राष्ट्रिय समाचार

दशैं मान्न आष्ट्रेलियाबाट जापान आएको चार दिनमै सडक दुर्घटनाले ज्यान लियो नर्सिङ अध्ययनरत सुनिताको

दशैंमा सबै परिवार संगै भएर टिकाटालो गर्ने, दुःख सुख साटासट गरि रमाइलोसँग चाडवाड मान्न कै लागि देशविदेशमा रहेका परिवारका सदस्यहरूको जमघट हुन्छ । नेपालीहरूको महान पर्व विजया दशमी नजिकिदै गर्दा धेरैको परिवारका सदस्यहरूका बिचको मिलन पनि उत्तिकै बढिरहेको छ ।यस्तै मिलन भएको थियो जापानको साइतामा बस्ने सुनीताको घरमा पनि । चारदिन अघिमात्र अष्ट्रेलियादेखि बुवाआमा र परिवारसँग यस वर्षको दशैं मनाउन जापान आइपुगेकी सुनीताको लागि त्यो खुशी सहितको दशैं त कहिलै आएन आएन परिवारका सदस्यहरूका लागि पनि नमिठो पिडा र चोट… पुरा पढौ

गलकोटमा लक्ष्मी बैंकको शाखा विस्तार 

नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त वित्तिय संस्था लक्ष्मी बैंकले गलकोट नगरपालिकामा शाखा विस्तार गरेको छ । १४३ औं शाखाको रुपमा गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा शाखा  संचालनमा ल्याएकोे गलकोट शाखा प्रवन्धक गणेश कार्कीले बताए ।  उनले गलकोट शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पुर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको उल्लेख गरे । नयाँ शाखाको सुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल देशका ५० जिल्लामा पुगेको छ ।… पुरा पढौ

कुष्माण्डा देवीको पूजाआराधना गरेर नवरात्रको चौंथो दिन मनाइदै

नवरात्रको आज चौंथो दिन। कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरेर मनाइन्छ। कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ। देवीको अष्ठभुजामा कमण्डलु, धनुषा बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ। मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ। सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च।दधाना हस्तपद्माभ्यां कुष्माण्डा शुभदास्तुमे।। कुष्माण्डाको अर्थ कुभिण्डो हो। गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि शान्सारिक दुःख कष्ट… पुरा पढौ

जापान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी आबेसँगका आफ्ना सम्झनाहरू सुनाउदा रोए 

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँगको सोमबारको भेटपछि प्रधानमन्त्री फुमियो किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई भेटेर आफ्नो "अन्तिम कूटनीति" लाई सक्रिय रूपमा जारी राखेका छन ।दिवंगत नेता सिन्जो आबेको अन्तिम संस्कारका क्रममा जापान भ्रमणमा रहेका प्रधानमन्त्री मोदीको जापानी समकक्षीसँग भेटवार्ता भएको हो । दुई नेताबीच साझा चासो, दुई पक्षीय हित र सरोकारका विषयमा छलफल भएको थियो ।जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र भारत बीच सहयोगको दरिलो एक रूपरेखाको रूपमा व्याख्या गरिएको क्वाडको परिकल्पनाकार र प्रस्तावक स्वर्गीय पूर्व… पुरा पढौ

गुञ्जिदैनन् ‘चाचाहुइय’, बाटिँदैनन् बाबियोका पिङ 

हावाले दशैं आयो भनेर सङ्केत गरिसक्यो । वातावरण विस्तारै दशैंको माहोलमा पुलकित हुँदैछ । दशैंको रमझम शुरु भएसँगै गाउँघरमा पिङ हाल्ने कुरा चल्नुपर्ने हो । चलिरहेको छ । तर, पहिलेभन्दा निकै कम । पिङ खेल्ने परम्परा आंशिक रुपमा ओझेलमा पर्दै गएको अनुभव गर्न सकिन्छ ।  नेपाली समाजमा पिङ र परम्परा अन्तरसम्बन्धित छन् । विशेषतः पहाडी तथा ग्रामीण भेगका मानिसहरुले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरुमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्त्वपूर्ण माध्यम थियो ‘पिङ’ । दशैंमा… पुरा पढौ

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ 

दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्त्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ’ खेल्ने परम्परा पनि यसै अन्तर्गत सुरु भएको हुनसक्छ । जे होस् दशैँमा… पुरा पढौ

नौमती बाजा समूह ओसाका जापानले दशैं तिहार विशेष कार्यक्रम गर्ने

नौमती बाजा समूह ओसाका जापानले नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०७९ को अवसरमा शुभकामना आदान प्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ। नेपाली कला संस्कृतीको संरक्षण एंव् संरक्षण - कलाकारहरूलाई हौसला र सम्मान भन्ने मूल उद्धेश्यका साथ जापानमा बाजा समूहले आगामी अक्टोबर ३ तारिक ओसाकामा पहिलो कार्यक्रम गर्न लागेको हो। कार्यक्रम सिन ओसाका स्थित ओसाका सि योदोगावा कु हिगासी नाकाजीमा १-१३-१३ को कोको प्लाजा हलमा २०२२ अक्टोबर ३ तारिक सोमबारका दिन गर्ने नौमती बाजा समूहका सचिब मेघराज… पुरा पढौ

पछिल्लो २४ घण्टामा डेंगुबाट चार जनाको मृत्यु, २ हजार २६ नयाँ बिरामी

पछिल्लो चौबिस घण्टामा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २७ हजार ५६९ पुगेको छ ।  बितेको चौबिस घण्टामा डेंगुका कारण थप चार जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।  नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिंदै आएका छन् । यसवर्ष देशका ७७… पुरा पढौ

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा.१ ज ५६३ नम्बरको जिप बुधबार विहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ ।  बाँकेको नेपालगन्जबाट सल्यानको रिमतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले मृतक… पुरा पढौ

अरिङ्गालले टोकेर बागलुङमा एक जनाको मृत्यु

बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोकेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र मंगलबार बिहान घरमै ज्यान गएको हो । पुरा पढौ