
नौमती बाजा समूह ओसाका जापानले नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०७९ को अवसरमा शुभकामना आदान प्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ।
नेपाली कला संस्कृतीको संरक्षण एंव् संरक्षण – कलाकारहरूलाई हौसला र सम्मान भन्ने मूल उद्धेश्यका साथ जापानमा बाजा समूहले आगामी अक्टोबर ३ तारिक ओसाकामा पहिलो कार्यक्रम गर्न लागेको हो।
कार्यक्रम सिन ओसाका स्थित ओसाका सि योदोगावा कु हिगासी नाकाजीमा १-१३-१३ को कोको प्लाजा हलमा २०२२ अक्टोबर ३ तारिक सोमबारका दिन गर्ने नौमती बाजा समूहका सचिब मेघराज रिष्मेली जानकारी दिए।
उक्त कार्यक्रममा स्थानीय कलाकार सहित नौमती बाजाको प्रस्तुती रहने बाजा समूहका अध्यक्ष गोपाल खत्रीले जानकारी दिए।
उक्त दिन सम्पूर्ण कान्साईबासी नेपाली दाजुभाईलाई नौमती बाजा समूह ओसाकाले कार्यक्रममा उपस्थितिका लागि अनुरोध समेत गरेको छ।



