राष्ट्रिय समाचार

गुञ्जिदैनन् ‘चाचाहुइय’, बाटिँदैनन् बाबियोका पिङ 

हावाले दशैं आयो भनेर सङ्केत गरिसक्यो । वातावरण विस्तारै दशैंको माहोलमा पुलकित हुँदैछ । दशैंको रमझम शुरु भएसँगै गाउँघरमा पिङ हाल्ने कुरा चल्नुपर्ने हो । चलिरहेको छ । तर, पहिलेभन्दा निकै कम । पिङ खेल्ने परम्परा आंशिक रुपमा ओझेलमा पर्दै गएको अनुभव गर्न सकिन्छ ।  नेपाली समाजमा पिङ र परम्परा अन्तरसम्बन्धित छन् । विशेषतः पहाडी तथा ग्रामीण भेगका मानिसहरुले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरुमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्त्वपूर्ण माध्यम थियो ‘पिङ’ । दशैंमा… पुरा पढौ

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ 

दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्त्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ’ खेल्ने परम्परा पनि यसै अन्तर्गत सुरु भएको हुनसक्छ । जे होस् दशैँमा… पुरा पढौ

नौमती बाजा समूह ओसाका जापानले दशैं तिहार विशेष कार्यक्रम गर्ने

नौमती बाजा समूह ओसाका जापानले नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०७९ को अवसरमा शुभकामना आदान प्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ। नेपाली कला संस्कृतीको संरक्षण एंव् संरक्षण - कलाकारहरूलाई हौसला र सम्मान भन्ने मूल उद्धेश्यका साथ जापानमा बाजा समूहले आगामी अक्टोबर ३ तारिक ओसाकामा पहिलो कार्यक्रम गर्न लागेको हो। कार्यक्रम सिन ओसाका स्थित ओसाका सि योदोगावा कु हिगासी नाकाजीमा १-१३-१३ को कोको प्लाजा हलमा २०२२ अक्टोबर ३ तारिक सोमबारका दिन गर्ने नौमती बाजा समूहका सचिब मेघराज… पुरा पढौ

पछिल्लो २४ घण्टामा डेंगुबाट चार जनाको मृत्यु, २ हजार २६ नयाँ बिरामी

पछिल्लो चौबिस घण्टामा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २७ हजार ५६९ पुगेको छ ।  बितेको चौबिस घण्टामा डेंगुका कारण थप चार जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।  नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिंदै आएका छन् । यसवर्ष देशका ७७… पुरा पढौ

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा.१ ज ५६३ नम्बरको जिप बुधबार विहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ ।  बाँकेको नेपालगन्जबाट सल्यानको रिमतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले मृतक… पुरा पढौ

अरिङ्गालले टोकेर बागलुङमा एक जनाको मृत्यु

बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोकेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र मंगलबार बिहान घरमै ज्यान गएको हो । पुरा पढौ

बंगलादेशविरुद्ध नेपालको सानदार जित, अन्जनको ह्याट्रिक

नेपाल बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विजयी भएको छ । नेपाल ३–१ ले विजयी भएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।   सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो । सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो । तर, गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए । खेलको… पुरा पढौ

आबेको सैन्यवादी अन्त्येष्टिले जापानलाई तनावपूर्ण ‘मूड’लाई निम्ता दियो

पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेको विवादास्पद राजकीय अन्त्येष्टिको नेतृत्व तहमै कहिल्यै अन्त्य नहुने तातो बहसको रूपमा पक्ष र विपक्षमा शब्दहरूको आदानप्रदान जस्तो लाग्ने गरि मंगलबारको समारोहका दृश्यहरू देखिए । जसले अझै पनि गहिरो रूपमा विभाजित राष्ट्रको कथालाई स्पष्ट रूपमा बतायो। यसको आधुनिक इतिहासमा सायद सबैभन्दा ध्रुवीकरण गर्ने नेताको विरासतको रूपमा चिनायो । विवादास्पद राजकीय अन्त्येष्टिले किशिदाको लागि उल्टो यात्रा हुनसक्ने अनुमान समेत गरिएको छ । जुलाईमा आबेको हत्यापछि टोकियोका विभिन्न भागहरू विश्वको सबैभन्दा स्थिर राष्ट्रको राजधानीभन्दा पनि प्रहरी राज्य जस्तो… पुरा पढौ

फूल र बन्दुकको सलामीको साथ जापानले शिन्जो आबेलाई बिदाइ गर्यो (शब्दचित्र र तस्विरका साथ)

फूल, प्रार्थना र १९-तोपको सलामीको साथ, जापानले मंगलबार गत जुलाइमा बन्दुकधारीद्वारा हत्या गरिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई ५५ वर्षपछि पूर्व प्रधानमन्त्रीको पहिलो राजकीय अन्त्येष्टिका साथ सम्मान गर्‍यो तर यो समारोह उनको जीवनमा जस्तै विवादास्पद भने बनेको छ। समारोह दिउँसो २:०० बजे (०५०० GMT) मा सुरु भयो, आबेको अस्तुलाई मध्य टोकियोको निप्पोन बुडोकान हलमा उनकी विधवा, अकीले ल्याउदा सैन्य ब्यान्डको संगीत र सम्मान-गार्ड सलामीको बूमहरू, जुन भित्र प्रतिध्वनित भयो। अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बिहानैदेखि हजारौं शोक गर्नेहरू घटनास्थल नजिकका तोकिएका ठाउँहरूमा… पुरा पढौ

एमाले नेतृत्वको महागठबन्धनमा को-को ?

काठमाडौं, १० असोज। सत्तारूढ राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच चुनावी गठबन्धन कायमै छ। स्थानीय निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका ती दलहरू प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि संयुक्त उम्मेदवार उठाएर चुनाव लड्दैछन्।तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन बनाएर चुनाव लडिरहेकोबारे खास चर्चा हुने गरेको छैन। सत्तारूढ दलले गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाँदा एमालेले पनि आफूसँग मुद्दा र व्यवहार मिल्ने पार्टीसँग सहकार्य र गठबन्धनको प्रयत्न गरिरहेको छ। कतिपय साना दलहरू एमालेको चुनाव चिन्ह… पुरा पढौ