सभ्य लाग्यो भन्दा कसैको गलामा पनि तडक भडकवाला सुन थिएन । सामान्यतः एउटा सिक्री अथबा एउटा् सामान्य हार त्यो पनि विरलैको थियो । एउटा कुनामा बसेर नाच्ने महिलाहरुलाइ एक टक्कले हेरीरहेको थिए । कसको गलामा धेरै तडक भडक वला सुन देखिन्छ भनेर मैले कसैकोमा पनि त्यो पाइन ।

अर्को कुरा कोही पनि महिलाहरुको असाध्यै महँगो महँगो सारीहरु देखिएन एकाध जनाको बाहेक । किन यस्तो भयो होला? तुलना नेपाल तिर हुन थाल्यो । नेपालमा केही तीजको दर खाने कार्यक्रम हरुको भिडियो /फोटोहरु पनि सामाजिक संजालमा दैनिक जसो नै नियाल्ने गरेको छु । उताको तडक भडक धेरै छ। कठै एउटै गलामा दुई तीन वटा सम्म हार, घोगे तीलरी सिक्री जस्ता अ-स्वभाविक गहना जुन लगाउदा सुन्दरता भन्दा पनि भद्दा देखिन्थ्यो । तर आफ्नो हैसियत यो हो भन्ने कुरा भने महिलाले अर्को महिलालाई नै देखाए जस्तो देखिन्छ । तर यहाँ त्यो थिएन । सबै सामान्य रुपमा आएका थिए । कस्तो सुहाएको सुन्दर देखिएको थियो । सारीमा एउटा् सीक्री वा सामान्य एउटा हार । सामान्य तरिकाले नाचे गाए रमाए ।

किन यहाँ सुन कल्चर कम देखियो होला त ! भन्ने मेरो अनुमान एक त परदेशमा भने जस्तो नेपाली गहना पाउने सुन पसल छैन । अर्को कुरा एक तोला सुन किन्न पोर्तुगल जस्तो ठाउमा एक महिना १० घन्टा काम गर्न पर्ने हुन्छ । अर्को कुरा जब मान्छेलाइ आफैले मेहनत गरेर रगत पसिना बगाएर कमाउन पर्ने भएपछि अलि बिलासिताका वस्तु खरिद गर्न त्यति रुचि हुन्न जस्तो लाग्छ ।त्यस्तै पोर्तुगलको कमाइले परिवार सहित बस्दा यहाँ लाउन खान मात्र पुग्ने भएर पनि होला सायद ।

ती कुराहरु मात्र नभएर अर्को तर्क मान्छेले परदेशमा आएपछि यहाको मान्छेको सुनप्रति कुनै मोह नदेखेर पनि हुन सक्ला जस्ता अनुमान लगाए । मैले भन्न खोजेको कुरा सुन लगाउदैमा असभ्य कसरी भयो भन्ने प्रश्न पनि आउला म सुन विरोधी होइन । देखासीकीको विरोधी भने अवश्य हुँ । हो त्यो मानेमा मैले यसपालीको परदेशको यो तीज सभ्य देखे ।

कार्यक्रममा चर्चित गायक भगवान भण्डारी, जो हाम्रो समयको अति नै लोकप्रिय गायक हुन् । बनमा कांडा छ, खैरेनीमा गेट जस्ता चर्चित गीतका सर्जकको उपस्थिति थियो । गायिका देबीका केसीको उपस्थितिले कार्यक्रम अझै रौनक थपिएको थियो । चर्चित गायक जे बी ओलीको गफ र गीतमा महिला दिदीबहिनीहरु निकै झुमेका थिए ।

जब मान्छेलाइ आफैले मेहनत गरेर रगत पसिना बगाएर कमाउन पर्ने भएपछि अलि बिलासिताका वस्तु खरिद गर्न त्यति रुचि हुन्न जस्तो लाग्छ ।

तीज गीत प्रतीयोगीताको प्रथम पुरस्कार भने स्याङ्जा समाजले जितेको थियो भने द्वितीय बाग्लुङ समाजको भयो ।

कार्यक्रममा देखिएका असाध्य नराम्रो पाटो भनेको एक हुल मान्छे स्टेज भरि थिए । कार्यक्रममा उपस्थिति भएका मध्य २०% खादा लगाएका थिए । खादा लगाएर स्टेजमा बस्ने ठाउँ नहुदा सम्म पनि कोचीएर एकले अर्कालाई नै बस्न असहज हुने गरि बसेका मानिस हरु देखि भने दया लागेको थियो । घरदेशमा नै यो खादा भाषण संस्कृतिले वाक्कै भएका हामी नेपाली परदेशमा पनि यो खालको अवस्था हुनु चै दुःखद थियो ।

सबैलाइ सम्मानपूर्वक आफ्नो आफ्नो संस्थाको कार्यक्रममा निम्ता दिएर रमाइलो गरेर खाना खाजा खुबाएर पठाउन सके खादा मालाको आर्थिक भार पनि कम हुनेछ । र सबै समान जस्तो पनि देख्ने थियो कि ! अब आउने कार्यक्रमहरुमा भने यस्तो भैदियोस भन्ने सुझाब सहित सम्पुर्ण आमा तथा दिदीबहिनीहरुलाइ तिजको शुभकामना ।

लेखक गजमेर पोर्तुगलका सामाजिक अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?