अब नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय टिकट अनलाइनबाट नै खरिद गर्न सकिने 

-


     जनहित न्युज    
     असाेज ११ गते २०७९


काठमाडौं । अब नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय टिकट पनि अनलाइनबाट नै खरिद गर्न सकिने भएको छ ।

निगमले आजदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सेवा ‘Internet Booking Engine’ (IBE) मार्फत टिकट बुकिङ सुरु गरेको हो ।

देशभित्र वा बाहिर रहेका यात्रुहरूले निगमको वेबसाइटमा गएर आफ्नो टिकट बुक गर्न सक्नेछन् ।

निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

यस सेवामार्फत संसारभरका यात्रुलाई निगमको टिकट खरिदमा सहजता हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?