राष्ट्रिय समाचार

अर्लाङ्कोट सेवा समाज जापानको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोपाल सापकोटा चयन

अर्लाङ्कोट सेवा समाज जापानको मंगलबार सम्पन्न तेस्रो अधिवेशनले गोपाल सापकोटाको अध्यक्षतामा २३ सदस्यीय नया कार्यसमिति सर्वसहमतिमा चयन गरेको छ ।गुल्मीको अर्लाङ्कोट क्षेत्रबाट जापान आइ विभिन्न पेशा व्यावसाय अध्ययन लगायतमा संलग्न रहेका अर्लाङ्कोटेहरूको साझा संस्थाको रूपमा रहेको सो समाजको अधिवेशनले उपाध्यक्षमा रिसीराम घिमिरे, राम प्रसाद खरेल, केशब खरेल , गणेश के.सी. र मुकेश शर्मा सापकोटालाई चयन गरेको संस्थापक अध्यक्षएवं निर्वाचन संयोजक टिकाराम खरेलले जानकारी दिए । एनआरएनए जापानका अध्यक्ष श्री शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट महासचिवमा सागर खराल। सचिवमा भुवन… पुरा पढौ

गलकोट समाज जापानले अंग्रेज़ी नयाँ वर्ष-२०२३ मा जापानका मुख्य ४ शहरमा ‘वृहत सांगीतिक धमाका-२०२३’ गर्ने 

गलाकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२३ मा जापानका चार वटा शहरमा ‘गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको सहयोगार्थ वृहत सांगीतिक धमाका-२०२३’ गर्ने भएको छ ।सोमबार बसेको समाजको केन्द्रीय कार्यसमितिको बैठकले सामाजिक उत्तारदायित्वका लागि समाजले विगतका वर्षमा गर्दै आएको नियमित कार्यक्रम अन्तरगत जापानका ४ वटा शहरमा डिसेम्बर ३० तारिख फुकुओका, डिसेम्बर ३१ तारिख ओसाका, जनवरी १ तारिख नागोया र जनवरी २ तारिख टोकियोमा नेपालका चर्चित कलाकारहरूको साथमा सो कार्यक्रम गरिने समाजका प्रवक्ता दिलिप कंडेलले जानकारी दिए ।गलकोट क्षेत्रमा स्थानीय सरकारसँगको आवश्यक समन्वयमा… पुरा पढौ

७५ वर्षमा सात संविधान, तीनवटा प्रक्रियाको अभ्यास

नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास अवलम्बन गरिसकेको छ । लामो समय र अर्बौं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको सोमबार ७ वर्ष पूरा भएको छ । ३० भदौ २०७२ मा संविधासभाबाट करिब ९१ प्रतिशत बहुमतले संविधान पारित गरेको थियो । सोही संविधानलाई ३ असोज २०७२ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाको बैठकमार्फत सार्वजनिक गरेका थिए । अहिले सोही संविधान प्रचलनमा छ । ७५ वर्षको इतिहासमा सातवटा संविधान बने । सातवटा संविधान बनाउँदा विश्वका तीन… पुरा पढौ

‘गरुँ मृत्युको गीत, नगरुँ कविवरको इच्छा’-संगीतकार आशिष अविरल

संगीतकार आशिष अविरललाई द्विविधा आइलाग्यो जब कविवर माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि सार्वजनिक गर्नू भनी लेख्नुभएको गीतमा धुन भर्नुपर्ने भयो । मूर्धन्य स्रष्टाको गीतमा संगीत गर्न पाउनु उनका लागि चुनौती र अवसर दुवै थियो । ‘गीतलाई न्याय गर्न सक्दिन कि भन्ने लाग्यो, संगीत गर्दिन भन्न पनि सकिनँ’, अविरलले भने, ‘एक किसिमको द्विविधाजस्तो भयो, गरुँ मृत्युको गीत, नगरुँ राष्ट्रकविजस्तो ‘लिजेन्ड’को इच्छा ।’  गत साता दिवंगत भएका कविवर घिमिरेद्वारा रचित उक्त गीत ‘त्यसरी होस् मरण…’ मा मृत्युकालिक कल्पनाको चित्रण छ । गीतमा गायक… पुरा पढौ

जापानमा ताइफुले उग्र रूप लिदा २ जनाको मृत्यु ७० जना घाइते , मंगलबार ३ सय मिलिमिटरसम्म भारी वर्षा हुनसक्ने अनुमान

जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको ताइफुको कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मियाजाकीमा आँधीका कारण ४१ वर्षीय पुरुषसहित दुई जनाको मृत्यु भएको छ। उनको पहाडमा निर्माण गरिएको क्याबिनको माटो भत्किएर पुरिएको अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ।"यहाँ वरपर धेरै पटक माटो खसेको छ। माटो माटो जस्तै छ त्यसैले सजिलै भत्किन्छ," नजिकैको मिमाता सहरमा बस्ने ७८ वर्षीय वृद्धले भने, करिब एक वर्षअघि क्याबिन निर्माण भएको… पुरा पढौ

जबराको पीएसओबाहेक सबै सुरक्षाकर्मी फिर्ता 

सरकारले निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराको सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मी फिर्ता गरेको छ। गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले पीएसओबाहेक अगुवा पछुवा गाडीका सबै सुरक्षाकर्मी फिर्ता गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।  प्रहरीले ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको छ । निलम्बित भइसकेकाले प्रधानन्यायाधीशका रुपमा सुविधा नदिइएको एसएसपी कार्कीको भनाई छ ।  संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट संसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आइतबारबाट काममा फर्कने… पुरा पढौ

“गलकोट”नामक वृत चित्रको प्रदर्शन सुरूवात मंगलबारदेखि जापानको नाकानो जिरो हलबाट हुने

बागलुङ ज़िल्लाको समग्र गलकोट क्षेत्रलाई संसार सामु चिनाउने हेतुले निर्माण गरिएको "गलकोट"नामक वृत चित्र जापानका विभिन्न शहरहरूमा मंगलबारदेखि प्रदर्शन हुने भएको छ ।गलकोट क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय एवं लोक जनजीवनका विभिन्न आयामहरुलाई समेटेर श्रब्य-दृश्यमा कैद गरिएको सो वृतचित्र सेप्टेम्बर २० तारिक अर्थात् मंगलबार जापानको राजधानी टोकियोको नाकानो जिरो हल( 164-0001Tokyo To Nakano-ku 2 Chome-9-7東京都中野区中野2丁目9-7 ) मा पहिलो प्रदर्शन हुन लागेको वृतचित्र निर्माता ‘युएसबी’ सेवा कम्पनीका निर्देशक आकाश युएसबी थापाले जानकारी दिए । ठूलो लगानी र सीप खर्चेर गलकोट क्षेत्रको… पुरा पढौ

जापानमा आएको समुद्री आँधी ताइफु नम्बर १४ नान्मादोलले गर्दा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह

जापानमा अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी ताइफु नम्बर १४ नान्मादोल नाम दिइएको उक्त ताइफु दक्षिणी टापु क्युशुमा ठोक्किएको छ।  प्रतिघण्टा २३४ किलोमिटरको दरले हावा चलिरहेको र दक्षिणपश्चिमी क्युसु क्षेत्रका केही भागमा २४ घण्टाभन्दा कम अवधिमा ५०० मिलिमिटर वर्षा भइसकेको छ । दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने बताइएको छ भने सावधानीस्वरूप तीव्र गतिका रेल, फेरीहरू… पुरा पढौ

जापानको शिन ओकुबोमा रहेको भेटघाट रेष्टुरेण्टमा ५५० मै पेट भरि खाना खान पाइने

महँगीले आकाश छुन लागिरहेको पछिल्लो अवस्थामा जापानको राजधानीको व्यस्त शहर शिन ओकुबोमा ५५० येनमा मज्जाले नेपाली स्वादमा पेटभरि खाना खान पाइन्छ भन्दा धेरैलाई बिश्वास नलाग्न सक्छ । नेपालमा लामो समय कुक पेशामा काम गरेका दक्ष कुकहरूद्वारा तयार पारिएको शुद्द नेपाली स्वादको खाना खानाको लागि शिन ओकुबोमा रहेको नेपाली रेष्टुरेण्ट भेटघाटमा सो व्यवस्था रहेको छ । मौलिक नेपाली खाना सस्तों र सुलभ मूल्यमा प्रदान गरि नेपाली खानालाई जापानी बजारमा व्यापकता दिने उद्देश्यले नेपाली रेष्टुरेण्ट भेटघाट संचालनमा ल्याइएको संचालक तथा नेपाली व्यावसायी… पुरा पढौ

संस्थागत तथा सामुदायिक विद्यालयलाई स्वस्थ प्रतिस्पर्धा गराई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छः नगरप्रमुख गैरे

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई स्वस्थ प्रतिस्पर्धा गराएर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताएका छन ।न्यू लाईफ आवासीय माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ द्वारा आयोजित १३ औँ निकेश चन्द्र चोखाल (निवेस) को स्मृति आधारभुत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख गैरेले उक्त भनाई राखेका हुन । उनले गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको अवलम्वन गर्नुपर्ने बताए । नगरप्रमुख गैरेले यहाँको समृद्धि र विकासको लागि जिम्मा लिने सक्षम नागरीक उत्पादन गर्नु आजको… पुरा पढौ