राष्ट्रिय समाचार

क्रिकेटर सन्दीप लामिछानेलाई खोज्न १३५ देशमा इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईका  अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।  नेपाल प्रहरीको आग्रहमा डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् ।  क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका बेला बलात्कारको आरोप लागेका सन्दीप हालसमम नेपाल बाहिर नै छन् ।  आइतबार रातिमात्र सन्दीपले सामाजिक सञ्जालबाट आफूमाथि झुटो जाहेरी परेको बताएका थिए… पुरा पढौ

अमेरिकाले जापानको निकटतम सहयोगी बनेर इन्डो-प्यासिफिक क्षेत्रको सुरक्षा खतराहरूसँग सामना गर्दै काम गर्ने प्रतिवद्दता 

जापानका प्रधानमन्त्री फुमियो किशिदाले पूर्व नेता शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी हुन आएका निर्धारित विदेशी उच्चपदस्थ नेताहरूसँग अस्थिर क्षेत्रीय सुरक्षा वातावरणको बीचमा अन्य राष्ट्रहरूसँग सम्बन्ध बढाउन प्रयास गर्दै"शोक कूटनीति" सुरु गरे,।विदेशी प्रतिनिधिमण्डलहरूसँगको तीन दिनको वार्ताको पहिलो दिन, किशिदाले संयुक्त राज्य अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसबाट अमेरिकाले जापानको निकटतम सहयोगी बनेर सुरक्षा खतराहरूसँग सामना गर्दै जापानसँग काम गर्ने प्रतिवद्दता प्राप्त गरेका छन । जापान नियन्त्रित सेन्काकु टापुहरू,उत्तर कोरियाको आणविक र मिसाइल विकास सहित नजिकैको समुद्रमा चीनको बढ्दो दृढताका कारण एशिया-प्रशान्त क्षेत्रको सुरक्षा… पुरा पढौ

मैले चाहेको भए पाँच बर्ष प्रधानमन्त्री बन्न सक्थें तर म रेसमा छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले चाहेको भए पाँच बर्ष नै प्रधानमन्त्री बन्न सक्ने अवस्था रहेको बताएका छन् । उनले बि.स.२०७४ सालमा आफुलाई पाँच बर्ष प्रधानमन्त्री बन्न अफर आउँदासमेत आफुले लोकतन्त्र र सविधानको रक्षालाई पहिलो प्राथमिकता दिएको बताएका छन् ।  उनले लोकतन्त्र र राष्ट्रको रक्षाको लागि आफु लागिरहेको बताए । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आज बोल्दै प्रचण्डले आफुले चाहेको भए पाँच बर्ष प्रधानमन्त्री बन्न सक्ने भन्दै केहि बर्षदेखि आफु त्यसको रेसमा… पुरा पढौ

मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

राजविराज नगरपालिका वडा नं ४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तनाव थपिदिएको छ ।  विवाह भएदेखिनै श्रीमानको हिंसा सहदै आफूले छोराको शिक्षामा ध्यान दिएको बताउँने अहिले भने चिन्तित छिन् ।  सधैँजसो रक्सी खाएर श्रीमाले आफूमाथि हिंसा गर्ने गरेको उनी बताउँछिन् । जसोतसो छोरालाई पढाइरहेको उनले एक स्थानीय निजी विद्यालयमा शिक्षिकाको काम थालिन् । छोरा कक्षामा राम्रो विद्यार्थीमा गनिन्थ्यो । कक्षामा पहिलो वा दोस्रो हुन्थ्यो । जीवनमा खुसी आउने उनको सपना लामो समयसम्म टिक्न सकेन । कोरोनाको… पुरा पढौ

गुलियो मधु, दुःख दिने मधुमेह

‘मधु’ मह, गुलियो आदि शब्द मात्रैले मुखमा स्वाद दिलाउँछ, खाँदा त झन् मीठो । पञ्चामृत बनाउँदा चाहिने पाँच चिजमध्ये एक महले स्वास्थ्य राम्रो त पार्छ तर, मधु यति प्रिय भएर पनि जब शरीरमा ‘मधुमेह’ हुन्छ तब हामी यसबाट तर्सिन्छौं । यसपछि चिन्ता सुरु हुन्छ– लौ कसरी अब जीवन विताउने, के खाने ? के पिउने ?अनि छट्पटी हुन्छ । जीवनभर औषधि खानुपर्छ भनेर मन अस्वस्थ हुन्छ । झन् यदि बालबालिकालाई मधुमेह भयो भने त अभिभावकको मन नै भरङ्ग हुन्छ । जुन… पुरा पढौ

लोकमार्गले बदलियो बागलुङका दुर्गम गाउँको परिचय

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले यहाँको मालढुङ्गादेखि पातिहाल्नेसम्म जोडेको छ । करिब एक सय ४२ किलोमिटर बागलुङमा पर्ने लोकमार्गले जिल्लाका सुगमदेखि दुर्गमसम्मका दर्जनौँ गाउँलाई जोडेको छ । एकदशक अगाडिसम्म निकै दुर्गम मानिने निसीखोलाले अहिले स्वरुप बदलेको छ । पूर्वी रुकुमसँग जोडिएको निसीखोलामा आदिवासी जनजाति र दलित समुदायको बाक्लो बसोबास छ । शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले निकै पछाडि परेको निसीखोला लोकमार्गले जोडिएपछि थुप्रै सम्भावनाका ढोका खुलेका छन् । लोकमार्गका छेउछाउमा अहिले थुप्रै घर तथा भवन धमाधन निर्माण हुँदैछन् भने गाउँको स्वरुप… पुरा पढौ

भोलि हुने पूर्वप्रधानमन्त्री आबेको राष्ट्रिय अन्त्येष्टिमा टोकियो ’हाई अलर्ट’ मा, महानगरमा मात्र थप २० हजार मानिस सुरक्षाका लागि परिचालित

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको मंगलबार हुने " राजकीय अन्त्येष्टि" का लागि महानगरीय प्रहरी विभागले टोकियोका विभिन्न भागहरूमा निरीक्षण र सुरक्षालाई स्थितिलाई बलियो बनाउदै कडा सुरक्षा सतर्कतामा अपनाएको जनाएको छ।टोकियोको निप्पोन बुदोकान हलमा हुने उक्त अन्त्येष्टिमा करिब ४ हजार ३ सय मानिस सहभागी हुने अपेक्षा गरिएको छ, जसमध्ये २ सय १८ विदेशी देश तथा क्षेत्रका साथै अन्तर्राष्ट्रिय संघसंस्थाका करिब ७ सय विशिष्ठ महानुभावको सहभागी हुने सो अन्त्येष्टिमा "सर्वोच्च सुरक्षा मुख्यालय" स्थापना गर्दै करिब २०,००० मानिसहरूलाई सुरक्षाको सामना गर्ने नीति अपनाईएको… पुरा पढौ

आफ़नो सम्मानपूर्वक बाँच्न पाउने र गोपनीयताको हक कुण्ठित पारिदिएको क्रिकेटर सन्दीप लामिछानेको दुखेसो, छिट्टै नेपाल आउने जानकारी

काठमाडौं नाबालिग किशोरीमाथि बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू नेपाल फर्कने तयारीमा रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सन्दीपले दोस्रो पटक नेपाल फर्किने प्रतिबद्धता जनाएका हुन्। यसअघि पनि सन्दीपले आफू चाँडै नेपाल फर्कने बताएका थिए। तर त्यसपछि एकाएक सम्पर्कविहीन भएका थिए। घटना बाहिरिँदा नेपालबाहिर थिए। उनले आफूविरुद्ध जाहेरी परेको भदौ २२ गते थाहा पाएको उल्खेख गरेका छन्। झुटा रुपमा एकपक्षीय रुपमा चरित्रमै आँच आउनेगरी समाचार सम्प्रेषण भएको पनि सन्दीपले आरोप लगाएका छन्।   https://m.facebook.com/story.php?story_fbid=pfbid0WaGvmaasH7hSoK4VaJav6d3TfUUCoBhoLxTmZogzDvQ4yFXJt9ZiXQ2K5EAb43hyl&id=100044578352910… पुरा पढौ

शिन्जो आबेको राजकीय अन्त्येष्टिको समारोहमा आउने निश्चित गरेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो नआउने

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मङ्गलबार हुने पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिको समारोहका लागि तय गरेको जापानको यात्रा स्थगीत गरेको टोकियोस्थित क्यानाडाली दूतावासले आइतबार जनाएको छ।यसै साताको अन्त्यमा क्यानडाको पूर्वी तटमा आएको शक्तिशाली आँधीबाट प्रभावित नागरिकलाई सहयोग गर्न त्यही रहनुपर्ने भएकोले प्रधानमन्त्री ट्रुडोले जापानको यात्रा स्थगीत गरेका हुन।जापान सरकारले टोकियोमा हुने आबेको राजकीय अन्त्येष्टिको समारोहका लगभग ४३०० मानिसहरूले सेवामा भाग लिने अपेक्षा गरिएको छ, जसमा २१८ देश, क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रतिनिधित्व गर्ने लगभग ७०० व्यक्तिहरू छन्।ट्रुडो राज्यको अन्त्येष्टिको लागि… पुरा पढौ

मंसिर ४ मा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचान गर्न स्वीकृति दिएकी छिन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्याण तथा प्रधानमन्त्रीको पत्रका अधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् । पुरा पढौ